यस पालीको छट पर्वको बारेमा के भन्छन,- मेयर राई ?(भिडियो सहित)

0 0


नेपालदृष्टि । यसपटकको छट पर्व कोरोना भाइरसको कारणले हर्षोल्लासकासाँथ मनाउँन सकिने स्थथिति छैन । जसका कारण हामीले यस पटकको छट पर्व घरमानै बसेर मनाउँनु पर्ने अर्को बाध्यता रहेको छ । 
 त्यसैले हामीले सामाजिक सर्तकता अपनाएर हाम्रो संस्कृतिक पर्व मनाउँनु पर्ने बाध्यता भएको छ । र यो हाम्रो परम्परालाई निरन्तरता दिनु पर्ने पनि छ । 

हषोल्लासपूर्वक छट पर्व जुन रुपमा हामीले मनाइन्थ्यो तर यस पटक हामीले त्यसलाई पूर्णरुपले बन्देज गरेर आ आफ्नो घरमा सिमित रहेर मनाउँनु पर्ने बाध्यता छदै छ । त्यसको निमित्त म सम्पूर्ण नगरवासीमा हार्दिक आग्रहका साँथसाँथै हाम्रो यो महान चार्ड छट पर्वको पावन अवसरमा सम्पूर्ण नगरवासीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वस्थ्यको साँथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

हामी स्वस्थ्य रहे, हाम्रो समाज पनि स्वस्थ्य रहन्छ ।  जसका कारण फेरी पनि चाडपर्व मनाउँन सकिन्छ । 

यी यस्ता विषयमा रतुवामाई नगरपालिकाका नगरप्रमुख श्री रविन राईसँग केही कुराकानी भएको थियो,प्रस्तुत छ त्यसको भिडियो