संकटकाल लगाएर सत्ता लम्बाउँदै जाने ओलीको रणनीति 

0 0


नेपालदृष्टि । संसद बिघटनको कदमविरुद्ध आन्दोलन चर्किएमा प्रधामन्त्री केपी शर्मा ओलीले संकटकाल लगाउने तयारी गरेका छन् । शान्ति सुरक्षा तथा कोरानो महामारीको कारण देखाएर उनले यस्तो तयारी समेत थालेको बालुवाटार स्रोत बताउँछ ।

संसद बिघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपनि बैशाखमै चुनाव गर्ने उनको मनसाय छैन ।

अहिलेकै अवस्थामा नेकपा फुट्ने र त्यो अवस्थामा निर्वाचन गराउँदा पराजय हुने भएकाले संकटकाल लगाएर सत्ता लम्बाउँदै जाने नै उनको रणनीति रहेको स्रोत बताउँछ । 

संकटकाल लगाएर मौलिक हकहरु समेत निलम्बन गर्न सकिन्छ । यसरी निरकुंक शैलीमा ओली अघि बढ्न थालेका छन् । - दृष्टि न्युज