रारा र चन्दन

बखतबहादुर थापा

1 0


g]kfnb[li6 . २०४६ सालको बहुदल घोषणापछि राजनीतिक पार्टीहरूको राजकाज सुरु भयो । प्रायः राजनीतिज्ञहरू आफ्नो सङ्घर्षको बदलामा राजसी सुखभोगमा लिप्त भए । सायद भागबन्डा नमिलेको हुनसक्छ, तर केही राजनीतिज्ञहरूले आफ्नो लक्ष्य देश बनाउनु र जनताको जीवन स्तर उकास्नु हो भनेर बाउँटिए । तिनले दुर्गममा पसेर माओवादको नाममा सशस्त्र सङ्घर्ष सुरु गरे । यो आन्दोलन सरकार र माओवादीबीच पूरै दश वर्ष चल्यो । यस आन्दोलनमा सबैभन्दा बढी सर्वसाधारण पेलानमा परे । धेरैको ज्यान गयो । केही माओवादी र सरकारी सुरक्षाकर्मीहरू पनि शहीद भए । हजारौँ हराए । हजारौँ घाइते भए । अन्ततः सरकार र माओवादीबीच सम्झौन्ता भयो । त्यसपछि चुनाव । चुनावमा पूरै बहुमत प्राप्त नभए पनि अग्रपङ्तिमा आयो माओवादी । सानो पार्टीको साथ पाएर माओवादीले बनायो सरकार । जनयुद्धको मारमा परेका सर्वसाधारणले राहतको सास फेरे । जनयुद्धलाई साथ दिने निमुखा जनताहरूले दशैँ मनाए । माओवादीका घाइते लडाकुहरूको मनको पीडा उड्यो । तनको पीडाका लागि पनि आफ्नो सरकारबाट उचित राहतको आश्वासन पाए ।

माओवादी सेनाका घाइते चन्दनलाई गाउँलेहरूले काठमाडौँ जाओ, आफ्नै सरकार छ इलाज गराओ ।भनेर उचाल्न थाले । छरछिमेकको कुरा सुनेर श्रीमती राराले लाग्नेलाई काठमाडौँ ल्याई ।

काठमाडौँमा जनयुद्धका घाइतेहरूलाई विशेष सहुलियतबाट उपचार गरिने अस्पताल पनिरहेछ । सोध्दै खोज्दै राराले आफ्नो लाग्नेलाई त्यहीँ पुर्याई ।

आइतवार, दिनको एक बजे चन्दनको नाम अस्पतालमा दर्ता भयो । दुर्गमबाट ल्याइएको घाइते भनेर सम्बन्धित कर्मचारीहरू स्वतःस्फूर्त काममा खटिए ।

शहीदका सालिक र फोटाहरूमा ठुलाठुला आँखा बनाएर डाँडाँडाँडामा, चौकचौकमा, अफिसअफिसमा, घरको भित्ताभित्तामा र भित्ते पात्रोहरूमा सजाउनु पर्छ । ती ठुला आँखाले देशको सुसम्पन्नता हेर्दै जानेछन् र बाटो बिराउनेहरूलाई खबरदारी गराउँदै रहने छन् । जनयुद्धका घाइते चन्दन, नेपाल आमाका महान् सपूतहरूमध्ये एक हुन् । यिनको उपचारलाई पहिलो प्राथमिकतामा राखिनेछ र कुनै कमि हुन दिइने छैन । यिनले देशको समृद्धि आफ्नै आँखाले देख्न पाउन भन्ने हाम्रो अभीप्सा हो । वीर चन्दन जिन्दावाद !नारा लगाउँदै अप्रेसन रुममा छिराए ।

अहो..., ठाउँमा पो हुँदो रहेछ मान्छेको कदर । कस्तो राम्रो ठाउँमा आइपुगिएछ त ? मनमा लिएर रारा दङ्ग भई ।

दश मिनेट पछि भित्रबाट डाक्टर निस्केर अप्रेसनका लागि तीन लाखको व्यवस्था गर्नुपर्ने कुरा सुनाए । रारा जिल्ल परी ।

छिटो गर्नुस् ?” भन्ने स्वरले उसलाई झसँग बनायो । हडबड गर्दै आफूसँग भएको एक लाख दिई । बाँकी दुई लाखका लागि घरमा फोन गरेर ससुरा पर्वत पहाडीलाई गुहारी ।

