सुगाको कमाल (बालकथा)

0 0


नेपालदष्टि । भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्योर । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो ।
‘सुगा भाइ मलाई बचाऊ, म मर्न चाहन्नँ।।।,’ मृगले रुँदै भन्न थाल्यो । सुगा कुनै उपाय निकाल्छु भन्दै भुर्र उड्यो । ऊ आत्तिँदै यताउता मुसा खोज्न थाल्यो । अहँ पाएन । ऊ निराश भएर के गरौँ के नगरौँ भनेर सोचिरहेको थियो । उसले मुसा च्यापेर उडिरहेको कागलाई देख्यो । सकीनसकी उडेर काग नजिकै पुग्यो ।
मुसो चुइँचुइँ कराइरहेको थियो । सुगाले खुसी हुँदै भन्यो, ‘काग दाइ, बिन्ती मेरो कुरा सुन । त्यो मुसालाई नमार, कराएर मुसा नखसाल, उसको धेरै ठूलो काम छ । तिमी बिस्तारै भुइँमा बस दाइ, म पनि बस्छु ।’
काग रिसाउँदै भुइँमा बसेर मुसालाई खुट्टाले च्याप्दै भन्यो, ‘म धेरै भोको छु, म किन यसलाई नमारौँ रु मार्छु ।’
सुगाले नम्र भएर भन्यो, ‘तिम्रो पेट भराउने जिम्मा मेरो भयो । म तिमीले जे भन्छौँ त्यही खान दिन्छु । हेर त्यहाँ मृग छटपटाइरहेको छ । छिटो उसलाई छुटाऔं, नत्र पापी सिकारीले उसलाई मार्छन् ।’
कागले रिसाउँदै भन्यो, ‘ल ल ठीक छ । पासो काटेपछि मात्र।।। ।’
मुसाले आँसु झार्दै भन्यो, ‘म पनि कागको चुच्चाले च्याप्दा केही घाइते भएको छु, त्यत्रो जाल एक्लैले काट्न सक्दिनँ । हामीलाई पक्कै नमार्ने भए त्यहाँ दुलो रहेछ म अरू मुसासँग सहयोग माग्छु ।’
सुगाले खुसी हुँदै भन्यो, ‘तिमीले ठीक भन्यौ । विश्वास गर, तिमीहरूलाई केही हुँदैन । बरु चाँडै गर ।’
‘अजिंगरको आहारा दैवले पुर्यााउँछ भनेको सही रहेछ । अहा । अब अरू मुसा पनि खान पाइने भयो’, यस्तै सोचेर काग साह्रै खुसी भयो ।
मुसा नजिकै रहेको दुलामा पस्यो । छिनभरमै तीनवटा मुसा दुलोबाट निस्केर मृग भएतिर खुरुरु दौडिए । सुगा र काग पनि त्यतै उडे । मुसाहरूले ढिलो नगरी जाल काटिदिए ।

कस्तूरीले खुसी हुँदै भन्यो, ‘मलाई पीडाबाट मुक्त गरिदिएकोमा मुसालगायत सुगा र काग सबैलाई धेरैधेरै धन्यवाद । आफ्ना आमाबाबु र बथानबाट छुट्टाउने त्यही नाथे चितुवा हो । चितुवाले लखेटेपछि भाग्दैभाग्दै म यहाँ आएको त जालमा पो परेँ । अब कहाँ जाऊँ, के गरौँ र ?’
सुगाले नम्र स्वरमा भन्यो, ‘पीर नगर दाइ ? हामी तिम्रो आमालाई खोज्न मद्दत गर्छौँ ।’

कागले मुसातिर हेर्दै भन्यो, ‘कति आमा–सामाको कुरा गरेका ? काम सक्की नै हाल्यो । धेरै होइन दुइटा मुसा त म खान्छु नै ।’
सुगाले सम्झाउँदै भन्यो, ‘काग दाइ, तिम्रो गुन हामी कहिल्यै भुल्नेछैनौँ । यस्तो ज्ञानी मुसालाई नखाऊ । मैले तिम्रो आहारा जुटाउन सकिनँ भने बरु मलाई नै खाउला नि हुन्न र?’
‘यस्ताको के कुरा सुन्नु,’ भन्दै काग ठूलो मुसा च्यापेर उड्न खोज्दै थियो, नजिकैको जालमा उसको खुट्टा अड्कियो । दुखेर ‘काँ।।।’ गरी कराउँदा मुखबाट मुसा फुत्कियो ।
मुसा बचेकोमा खुसी हुँदै सबैले कागतिर हेरे । काग लाजले निहुरियो । खुट्टाको जाल निकाल्न धेरै कोसिस गर्योी तर सकेन ।
मृगले सम्झाउँदै भन्यो, ‘हेर काग, दुःख–सुख भनेको सबैलाई पर्छ । दुःख अरूलाई मात्र पर्छ भनेर सम्झनु गलत हो ।’
सुगाले सम्झायो, ‘हेर मलाई देखेपछि बूढादेखि बच्चासम्मले जे खान माग्यो त्यही दिन्छन् । म त्यही तिमीलाई खान दिउँला । धन्न तिम्रो खट्टा अड्कियो र मुसाको ज्यान बच्यो नत्र।।। ।’
त्यही मुसाले डराउँदै जाल काटिदियो । कागले आँसु झार्दै भन्यो, ‘अबदेखि म सोचविचार नगरी कुनै गलत काम गर्दिनँ । मलाई माफ गर साथी हो ।’
मुसाले नम्र स्वरमा भन्यो, ‘भोकले गर्दा नै हामीले पाप गर्छौँ, काग दाइको कुनै दोष छैन ।’’
मुसातिर हेर्दै सुगाले भन्यो, ‘तिम्रो कुरा त ठीकै हो मुसा भाइ, तर मैले खान दिने कुरा गरेकै थिएँ नि । लाग्छ तिमीहरू पनि भोका छौ ।’
मुसाले मुन्टो हल्लाएर ‘हो’ भन्ने संकेत गर्योह । सुगाले सबैतिर हेर्दै भन्यो, ‘ल मुसा र कागको भोक मेटाउने जिम्मा र मृगको आमा भेटाउने जिम्मा मेरो भयो ।’
सुगाको सुन्दर शरीर, मीठो बोली, सहयोगी भावना देखेर सबै खुसी भए । सबैलाई सुगाको साह्रै माया लाग्यो । मृगले हाँस्दै भन्यो, ‘तिमी सधैँ सबैको प्यारो बन है भाइ ।’
मुसा र कागले पनि त्यसै भने । सुगाले खुसी हुँदै भन्यो, ‘तिमीहरूलाई धेरै धन्यवाद छ । ल उडौँ काग । मैले धेरै काम गर्नु छ ।’
काग र सुगासँगै उडे । मुसा र मृगले खुसी हुँदै मायालु सुगा र काग उडेतिर हेरिरहे । - कोपिला