अलविदा ढेना दाई, अलविदा  ! 

यादवप्रकाश लामिछाने

0 0


नेपालदृष्टि । हामी पथरीबाट एक वर्षमै झ–यौँ मैनावारी । धनकुटाबाट पथरी झरेपछि दिगो बसाइ हुन्छ भन्ने ठानेको त्यो पूरा भएन । पथरीको पुरानो बस्ती हत्केलाजस्तो थियो । फराकिलो ठाउँको खोजीमा लागियो दक्षिणतिर ।
राजमार्गसँग जोडिएको सुगम ठाउँ छाड्ने मन कसलाई हुन्छ र रु तर हामीलाई बाध्यताले गाँज्यो । जे होस्, सोचेजस्तै जग्गाको व्यवस्था पनि भयो । तीसको दशकको सुरुकै महिना हामी नयाँ ठाउँमा आयौँ । ठूलो परिवार । ठूलै व्यवहार । खेती पातीको व्यवस्थापनको चटारो । सबैसँग घुलमिल भई नसेकै अवस्था ।
दोहोरो चपटोमा थियौँ हामी । एक सामाजिक रूपमा समायोजन र अर्को हलो कोदालो समालिदिने बलिया मान्छेको खाँचो । ‘ढुङ्गा खोज्दा देवता मिल्छ भने झैँ’ एक जना स्थानीय व्यक्ति आए सम्पर्कमा । चलेको चलनअनुसार वर्षको बाह्रमन धान दिएपछि घरमा नै ढुक्कै बस्ने ।
हामीले हली–गोठालाको झन्झट बेहोर्नु परेन । सतार समुदायका ढेना नाम रहेछ, उनको । अधबैँसे उमेरका उनलाई हामी कान्छा दाइ भनेर बोलाउँथ्यौ । राँगा, गोरुको स्याहार–सुसारदेखि जोत्ने–खन्ने सबै उनले नै हेर्थे । हामीले केही अह्राउनु पर्दैनथ्यो ।
वर्षा याममा खेतालाको बन्दोबस्त उनले नै गर्थे । हामीले ज्यामीअनुसार दाल, चामल, तेल, नुन आदि दिनुपथ्र्यो त्यति हो, पैसा हप्ता दिनपछि दिँदा पनि हुने ।
धान कुटाउन मिल लैजाने ल्याउने, केलाउने सबै भ्याउँथे । नभ्याउँदा सल्लाहले श्रीमती बोलाउँथे । उनलाई छुट्टै ज्याला दिन्थ्यौँ हामी ।
पहिलो वर्ष सजिलै उतारियो । त्यसपछि हामी पनि अभ्यस्त भयौँ । पराल, ढुटो, कुटीको व्यवस्थापन उनी आफैँ गर्थे । हाम्रोमा माछा–मासु ल्याएको दिन घरैमा लगेर खाना खान्थे र उनको घरमा ल्याउँदा पनि त्यसै गर्थे ।
कुनै पनि दिन राँगा–गोरुसँग झर्को फर्को गरेको थाहा भएन । हाम्रो परिवारका एक जना सदस्यकै रूपमा एड्जस्ट भएका थिए । उनका केटाकेटीले पनि बाबुले काम गरेका ठाउँमा अल्झन बल्झन गरेनन् कहिल्यै पनि । एक किसिमले भनौँ भने संस्कारी थिए ।
कुनै कुनै बेला धेरै थाक्यो, आज त अलिकति खानुप¥यो, भन्थे । जानेर–बुझेर दिने गथ्र्यौँ पैसा । लौ भोलि काम गर्नै नसक्ने गरी त नखानु है भन्थ्यौँ । तर धेरै मात्ने गरी र कामै छाड्ने गरी कहिल्यै खाएनन् ।
दशैँको बेलामा चाहिँ एउटा पन्छी
९धोती फेर्ने जस्तो कपडा० को आस गर्थे । अरू जस्तो दियो चित्त बुझाउने ।
खेतीपातीबाट केही फुर्सद मिलेपछि मुसा, गँगटा र बाम माछा खोज्दै हिँड्थे । मौका मौकामा सर्प पनि पकड्थे । गिठ्ठा भ्याकुरमा रुचि राखे पनि जङ्गल टाढा भएकाले सम्भव थिएन ।