सोमवार, ठिक एघार बजे अस्पतालको खातामा आइपुग्यो दुई लाख । तब अप्रेसनको तयारी भयो । हतारहतार नर्स निस्की र राराको हातमा डाक्टरको आदेश पत्र (प्रेस्क्रिप्सन) पक्राई ।

यो के गर्ने ?” राराले सोधी ।

तल पसलबाट औषधी ल्याएर आउने, हिँडिहाल्नु त ।कामभन्दा पनि बोल्नलाई तालिम लिएजस्ती देखिन्थी नर्स । उसको मुखबाट झरेको शब्दसँगै ओठ, आँखा, हातकासाथै जीउ पनि नाचिरहेको थियो ।

रारा प्रेस्क्रिप्सन समाएर नर्सले सङ्केत गरेतिरै दौडी ।

भुइँ तलामा झर्ने बित्तिकै लाइनै लागेका देखिए औषधी पसल । रारा प्रेस्क्रिप्सन देखाउँदै तेस्रो पसलमा पुगेकी मात्रै के थिई पसलेले झ्याप्प कागज समायो । प्लाष्टिकको थैलो ठिक्क पारेको रहेछ छिटोछिटो औषधीका सिसी, इञ्जेक्सन, रुइका बण्डल र ट्यावलेटका प्याकेट भर्न थाल्यो । अर्कोले पचास हजारको विल ठिक्क पारेको रहेछ । राराको हातमा राख्यो ।

पैसा त डाक्टर सावलाई दिइसकेँ ।राराले औषधीको पोकोतिर हात बढाई ।

डाक्टरले लिने पैसा चिरफार गर्नलाई हो । औषधीको पैसा त हामीलाई दिनुपर्छ ।पसलेले औषधीको पोको आफूतर्फ तान्दै भन्यो, “औषधी किनेर दौडँदै आउनु भनेनन् ? अप्रेसन सुरु भइसक्यो होला ।

राराले त्यही पसलबाट ससुरालाई फोन गरी र पैसाको आवश्यकता जनाई । अनि नाक, कान, घाँटीका गरगहना निकालेर जमानत राखी । औषधीको थैलो समाएर दौडी ।

ढोकामै उभिएकी थिई नर्स । औषधीको थैलो समाएर अप्रेसन रुममा पस्दै भनी, “यही बसिराख्नुस् है ? अरू केही चाहियो भने दौडिहाल्नु पर्छ ।

भित्रबाट कस्तो खबर ल्याउँछन् भन्ने मनमा लागेर राराका हातखुट्टा सकसक्याइरहेका थिए । छेउमै स्टुल थियो, तर त्यसमा बस्न कसैले भनेनन्, रारालाई आफूखुसी बस्ने आँट आएन । उभिँदाउभिँदै थाकेपछि भुइँमै थेच्चिएकी थिई, निदाइछ । नर्स आएर घुँडाले हल्लाउँदै भनी, “तपाईं सुत्न आउनु भएको हो ? लल यो पर्चा समाएर औषधी पसलतिर दौडिहाल्नुस् त, अत्यधिक ब्लिडिङ हुन थाल्यो ।

रारा प्रेस्क्रिप्सन समाएर फेरि त्यही पसलमा पुगी । पसलले केही बेर अगाडि दिएजस्तै थैलो राखेको थियो । राराको हाथमा थमायो । विल बनाउनलाई अलिक समय लगायो । रारा त्यो समाएर अप्रेसन रुमतिर दौडी ।

नर्स ढोकामै उभिएर छिटोछिटो मोबाइलमा घोच्दै थिई ।

गुड, यस्तो छिटो पो हुनुपर्छ ?” झ्याप्प औषधीको थैलो समाएर भित्र पसी ।

नर्स एकै छिनमा फर्की र दिदी यता आउनुस् ?” रारालाई ठूलै वेटिङ् रुममा लिएर बसाल्दै भनी, “बिचरा त्यति टाढाबाट बिरामी ल्याएर आउनु भाको सुत्नै पाउनु भएको छैन होला । मजाले सुत्नुस् है ।

मेरा श्रीमान्लाई कस्तो छ ?” राराले पनि छिटोछिटो सोधी । किनभने नर्स हतारमै देखिन्थी ।

दिदी ! बिरामीको चिन्ता हामीमाथि छोडदिनुस् ।नर्सको स्वर सानो हुँदै गयो । खुबै हतार छ जस्तो जवाफ दिँदै बाहिरिई, “होस् आयो भने खबर गर्छु... ।

