पुतलीको बयान

0 0


नेपालदृष्टि । बैनी निर्भाना सिंहले निकै राम्रोसँग पुतलीको बयान गरेर कविता लेखेकी छन । उनी गलकोट नगरपालिका – ६, बागलुङमा रहेको सम्बुद्ध एजुकेशनल एकेडेमी स्कूलको कक्षा ३ मा पढ्छिन । उनी कथामा पनि उत्तिकै रुचि राख्दछिन । 


पुतलीको बयान


बगैँचामा रङ्गीचङ्गी फूल,
त्यहीं पुतली का हुल।
सप्तरंगी फुलै फूल्ने,
त्यही हेरी मेरो मन भुल्ने।
पुतली मेरा साथी,
उड्छन् आकाशमा माथी माथी।
फूलको बास्ना हरर,
फुलै माथि पुतलीको पखेटा फरर।
पुतलीको फूलमा छायाँ,
लाग्छ मलाई पुतलीको धेरै मायाँ।
फूल कहिले भुइँमा हुन्छ,
त्यो देख्दा मेरो मन रुन्छ।
कहाँ होला फूलको शहर,
मलाई पनि पुतली जस्तै उड्ने रहर।
पुतलीको कहाँ होला घर,
मलाई पनि बस्न मन लाग्यो त्यसकै वरपर।

निर्भाना सिंह
सम्बुद्ध एजुकेशनल एकेडेमी, कक्षा -३
गलकोट नगरपालिका – ६, बागलुङ

(भाई बैनी हो । तिमीले पनि कवित, कथा र निवन्धहरु लेखेका छौ भने हामीलाई पठाँउ । राम्रो लेख रचनालाई हामी छापिदिने छौ । अ ! तिम्रो आफ्नो फोटो र आफू पढेको स्कूलको ठेगाना पठाउँन नविर्सिनु है ।

हाम्रो ठेगाना : नेपालदृष्टि अनलाईन पत्रिका ।
Fb page : nepal dristi / som sanu
Email : nepaldristi7@gmail.com