को हुन अमेरिकी उपराष्ट्रपति कमला देवी ह्यारिस ?

2 0


नेपालदृष्टि । कमला देवी ह्यारिस सन् १९६४ अक्टोबर २०मा क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनी एक अमेरिकी राजिनीतिज्ञ, राज्यपाल र वर्तमान समयमा संयुक्त राज्य अमेरिकाको निर्वाचित उपराष्ट्रपति हुने छिन् । डेमोक्रेटिक पार्टीकी सदस्य रहेकी कमला सन् २०२१ जनवरी २० को दिन अमेरिकाको निर्वाचित राष्ट्रपति जो बाइडेनसँगै कार्यालयमा पदासिन हुने छिन्।
 
सन् २०२० अमेरिकी राष्ट्रपतिय निर्वाचनमा यी दुवै डेमोक्रेटिक उम्मेदवारले पदासिन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पराजित गरेका हुन्। ह्यारिस सन् २०१७ देखि अमेरिकी राज्य क्यालिफोर्नियाको राज्यपालको रूपमा सेवा गरिरहेकी छिन्।

डेमोक्रेटिक पार्टीमा राष्ट्रपति उम्मेदवारको प्राइमरी चुनाव हुन वर्ष दिन बाँकी छँदै पाँच महिला सिनेटरले अमेरिकाको भावी राष्ट्रपतिमा आफ्नो दाबी पेस गरेका थिए। अहिलेसम्म तुलसी ग्याबर्ड, किर्सटिन गिलिब्रान्ड,  एलिजावेथ वारेन, कमला ह्यारिस र एमी क्लोबुचार ३ नोभेम्बर २०२०मा हुने अमेरिकी राष्ट्रपतिको ५९ औं चुनावमा  डेमोक्रेटिक उम्मेदवार बन्न मैदानमा आएका थिए । 

 

५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए।
उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्।
कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई एक अमेरिकी भन्ने गर्छिन्।

 


 

कमला देवी ह्यारिस पहिलो अश्वेत महिला उपराष्ट्रपति

अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। कमला ह्यारिसको बहुजातिय पहिचानले गर्दा यो पटक केही अरू कुराहरू पनि पहिलो पटक नै भएको हुनेछ । अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उप(राष्ट्रपतिका लागि उम्मेदवार बनेका छन्।

सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो । हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन्।

(उनले आफ्नो बारेमा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितको प्रक्षेपणपछि ८ नोभेम्बर २०२० आइतबार अध्यावधिक गरिएको हो।)