सपनाले झसँग ब्यूँझायो रारालाई । पसिनाले निर्थुक्कै भएकी थिई । वरपर हेरी । वेटिङ् रुममा तीनचार जना अरू पनि सुतेका थिए । बाहिर अन्धकार देखिन्थ्यो । उसले मोबाइल निकाली र पुछपाछ बनाएर दृष्टि गाडी । उसको चित्त बुझेनछ । औँला जिब्रोमा लतारी र मोबाइलको स्क्रिनमा । अनि बाहुलामा घोटी र बिजुलीतिर ढल्काइढल्काई हेरी । रातीको बाह्र बजेको पो रहेछ ! मजेत्रोको छेउले पसिना पुछ्दै बाहिर निस्की । दुई जना नर्स कतै जाँदै थिए । रारा तिनसँगै सोध्न पुगी, “बहिनी ! मेरा श्रीमाङ्को अप्रेसन हुँदै थियो के भयो ?”

दिदी ! अहिले त अप्रेसन रुम बन्द छ । अब भोलि नै थाहा हुन्छ ।नर्सहरू आफ्नो गन्तव्यतर्फ हिँडे ।

राराले भगवाङ्को नाम लिई र फेरि वेटिङ् रुमतिरै फर्किई । त्यहाँ उसको झोला थियो । झोलाबाट खास्टो निकाली घुम्चो हालेर बसी । उसका आँखामा केही बेर अगाडि देखेको सपना नाच्न थाल्योएक हुल सेतासेता पोसाकधारीहरूले उसलाई घेरेका थिए । कसैले बीन बजाइरहेका थिए त कसैले सहनाई ! कोही दमाहा बजाउँदै थिए त कोही भाँडावर्तन ठटाउँदै थिए ! एक्कासि चन्दन निस्क्यो र भाग रारा भाग ! यी जादुगरहरूको बाजा नसुन । गाउँबाट बुबालाई बोलाऊ ।चिच्याउन थाल्यो । ती जादुगरहरू चन्दनतिरै फर्के । उसलाई समाएर झ्याइँकुटी बनाउँदै कोठामा लिएर थुने । सपना सम्झँदा राराको जीउमा काँडा उठे ।

मङ्गलवार,
उज्यालो हुनासाथ रारा अप्रेसन रुमको खोजीमा निस्की । सेतो कोटमाथि स्टेथोस्कोप झुण्ड्याएको मान्छे देखी कि डाक्टर साहेब ! मेरा श्रीमान्लाई कस्तो भयो ?” सोधिहाल्थी । कोही ठिक हुँदै छ भन्थे भने कोही थाहै नभएको अर्थमा टाउको हल्लाउँथे । सेतो कोट लगाएकी केटी देखेपछि बहिनी ! अप्रेसन रुम कता छ ?” सोध्थी । सोध्दै खोज्दै अप्रेसन रुम त भेटाई, तर त्यसभित्र छिर्नै दिएनन् । ढिपी गर्दा चौकिदार आइपुग्यो । उसले वेटिङ् रुममै लगेर छोड्दियो ।

दुई घण्टापछि राराफेरि अप्रेसन रुममा पुगी । ढोकामा नर्स बसेकी थिई । उसले रारालाई फर्काउँदै भनी, “दिदी तपाईंले खाना नै खानु भएको छैन । भोक लागेन ? जानुस्, खाना खाएर आउनुस् ।

मेरा श्रीमान् खै ? म उहाँसँगै खाने हो ।

अघि होस् आउलाआउला जस्तो थियो, फेरि गयो त ! डाक्टर साव हेर्दै हुनुहुन्छ । तपाईं त्यहीँ गएर बस्दै गर्नुस् है, म एकैछिनमा आउँछु ।नर्सले वेटिङ् रुमतिरै फर्काइदिई ।

आधा घण्टापछि नर्स आई र भनी, “दिदी ! बन्दुकका छर्राहरू नशाको बीचबीचमा गएर बसेका छन् । एउटा तान्यो अर्को देखिन्छ, अर्को तान्यो अर्को देखिन्छ । डाक्टर साव हैरान भइसक्नुभयो ।

फेरि अर्को छर्रा देखियो । त्यसलाई पनि निकाल्नै पर्छ रे ! जानुस्, औषधी ल्याएर आउनुस् त ... ।उसले प्रेस्क्रिप्सन समाएको हात रारातिर बढाई ।

