नेकपाका ८७ सांसदहरू सर्वाेच्चमा

0 0


नेपालदृष्टि । असंवैधानिक रुपमा गरिएको संसद विघटनको निर्णय विरुद्ध स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसदहरू सर्वाेच्च अदालत जाने तयारीमा जुटेका छन । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका हुन।

आइतबार प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टा छुट्टै गुट र अन्य पार्टीको समेत बैठक चलिरहेको छ ।