ओली–दाहालको छलफल किन बिना निश्कर्ष टुङ्गीयो ?

1 0

नेपालदृष्टि । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको प्रधानमन्त्री निवासमा शनिवार छलफल भएको थियो । करिब एक घण्टा लामो भेटवार्तामा अध्यक्षद्धयबीच पछिल्लो विवाद समाधानबारे ठोस सहमति हुन सकेन । 

पछिल्ला दिनमा प्रधानमन्त्रीका निर्णयहरूका कारण प्रचण्ड असन्तुष्ट रहेको खबरहरूबीच दुई अध्यक्षबीच कुराकानी भएको थिएन । मन्त्रिमण्डल पूनर्गठनदेखि पर्सामा कार्यकर्ता हत्यासम्मको विषयलाई लिएर दाहाल असन्तुष्ट बनेका छन् ।

कतिपय सञ्चारमाध्यमहरूले त प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड र माधव नेपाल पक्षधर नेताहरू रहेको कुरा लेखेको छन । यसै प्रशंगलाई बुझ्न खोज्दा, “यस्तो अविश्वास प्रस्तावको चर्चामा सत्यता नरहेको“ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।  

पछिल्लो समय अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव कुमार एक ठाउँमा उभिएका छन् । यसअघि ओलीले पटक पटक भेट्न बोलाउँदापनि दाहालले ओलीको प्रस्तावलाई अस्विकार गर्दै आएका थिए । ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई दाहाललाई भेट्न पठाएका थिए ।

 छलफलमा दाहालले पार्टीका अन्य नेताहरुको माग बमोजिम तत्काल सचिवालय बैठक बस्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सचिवालय बैठक कहिले बस्ने ?  भन्नेबारे अहिलेसम्म कुनै टुँगो छैन् । नेकपाभित्र देखिने गरेका विवाद दुई अध्यक्षबीचको असमझदारीमा उत्पन्न हुने र उनीहरूबीचको सहमतिसँगै साम्य हुने गरेको देखिन्छ