यस पटक पनि नर्स हतारमै देखिन्थी । उसको एउटा हात खल्तीमै थियो । आफ्नो कुरा भनी नसक्दै खल्तीबाट हात निकाली । हातमा थियो मोबाइल । मोबाइल कानमा टाँसी र अँअँ आइहालेँ के ।हिँडिहाली ।

रारा औषधी पसलमा पुगी । गाउँबाट मगाएको पैसा रिनै तिर्न ठिक्क भयो । औषधी पसलेलाई प्रेस्क्रिप्सन दिई । उही औषधीको पोको उस्तै बिल तयार थियो । उसले ससुरालाई फोन गरी र फेरि पैसा पठाइदिनुस् भनी । अनि राती देखेको सपना पनि सुनाई ।

बुहारी अ, ती सेतासेता कपडा लाउन्या जोगी छिया कि जादुगर ?”

जादुगर छिया बा !

यो त अपसगुन हो बुहारी ! जोगी भइदिया राम्रो हुँनो हो । अलि विचार अरेई है, ठगहरूको चङ्गुलमा पड्लेई ।पर्वत पहाडीले सम्झाउन खोजे, तर बुहारीलाई लोग्ने सिवाय केही चाहिँदैन भन्ने थाहा थियो उनलाई । बुहारीले मेरो लोग्ने नै नरहे म पनि बाँच्दिन । मलाई यो सम्पत्तिको के मोह ! मेरा भागमा जेजति पर्छ उपचारमै लगाउँछु । भनेको सम्झेपछि उनको मुखमा बुझो लाग्यो । जमिन जायजाद साहु कहाँ धितो राख्ने र पैसा पठाउने निधो गरे ।

राराले औषधी लिएर नर्सलाई दिँदै भनी, “मेरा श्रीमान्लाई देखाई दिनुस् ।

नर्सले धैर्य राख्नुस् भनेपछि उसले डाक्टरलाई भेट्ने इच्छा जनाइ र ढोकामै धर्ना बसी । आधा घण्टामा डाक्टर आएर भने, “तपाईंको धैर्यबाहेक अरू सब ठिक छ । भगवान्माथि विश्वास गर्नून् न, हामीले लाग्दोपुग्दो गरिरहेकै छौँ ।

फेरि नर्सको पालो आएछ । उसले रारालाई समाएर वेटिङ् रुममै लगेर छोड्दी ।

त्यहीँ बस्ने बिरामी कुरावाले दिदी ! यता आउनुस् त ? एउटा कुरा भन्छु ।रारालाई समाएर होटेलमा लगी । अनि खाना मगाएर भनी, “चन्दनको मुख हेर्नु छ भने खाना खानुस् । उता चन्दन ठिक होला यता आफू पर्नुहोला थला । के फाइदा ?”

चन्दनको नाममा राराले खाना खाई । खाएपछि जीउ झुम्म भयो । फेरि वेटिङ् रुममै गएर ढली । एकै चोटी राती ब्यूँझिँदाको अनुभूति बिर्सि नसक्नुको थियो । उसले ससुरालाई सुनाउनै नसक्ने ठानी र कापी कलम खोजेर लेखी । अनि अप्रेसन रुमतर्फ जाँदै थिई चौकिदारले फर्काइदियो ।

बुधवार,
बिहान ब्यूँझेपछि रारा गएर त्यही अप्रेसन रुमको छेउमा उभिरही । डाक्टर र नर्सहरू अरू नै रोगीहरूको उपचारमा लागिरहे । रारातिर ध्यानै दिएनन् । उसले पनि आफ्नो लोग्नेको बारेमा कुनै जीव्रmी गरिन । केही बेरपछि नर्सले उसको हात समाएर वेटिङ् रुममै पुर्याइदिई ।

दुईतीन घण्टापछि रारा फेरि अप्रेसन रुममा पुगी ।

दिदी ! तपाईं खाना खाएर बस्नुस् न । एक छिनपछि औषधी लिन दौडिनु पर्छ ।नर्सले भनी ।

रारा फरक्क फर्की र औषधी पसलमा पुगी । पसलेले प्रेस्क्रिप्सन पनि मागेन, औषधीको पोको र बिल तयार थियो, पक्राइदियो । त्यो समाएर रारा लखरलखर अप्रेसन रुममा पुगी ।

दिदी ! तपाईं त कस्तो समझदार भइसक्नुभ्यो ।नर्सले दाँत देखाउँदै औषधीको पोको समातेर भित्र पसी ।

