किन प्रचण्डसहित पाँच नेता बालुवाटार पुगे ?

1 0


नेपालदृष्टि । पार्टीमा विधिको माग गर्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई भेट्न लिखित पत्रसहित बालुवाटार पुगेका छन् । 

हिजो शनिबार प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायत अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सचिवालय बैठक माग गरेका थिए ।
 

 “हामीले आज भोलिमै बैठक बस्न माग गरेका छौं, भेटपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । प्रधानमन्त्री ओलीले आफू बैठकबाट नभागेको तर छलफल गरेर तय गरिने बताएका छन् ।

नेताहरुले ओलीसमक्ष तत्काल पार्टी कमिटीका बैठकहरु राख्न लिखित रुपमै आग्रह गरेका थिए । तर, ओलीले भने यसबारेमा कुनै ठोस जवाफ नदिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । हिजोमात्रै, सचिवालयका पाँच जना नेताहरुको धुम्बाराहीमा अनौपचारिक बैठक बसेको थियो । सोही बैठकले पार्टी कमिटीका बैठकहरु बोलाउन ओलीसमक्ष सामूहिक रुपमै आग्रह गरिने निर्णय भएको थियो