कालीको आराधनामा ज्यादै लाग्थे । साथीभाइका कुरा मान्दथे । कालीपूजामा रङ्गेलीको कालीमन्दिर जान छुटाउँदैनथे ।
मान्छे अन्तरमुखी थिए तर कुनै कुनै दिन रमाइलो कुरा पनि गर्थे मजाले ।
उनका अनुसार भारतको दुम्का जिल्लाबाट हजुर बा त्यहाँ आएका रे । बाबु यतै जन्मेका रे भन्थे । उनीहरू तीन भाइमध्ये कान्छा । जेठालाई मैले देखिनँ उनको छोरो पनि हाम्रैमा काम गर्न बसेका थिए । माइला दाइको नाम चरन थियो । मोटाघाटा तर अलि खानु पिउनुपर्ने ।
एक दिन भन्दै थिए – ‘मेरा नाममा तीन विघा जग्गा मोही थियो । के जान, कसले के भन्यो जोत्न छाडेर ससुराली गयो । दु सालपछि त मालिकले बेची दियो ।’
अनि आफ्नो भाग मागेनौ त दाइ, तिमीले ? भन्दा ‘बुद्धि छैन, मागेन भने, सकियो ।
–त्यो बेला नागरिकता पनि छैन । सरकार पनि माग्दैन, नागरिकता । हामी पनि माग्दैन ।
जुग जमाना फरक थियो नि १ भन्दै थिए उनी । पछि बुझ्दा उनको मोहीयानी हकको जग्गा पहाडको अर्कै मान्छेले किने छ र मोही पनि बेदखल गरेछ ।
हाम्रो घरको नजिकै थियो सतार टोल । त्यही टोलमा बस्थे उनी । ठूलै बस्ती थियो सतारहरूको । उनीहरूमध्ये धेरै जना उता धरानतिरका जग्गाबालाका मोही नै थिए । पूर्जामा पनि उनीहरूकै नाम थियो । तीसको दशकदेखि सरकारले नागरिकताको व्यवस्था गर्दा उनीहरूले पनि प्राप्त गरेका थिए । जसका कारणले मालपोतमा मोही बेदखली गर्दा होस् वा राजीखुसीले मोहयानी हक छाडँे भन्दा व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने बाध्यताले केही मात्रामा सुरक्षित भएको अवस्था थियो ।

पढाइ लेखाइमा यो समुदाय पछाडि नै थियो । ज्याला मजदुरीले र जीविकोपार्जनले पनि होला, स्कुलतिर आकर्षण थिएन । त्यहाँका केही हुने खानेहरूले छोराछोरी रङ्गेली र विराटनगर तिर पढाउँथे ।
 

समुदाय  समुदायका  बीचमा उनीहरूको राम्रो एकता थियो । मैनाबारी, झर्नाघुटु, विसनपुर होक्लावारी, निशानथान तिर बाक्लै बस्ती थियो सतारहरूको । यिनीहरू आफ्नो काम गर्ने तर अरूको चियो चर्चो नगर्ने स्वभावका थिए ।
केहीलाई छाडेर गरीबीको चपेटामा नै हुन्थे । केहीको मात्र मोहीयानीको जग्गा थियो । बाँकीको केवल ज्याला मजदुरी नै हो ।
खेती गर्नेले पनि बर्खाभरि लागेको ऋण तिर्दा धान दाउनीपछि फेरि रित्तै हुन्थे । जग्गा धनीबाट, माघ–फागुनदेखि नै अर्को माघसम्म बुझाउने गरी ऋण लिने पुरानो चलनले चुर्लुम्मै डुबेका थिए । उठाउने आधार नभएकाले अरूले ऋण दिँदैनथे । प्रत्येक साल खेती ग¥यो, साहूलाई बुझायो । फेरि साहूसँग लियो पछि डब्बल बुझायो । यसैमा जीवन समाप्त हुन्थ्यो । हुनसम्म मारमा थिए, उनीहरू । अन्य उपाय पनि त थिएन रु समाजमा सामन्ती सोच र संस्कार विद्यमान नै देखिन्थ्यो । सामन्ती अवशेष समाप्त नहुञ्जेल श्रमजीवी जनताले दुःख पाउनै नै भए । यो सबै चेतनाको कमीको कारण थियो । यो प्रकृतिको शोषण र दास मनोवृत्ति नै आर्थिक विकासका बाधक थिए । यो तहको शोषण र दासताबाट मुक्तिका लागि स्वयम् शोषित वर्गलाई आफ्नो नैसर्गिक हक र अधिकारका लागि लड्न उत्प्रेरित गर्नु नै महŒवपूर्ण कार्य देखिन्थ्यो । आपसमा सङ्गठित हुन गुप्त ढङ्गको योजना आवश्यक थियो र बन्दै थियो ।
ढेना कान्छा दाइले हाम्रा घरमा निरन्तरता दिइ नै रहे । धरान–विराटनगर आउने जाने काममा उनलाई प्राथमिकतामा राख्थ्यौँ हामी । उनी खुसी हुन्थे । ठूला–ठूला घर, घरै घर पो रछ, धरान भनेर हाँस्थे । एकपटक विराटनगर डुलाएँ र जोगवनीसम्म पु¥याएर रेल देखाएपछि त गाउँभरिका मान्छे बटुलेर यात्रा वर्णन सुनाउँथे, रमाइलोसँग । सतार भाषामा कुरा गर्दा गर्दै म पुग्दा, मैले बुझ्ने गरी नेपाली भाषामै बोल्न थाल्थे, सतार भाषा बोल्दा बोल्दै पनि । को मान्छे कस्तो हो, सिकाउन नपरी बुझ्न थालेका थिए । वातावरण दिनुपर्ने रहेछ भन्ने लाग्यो मलाई । हाम्रो सम्पर्क पछि त निकै फरासिला र बोलक्कड भए । उनमा आएको परिवर्तनले उनका आफन्त, नातेदारहरू पनि खुसी नै देखिन्थ्ये । एक दिन सोधेको थिएँ– “कान्छा दाइ । तिमीलाई हामीसँग असजिलो त भएको छैन नि रु ‘ना–सब अच्छा छ । राम्रो छ ।’ भनेका थिए । केही छ भने भन है’ भन्दा ‘कुनै दुख् छैन’ काम कर्नुपर्छ न । जुन आदमी भए पनि । हामी त गरीब मान्छी छ न ।” भन्दै खुसी व्यक्त गरे, उनले ।
माछा मासु भने पछि हुरुक्कै हुन्थ्यो उनी र उनको परिवार । त्यो अनुभव हामीलाई पाँच छ वर्षको सङ्गतले थाहा भयो । खैनी, चुर, सुर्ती किन्न हटिया गए पनि आधा घण्टा, एक घण्टाभन्दा ढिला गर्दैनथे । केही ढिला भए त्यसो क्षतिपूर्ति स्वरूप साँझ अबेरसम्म काम गरेर सकाउँथे ।
एकदिन शुक्रबार लाग्ने दलेलीको हाट गए । हाटबाट मसिना जुँगे, सिँगे, हिले र पोठिया माछा लिएर आएछन् घरका लागि । बेलुका खाना खानेबेलामा त्यो कुरा आमालाई भनेछन् । ‘आज त म घरतिर लगेरै भात खान्छु । माछा ल्याएको छ ।’
बिहान ६ बज्दा नबज्दै राँगा लिएर जोत्न हिँड्ने कान्छा दाइ ७ बजेसम्म पनि आएनन् । उनको घरमा गएँ । रातिदेखि झाडापखाला लागेछ । भाउजूले भनिन् ।
‘कति पटक भयो भाउजू ?’ मैले सोधेँ । खोइ, मैले थाहा पाउँदा ३÷४ पटक भन्थ्यो । उनले भनिन् ।
‘दाइ । मैले बोलाएँ ।
आँखा गडिइसकेका थिए । पिलिक्क हेरे एक पटक । फेरि निदाएजस्ता देखिए । ‘उज्यालो भएपछि कति पटक भयो ?” ‘राति नै धेरै भएछ, बिहान त गरेन ।’ भाउजूले भनिन् ।
