“पुस १३ गते देशैभर प्रदर्शन हुने”- देउवा

0 0


नेपालदृष्टि । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटविरुद्ध यहीँ पुस १३ गते देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रम ओलीको कदमविरुद्ध प्रदर्शन गर्न देउवाले आह्वान गरेका हुन् ।

सभापति देउवाले प्रतिनिधिसभा विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सबैलाई आग्रह गरेका छन् ।