समझदार नै भनिसकेपछि वेटिङ् रुममै गएर बस पनि किन भनिमाग्नु ? ऊ लखरलखर वेटिङ रुममा गएर बेग्लै प्रकारको समयको प्रतीक्षामा घोरिई । पाँचसात मिनेटमा नर्स आई, यसो हेरेर गई । नयाँ समयको प्रतीक्षामै घोरिँदाघोरिँदै निदाइछ । जब ब्यूँझी उसको जीउ पसिनाले भिजेको थियो । उसले कलम र कापी निकाली र सपना लेखी ।

सपनामा ती जादुगर पनि आएनन् र मेरा श्रीमान् पनि भाग रारा भाग भन्दै आउनु भएन । सपना देख्नेको र सपनामा आउनेको संयोग मिल्नु पर्ने हो कि ? म सपनामै तिनलाई खोज्न निस्केँ । जादुगर र जादुगर्नीहरू पिँजराको वरिपरि झुम्मिएका थिए ।

बिहीवार,
किन किन आज केही भिन्दै हुन्छ जस्तो लागिरहेको थियो रारालाई । अप्रेसन रुममा पुगेर फर्किन्दा पनि उसको सास फुल्न थालेछ । आँखा अगाडि अँधेरा हुन थालेछ र रिँगाटा पनि लाग्न थाल्यो । कुमालेले चक्र घुमाएझैँ खै कुन शक्तिले घुमाइरहेको थियो दिन । केही नयाँको प्रतीक्षा गर्दागर्दै आँखै अगाडि पर्यो रात, तर उसको मनले मानिरहेको थिएन । कमजोरी बढ्नु बाहेक नयाँ केही घटिरहेको थिएन । कुनै नयाँको प्रतीक्षामा निद्रा पनि परिरहेको थिएन । एकाएक अस्पतालमा कोकोहोलो भयो । स्टाफहरू दौडधुप गर्न थाले । राराका इन्द्रियहरू सम्वेदनशील भए । ऊ कान थाप्दै बाहिर निस्की । अस्पतालको डाइरेक्टर र मुख्य डाक्टर लिफ्टमा अड्किए । भनेको सुनी, तर रारालाई यो कुरा खासै ठुलो लागेन । उसको जाँगर फेरि सेलायो ।

त्यही भूतकै खेल हो ! त्यसैको आतङ्कबाट बच्नका लागि अहिलेसम्म मिटिङ गर्दै थिए । अन्ततः भोलि बाहुन ल्याएर स्वस्ति शान्ति गर्नुपर्छ भनेर हिँडेका हुन् । सररर... लिफ्टबाट तल झर्दै गर्दा झ्याप्प गइदियो बत्ती । बीचैमा झुण्डिरहेको छ लिफ्ट । जेनेरेटर स्टार्ड भयो, तर लिफ्ट चलेन ।

यस स्वरले राराको जीउमा नयाँ जोस सञ्चार भयो ।

भूतको कुरा नगरन, मलाई डर लाग्छ ।कसैको खासखुस सुनियो ।

म त झकाउने बित्तिकै पाइहाल्छु झापु ।चौकिदार अगाडि सर्यो । कहिले सकिएला नाइट डिउटी भन्ने भइरहेको छ । घरमा बुढी बिमारी छ भनेर हिजो रातीको डिउटीमा साथीलाई बसालेँ । दुईचार झापु उसले पनि भेटेछ । आज पनि सहयोग गर्न भनेको त गाली पो दियो मलाई ।

लिफ्टको मेकानिक आएर पनि खराबी कहीँ देख्दैन, तर लिफ्ट चल्दैन । सब ठीकै देखिन्छ त भन्दै तल र माथि कुदिरहेको छ ।

राराले सब सुनिरहेकी थिई । ठिक्क पर्यौ ।मनमनै भनी ।

ऊ फटाफट निदाउन खोजी । सपनामा आफ्नो चन्दन हेर्नका लागि, तर यस खुसीले उसको निद्रा कोसौँ टाढा भागिसकेको थियो ।

कर्मचारीहरू लिफ्टको बाहिर बसेर आफ्ना दाता निस्कने प्रतीक्षामा कान थापिरहेका देखिन्थे ।

रारा अप्रेसन रुममा पुगी । कोठा बन्द थियो । फर्केर फेरि त्यही वेटिङ् रुममा आउँदा थकानले भुतुक्कै भई । त्यही थकानले उसलाई निद्रा देवीका जिम्मा लगाइदिएछ ! यस पटक ब्यूँझिँदा उसको अुनुहारमा पसिनाको साटो गम्भीरता थियो । आज पनि उसले खल्तीबाट त्यही कागज र कलम निकाली । टेबुलमा राखी र केही लेख्दालेख्दै कलमको टुप्पो भाँची । चिट्ठीलाई कपालको गुजुल्टो भित्र घुसारी र खिल्का छोडेर हाँस्न थाली ।

चौकिदार आयो र भन्यो, “ए दिदी ! बौलायौ कि क्या हो ? उठ, तल जाउँ ?”