उनीहरू सरसफाइमा ध्यान पु¥याउँथे नै । घर झुप्रा झुप्रा देखिए पनि माटोको लिउन भित्र बाहिर नै लगाएर चिटिक्क पारेका हुन्थे । एउटा चुलो आगनको छेउमा नै हुन्थ्यो अनि एउटा घरभित्र । पानी पर्दा भित्रै पकाउँथे भने अरू बेला प्रायः बाहिर नै । आँगनमा दिनहुँ लिपपोत गरेर बस्थे । सतार जातिमा प्रायः सबै जना दैनिक नुवाइ धुवाइ गर्ने नै हुन्थे, चाहे बूढा, युवा वा बालक, रोगी बाहेक ।
सबैका घरमा पाइखाना थिएन । टोलको पश्चिमतिर रहेको चिसाङ खोलाको आसपास छलिएर दिसा गर्थे । काँसघारी र खोलाको धार नै शोच स्थल हुन्थ्यो । भाँडाबर्तन सफाइमा पनि निकै ध्यान दिन्थे । मस्को लगाएर सफा बनाउँथे, सिलबरे भाँडाहरू ।
खानेपानीका लागि इनारको प्रयोग गर्थे । टोलभरिमा दुई तीनवटा मात्रा थिए, हातेकलहरू ।
दाउरा, सन्टी, बाँसका झिक्रा र गोबरका गुइँठाबाट नै पकाउने गर्थे । उनीहरूले पकाएको त खाइनँ तर हेर्दा खाउँ खाउँ लाग्ने देखिन्थे परिकारहरू ।
जाडोको समयमा आँगन छेउमा आगो बालेर झुरुप्प भएर ताप्थे । एउटा काठको ठुटो भए त्यसैलाई ठोसी–ठोसी आगो चलाउँथे । घुर ताप्दा अगाडि तातिए पनि पिठ्यूँ पूरै चिसिन्थ्यो ।
ढेना दाइका घरसँगै जोडिएको घर थियो, आइतबार सतारको । अर्को बुधराईको अनि उनका दाइ चरनको । पूर्वपट्टि पिठा बूढाका छोरी ज्वाइँ, छोरीपट्टिका नातिहरू लुखीराम र लखन सँगै होप्ना र उनका दाजु चाँदको थियो ।
त्यति बेलासम्ममा ज्ञानबहादुर दाइको चिया पसलमा चिया पिउन मान्छे जम्मा भइसकेका थिए । पसल निजकै भक्का पकाउन थालेकी राजवंशी भाउजूलाई फुर्सदै थिएन । बिहानै भक्का र चियाको चुस्की लिँदै गफिनेको पनि भीडभाड नै थियो ।
फार्साडाँगी हुँदै दर्वेशा र रङ्गेलीतर्फ लागेका लोड गरेका राँगा गाडीका बहलमानहरू पनि चिया र भक्का लागि, गाडी डगरमै रोकेर ओर्लिएका थिए । रमाइलो देखिन्थ्यो एक किसिमले त्यो दृश्य । तर आफूलाई पिरोलेको थियो, ढेनाको बिमारीले ।
म फेरि उनकै घरतिर लागेँ । उनी पहिलेभन्दा धेरे शिथिल देखिन्थे । उठ्न नसक्ने भएछन् । धेरै पानी पिउन दिनुपथ्र्यो त्यस्तो बेला । अझ जीवनजल भए त झनै राम्रो । नभए नुन चिनी पानी बनाएर पनि दिन सकिन्थ्यो । तर चेतनाको कमीले त्यो सम्भव थिएन त्यहाँ । त्यतिबेलासम्म चरन, उनको छोरा र अन्य भेला भइसकेका थिए ।
मैले औषधी गर्ने कुरा उठाएँ । खोइ । के के कुरा गरे आपसमा सतार भाषामा मैले बुझिनँ ।
उनीहरूसँग  सल्लाह  गरेँ  । गोरुगाडामा राखेर उपचारका लागि रङ्गेली लैजाऊ भनेँ ।’
तर कसैले ठाडा कान लगाएनन् ।
मैले चिया पसल तिर हल्ला गरेँ ।
टिस्टुङ–पालुङतिर माइती भएकी ज्ञानबहादुर तामाङ्नी भाउजूले ‘ए । भाइले के भन्दैछ जानू नि’ भनिन् । पसलमा गफिएका एक दुई जना आए । घर–आँगनमा मान्छे भरिए ।
