नेपाल कम्युष्टि पार्टी फुटको निश्चित संकेत

0 0


नेपालदृष्टि । सत्तारूढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्र उत्पन्न विवादले गम्भीर मोड लिएको छ, जसका कारण पार्टी फुटको संघारमा पुगेको छ ।  दाहालको १२ दिनपछि ओलीसँगको एक्लाएक्लै भेटमा ओलीले “अब सँगै जान सकिँदैन्, अलग अलग भएर जानु पर्छ” भनेर आफूसँग भनेको दाहालले सचिवालयका ६ जना बहुमत सदस्य सम्मिलित भेलामा ब्रिफिङ गरेका थिए । उक्त भेलामा दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादल सहभागी रहेका थिए ।

विवाद चर्किएपछि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । तर, यसपटकको नेकपा विवाद वारपारको अवस्थामा पुगेको स्रोत बताउँछ ।

“ओलीजीले प्रचण्ड कमरेडसँग म पार्टीको निर्णय पनि मान्दिन् । तपाईले जे निर्णय गरे म त्यही मान्नु पर्छ ? मलाई यो अवस्थामा असहयोग गर्ने ? भनेर भन्नु भएछ । उहाँले अलग अलग भएर जाऔं भनेर पनि प्रस्ताव राख्नु भएछ । आज प्रचण्डजीले हामीलाई यही ब्रिफिङ गर्नुभयो । पार्टीभित्र गम्भीर संकट आएको छ । अव कसरी एकता बचाउने भन्नेबारे हामी छलफलमा छौं ।” भेलामा सहभागी रहनु भएका वरिष्ठ नेता झलनाथ खनालले बताउँनु भयो ।