अमेरिकमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस विजयी 

0 0


नेपालदृष्टि । अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए ।

निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेन र ह्यारिसले जितेसँगै सिएनएन, बीबीसी, एपी लगायत अन्तराष्ट्रिय मिडियाले डेमोक्रेट उम्मेदवारहरुले जितेको जनाएका हुन् । 

अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिला उनी बराक ओभामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए ।

ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने अमेरिकाका थोरै राष्ट्रपतिमध्ये एक हुन् । सामान्यतस् अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ । यसैबीच उपराष्ट्रपतिको रुपमा विजयी हुँदै कमला ह्यारिसले अर्को एक इतिहास बनाएकी छन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संघीय निर्वाचन आयोगले कुनै धाँधली वा गलत काम भएको प्रमाण आफूहरूले हालसम्म प्राप्त नगरेको जवाफ दिएको छ । संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले सीएनएनसँगको कुराकानीमा भनेकी छिन् ‘वास्तवमा अहिलेसम्म धाँधलीको कुनैपनि प्रमाण फेला परेको छैन ।’