राराले आँखा तर्दै सोधी, “कति बज्यो ?”

किन चाहियो र ?” चौकिदारले मोबाइलमा हेर्यो, “रातीको १२ बज्यो ।

रारा उठ्नलाई हात टेकी, तर सकिन । चौकिदारले समातेर उठायो । बिस्तारै हिँडालेर अप्रेसन रुममा लियो । गेटबाट भित्र छिर्दा राराले चौकिदारको मुखमा हेरी । जाउँ जाउँ छिर्न पाइन्छ । आज तपाईंलाई नै लिन आएको हुँ ।चौकिदारले भित्र पसाल्यो ।

एउटा स्टेचरमा सेतो कपडाले मान्छे ढाकेका थिए । नजिकै उभिएका थिए डाक्टर र नर्स ।

डाक्टरले भने, “म्याडम ! तपाईंका श्रीमान् चन्दनलाई छिनछिनमा उपचार गरिराख्नु पर्थ्यो । दुर्भाग्यवस आज डाक्टर साव चारपाँच घण्टादेखि लिफ्टमा अट्कनु भएको छ । यता तपाईंका श्रीमान्ले छोड्दिनु भयो ।कपडा पल्टाएर मुख देखाए ।

चन्दन !!!रारा सासै खुस्किने गरेर चिच्च्याई र चन्दनकै शवमा ढली ।

डाक्टरले नाडी छामे र भने, “यो पनि गई ।

उता लिफ्ट चलेछ । अरू पनि आए । चन्दन र राराको लास लिएर शवगृहको फ्रिजमा थङ्काए ।

शुत्रवार,
एकाबिहानै पर्वत पहाडीको मोबाइल बज्यो । बुहारीको फोन हो कि ? वृद्धले हात कमाउँदै मोबाइल समातेर दृष्टि गाडे । नम्बर चिनेनन् । रिसिब बटन थिचेर कानमा टाँसे र भने, “हलऊ... ।
पर्वत पहाडी बोल्दै हुनुहुन्छ ?” कसैले सोध्यो ।

मै हुँ, हजुर को पड्नुभयो ?” सोधेर वृद्धले कान थापे ।

अप्रेसनको क्रममै चन्दनको मृत्यु भयो । त्यो देखेर उनकी श्रीमती रारालाई हर्टफेल भयो । चन्दनको उपचारमा लागेको चार लाख तिर्न बाँकी छ । छिटोभन्दा छिटो उक्त रकम तिरेर चन्दन र राराको शव बुझ्न आउनुहोस् । जति ढिलो भयो, बिल बढ्दै जानेछ । सुन्नुभयो ?” वृद्धको होसै उडाउने खबर सुनाएर अस्पतालको मान्छेले पनि कान थाप्यो, तर कुनै जवाफ पाएन ।

निकै बेरपछि वृद्ध बडबडाए, “चन्दन ! छोरा..., मैकन यत्तिकै छोडेर हिँडी ? छोरो ठिक होला तब सोधुँला भन्दाभन्दै एउटो कणो मनौनै रैगयो । अब म कैसँग गैकन सोधुँ ती आम जनताका को छिया ? जसको हक अधिकार र सुख सुविधाका लागि लड्याकोछु भन्नै छिइ ? जोले गाऔनो मृत्युको ताण्डव नचाया नचाया र आफू गैकन कुर्सीमा बस्या ! आम जनता ती हुन् ? कि बन्दुक बोकीकन गाऔनो पस्न्या र मन लाग्यो अन्र्या आम जनता हुन् ? काठमाण्डौंका डाँक्डर हुन् कि ? जो चार लाख रुपियाँ ल्याइकन झट्टै छोराबुहारीको लास लैजाऊ भन्नाछन्, उपकार गर्याका हुनन् भन्याजन । बिचरी बुहारीले जीवनभरिको दुःख काठमाण्डौंमा गैकन केही दिनमै बिताइ र लोग्नेको शोकमै सास छोडी । आम जनता त्यो बुहारी हो कि ? कि म बुढो हुँ आम जनता ? छोरालाई उपचार गर्न काठमाण्डौं लिन सक्यान र बुहारीलाई पठाएँ । अब ती छोराबुहारीकै लास लिन जान सक्छु ? छोरा ! मर्नु नै छियो भन्या गाउँनै मर्या हुन्याछियो । सास जानीबेला काखौँनो राख्दा हौँ । हिरन हाल्दा हौँ । तेरी आमालाई सेलाएका ठाउँमा लिइकन दाहसंस्कार गर्दा हौँ । म बुढो कसरी आउँ काठमाण्डौं ? छोराबुहारीको लास लिन ।वृद्धका नौनाडी गले । एउटा हातले मोबाइल समातेर कानमा टाँसेकै थिए । अर्को हात लिएर थाप्लोमा राखे । क्वाँक्वाँ रुन सकेका भए आँशुबाट बग्दो हो पीडा । उनको दुःख भक्कानाबाट पनि फुट्दो हो । वेदनाले कक्रिए ।

