किन डेढ हप्तापछिओलीलाई भेट्न गए प्रचण्ड ?

0 0


नेपालदृष्टि । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार दिउँसो बालुवाटार पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई अध्यक्षपछि डेढ हप्तापछि आज भेटवार्ता हुने भएको छ ।

राजनीतिक नियुक्तिदेखि मन्त्रिमण्डल विस्तारमा आफुलाई बेवास्था गरिएको भन्दै प्रचण्ड असन्तुष्ट बनेका थिए । साथै कर्णाली प्रदेशको विवादका विषयमा पनि दुई अध्यक्षले फरक फरक निर्देशक दिएका थिए ।

दुई अध्यक्षबीच विविध विषयमा विवाद बढेपछि प्रचण्ड बालुवाटार जान छाडेका थिए । ओली निकट नेताहरु प्रचण्ड निवास गएर फकाउने प्रयास गरेका थिए ।
लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि आज बालुवाटार पुगेका हुन । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।