“लाखौं कार्यकर्ताको र जनताको भावनामाथि खेलबाड गर्र्न पाईदैन” पूर्वमन्त्री विष्ट

1 0


नेपालदृष्टि । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आन्तरिक द्वन्द्व चर्किएसँगै नेकपा फुटको संघारमा पुगेको अड्कलबाजी भैरहेको छ । ओली र दाहाल छुट्टाछुट्टै भेलामा सक्रिय छन् । हिजोमात्रै दाहालले आफूनिकट नेताहरुसँग खुमलटारमा छलफल गरेका थिए । उक्त छलफलमा दाहालले ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए ।

र, आफूसँगको भेटमा ओलीले ‘अब सँगै जान सकिँदैन्, आ–आफ्नो बाटो लागौं’ भनेको नेताहरुलाई दाहालले सुनाएका थिए ।

 

तर, दोस्रो तहका नेताहरुले भने पार्टी एकता कुनैपनि हालतमा जोगाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले लाखौं कार्यकर्ताको भावना र जनताको भावनामाथि खेलबाड गर्न नहुने भन्दै नेताहरुलाई सच्चिएर अघि बढ्न आग्रह गरेका छन् । स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री गोकर्ण विष्टले देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिने धारणा राखेका छन् । - रिपोर्टर्स नेपाल