पर्वत पहाडीले फोन उठाउँदाको चर्को स्वरले छिमेकीको ध्यान तानेको थियो । कुरा गर्दागर्दै टोलाएका टोलाएै देखिएपछि छिमेकी त्यहीँ पुगे ।

काका ! क्या भयो र टोलायौ ?” कसैले झक्झक्यायो ।

पर्वत पहाडी होस्मा आए र फोनमा भएको कुरा सुनाउँदा सुनाउँदै रोए । गाउँलेहरू जम्मा भए । सबै मिलेर रुपियाँ जुटाए । अनि दश जना छाँटिए र वृद्धलाई अगाडि लगाए । गएर काठमाडौँको बसमा बसे ।

लखरलखर अस्पतालमा पुग्दा त्यहाँका कर्मचारीहरू खुसामद गर्दै बिल खोज्न थाले । पैसा तिर्नुभन्दा पहिला पर्वत पहाडीले छोराबुहारीको लास हेर्ने इच्छा जनाए । ती सबैलाई शवगृहमा लगियो र चन्दनको लास देखाइयो । अर्को बक्स खोलेर राराको लास । बुहारीको शव देख्ने बित्तिकै उनको दृष्टि कपालको गुल्थोमा पुग्यो । बुहारीसँग अन्तिम पटक कुरा हुँदाबुबा ! अब तपाईंले काठमाडौँ आउनु पर्छ होला । हामी नभेटिए पनि मेरो कपालको गुल्थोमा एउटा चिठी भेट्नु हुनेछ । त्यसलाई पढेर मात्रै उचित कदम चाल्नु होला । भनेकी थिई ।

वृद्धले बुहारीको लासको कपालमा हात घुसारेर एउटा कागज निकाले ।

त्यो देखेर सबै छक्क परे ।

वृद्धले त्यो कागज आफैँसँग आएको पढालेखा ठिटातर्फ बढाउँदै भने, “बाबु ! सबैले सुन्याअरि पढेर सुना त ? बुहारीले क्या लेख्याकी रइछ ।

ठिटाले कागज खोल्यो र चर्को स्वरमा पढ्न थाल्यो, “बुबा ! मेरो पहिलो दिनको सपना सुनेर तपाईंले ठिकै अटकल्नुभएको थियो, तर म एकोहोरिन विवश थिएँ । दोस्रो दिनदेखिको सपना र मेरो भुक्तमान तपाईंलाई सुनाउने आँटै आएन, लेखेरै राख्न थालेँ । त्यो यसप्रकार छ

दोस्रो दिन, निदाउनै पाएकी थिएन मेरो पछ्यौरा स्वात्त तानियो । उठेँ । वरपर हेरेँ । बिजुली बत्ती बलेकै थियो । वेटिङ् रुममा तीनचार जना अरू पनि सुतेकै थिए, तर मेरो मजेत्रो कसले तान्यो ? सोच्दासोच्दै निदाएँ । सपनामा तिनै सेता पोशाकधारी जादुगर र जादुगर्नीहरू आएर आआफ्ना हातमा भएको सहनाई, बीन, तबेला, चिम्टा, चम्चा बजाउन थाले । त्यो सुनेर म लट्ठिँदै गइरहेकी थिएँ । भाग रारा भाग ?” चिच्च्याउँदै मेरा श्रीमान् आउनुभयो । जादुगरहरू उहाँलाई नै समात्न गए । उहाँ हात जोडेर हामीलाई छोड्देऊ ! हामीलाई छोड्देऊ !!!बिन्ती बिसाउन थाल्नुभयो, तर निर्दयी जादुगरहरूले उहाँलाई नै झ्याइँकुटी पार्दै लगे ।

