२४ घण्टामा कोरोनाभाइरसबाट २६ जनाको मृत्यु

1 0


नेपालदृष्टि । नेपालभरि विगत २४ घण्टामा थप २,५६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख भन्दा बढी देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार : २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण २६ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । जसमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघ्दै २,०२,३२९ पुगेको छ।

अहिलेसम्म नेपालमा १,१७४ सङ्क्रमितको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भैसकेको र कुल सङ्क्रमितमध्ये १,६२,२४३ जना सङ्क्रमणमुक्त भएका छन्।

बुधवारको मृत्यु सङ्ख्या दोस्रो सर्वाधिक दैनिक मृत्यु हो । यसअघि कार्तिक ५ गते पनि २६ जनाको मृत्यु भएको थियो । सर्वाधिक मृत्यु भने कार्तिक १९ गते ३० जनाको भएको थियो । विगत २४ घण्टामा १,६६६ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । अहिले देशभरि ३८,९१२ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा १०,०८१ जनाको पीसीआर परीक्षण गरिएको थियो।