तेस्रो दिनमा, श्रीमाङ्को वास्ता दिएर कुनै महिलाले खाना खुवाइन् मलाई । धेरै दिनपछि पेटमा अन्न परेकाले होला नशा लागेजस्तो जीउ झुम्रो भयो र निद्राले च्याप्न थाल्यो । अगिल्लो राती झैँ मैले ओढेको मजेत्रो स्वात्त तानियो । झसङ्गै तर्सेर उठेँ । बिजुली बत्ती बलेकै थियो । तीनचार जना अरू पनि सुतेकै थिए । मलाई निद्राले च्यापेकै थियो । मजेत्रो तानेँ । ओढेँ र फेरि सुतेँ । फेरि मेरो मजेत्रो स्वात्तै खिचियो । जुरुक्कै उठेँ । कालो छायाँ वरपर गरे झैँ लाग्यो । मेरा चन्दन !त्यही छायाँलाई आँखामा समेटेँ र सुतेँ । निदाउने बित्तिकै सपनामा तिनै जादुगरहरू आए । अगिल्लो दिनजस्तै बाजा बजाउन थाले । म लट्ठिँदै गइरहेकी थिएँ र ती जे भन्छन्, त्यही मान्दै थिएँ ।

नाइँ ! रारा नाइँ ! यिनलाई केही नदेऊ ? तिमी भाग । यी कसाइँहरूले तिमीलाई पनि विनासित्तै काट्दै सिलाउँदै गर्ने छन् ।श्रीमान् चिच्च्याएर हात हल्लाउँदै आउनुभयो । ती कसाइँहरूले उहाँलाई तुरुन्तै आफ्नो कब्जामा लगिहाले । उहाँलाई छोडेर म कहाँ भाग्न सक्थेँ र ?

चौथो दिन, आज थप केही हुन्छ भन्ने लागिरहेको थियो । चाहन्थेँ पनि । सायद यो नाटकको छिट्टै अन्त्य चाहन्थेँ म, तर दिन आफ्नै हिसाबले चिप्लिँदै गयो र छिट्टै पर्यो रात । म कुनै नयाँको प्रतीक्षामै झोक्राइरहेकी थिएँ । मलाई निद्रा परिरहेको थिएन । सपनामा पो केही हुन्थ्यो कि ? सायद केही दिनदेखि म सपना देख्नकै लागि त निदाउँथेँ । चिन्ताले झन् पिरोलिँदै थिएँ । अकस्मात हल्लाखल्ला मच्चियो ! कर्मचारीहरूको दौडधुप हुन थाल्यो । गाइँगुइँ सुरु भयो । कोही लिफ्टमा फँसे रे ! कोही भूतदेखि तर्से रे ! कसैलाई भूतले हिर्कायो रे !यस्तो सुन्दा मेरो जीउमा जोस जाग्यो । उठेँ र अप्रेसन रुमसम्म पुगेँ । बन्द थियो । फर्केर वेटिङ् रुममै आउँदा भुतुक्कै थाकेछु, निदाएँ । सपनामा ती जादुगर पनि आएनन् र मेरा श्रीमान् पनि भाग रारा भाग भन्दै आउनु भएन । सपना देख्नेको र सपनामा आउनेको संयोग मिल्नु पर्ने हो कि ? म सपनामै तिनलाई खोज्न निस्केँ । जादुगर र जादुगर्नीहरू पिँजराको वरिपरि झुम्मिएका थिए । तिनका गुरूहरू पिँजरामा थुनिएका थिए । त्यो पिँजरा मेरा श्रीमान्ले निकै गाह्रो गरी झुण्ड्याइरहनु भएको थियो र भन्दै हुनुहुन्थ्यो, “अँझैँ बाहुन खोज्न जाने ? अब नाङ्गिने पालो तिमीहरूको हो ।

त्यो पिँजराको डोरीले काटेर मेरा श्रीमाङ्का हातबाट मासु झर्दै थियो । त्यो दर्दनाक दृश्यले मेरो मुटु भक्कानिएर आयो । ती जादुगर भनाउँदा कसाइँहरूको व्यवहारले मलाई छिटै श्र