मैले फेरि ‘डाक्टर कहाँ लैजाउँ भनेर कुरा उठाएँ । भीडभाडबाटै खासखुस गरेको सुनियो ।’ यो विरामी डाक्टर कहाँ लैजाने नै होइन ।’ बोक्सीले मुटु कलेजो खाइसकेको छ ।’ एक जनाबाट सुनियो ।
हामीले पनि खासखुस कुरा ग¥यौँ । ‘रङ्गेलीको झा डाक्टरकोमा लगेर ५÷७ बोतल स्लाइन चढाउन पाए मान्छे बाँच्ने थिए ।’
‘धेरै शिथिल भएको देखेँ । मैले कुरा अघि बढाएँ । ‘चरन दाइ । ल तिमी नै भन, भाइ तिम्रो हो ? बचाउन कोसिस गरौँ । खर्चको व्यवस्था म मिलाइहाल्छु । के गरौँ ? लाने होइन त डाक्टर कहाँ ? मैले प्रस्ताव तेस्र्याएँ ।
मुखामुख गरे उनीहरू परस्परमा ।
कसैले मुख फोरेर बोल्न सकेनन् । हामीले जिद्धी ग¥यौँ । लीलानाथ पोखरेलले पनि ‘दाइले राखेको प्रस्ताव ठिक हो, ढिलो नगरौँ’ भने ।

पौडेल साल्दाइ, ज्ञानबहादुर दाइ, पोखरेल ठूल्दाइ, गीता र साइली बैनी सबैले एकै स्वरमा मेरो कुरालाई सही थापे ।
ओढ्ने ओढाइएको छ । मुख छोपेको छ, पातलो कपडाले । ‘रगतै दिसा गरेपछि बोक्सीले नखाए के भएको त ? हुलबाट आवाज आयो ।

 

म अवाक भएँ । सबै रमिते मात्रै भयौँ । हामीले जबर्जस्ती गर्न सक्ने कुरै भएन । आइमाई केटाकेटीको के भर, भाउजूलाई सोधें सोध्न त । तर निष्कर्ष त आउने कुरै भएन ।
ढेनाका दाइ चरन, उनको जेठो छोरो चपला, कान्छो मुठु, भाउजू, भाइभतिजा सबै थिए तर भित्रभित्रै माया मारिसकेका रहेछन् उनीहरूले ।
उनीहरूको भनाइ थियो’ बोक्सीले पक्डेपछि के छोड्छ ?
‘हरे शिव । यो उपचारबाट निको हुन्छ । लैजाऊँ मात्र भन न भन्दा मुखामुख मात्र गरिरहे ।
अरू बेला त मेरा बाले भनेपछि मान्थे तर अहिले कसैले, कसैको कुरै सुनेनन् । पानी खान दियो भने झन् कष्ट हुन्छ भन्ने धारणाले, विरामी झन् झन् गल्दै गयो । डिहाइड्रेसन नै पखालाको मुख्य जड हो । फार्साडाँगी गएर कम्पान्डरसँग जीवनजल ल्याउन साइकिलवालाको बन्दोबस्त पनि गरियो । तर पर्दैन पानी खियाउनु हुँदैन भन्ने निचोडमा नै सबै पुगे उनीहरू । ‘यो विमार लागेपछि कोही पनि बाँचेकै छैन आजसम्म । उनीहरूको भनाइ थियो । झाडापखालाको बिरामीलाई पानी पनि खान नदिएपछि के हालत होला त रु हामी असमञ्जसमा प¥यौ ।
खत्री माल्दाइ, साँल्दाइ, डम्बर बलम्पाकी, राना काका, अम्बिका दाइ सबैले दबाई गर्न लैजानै पर्ने भने पनि आफन्तबाट सहमती आएन । ‘यस्तो अन्धविश्वासमा जकडिएको छ, यो समुदाय । कत्रो जरागाडेको छ, बोक्सी लाग्छ भन्ने कुराले ।
हामी सबै अवाक भयौँ । अशिक्षाले गाँज्नसम्म गाँजेकाले यो हालत भएको हो भने पनि, हामी केवल दर्शक मात्र भयौँ । टुलुटुलु हेरेर बस्ने ।
दिन छिपिदै गयो । विरामी सिरियस हुँदै गयो । कन्भिन्स गर्ने जति सबै गरियो । उपचारको सबै खर्च बेहोर्ने भन्दा पनि मानेनन्  ।  डाक्टरको  औषधिभन्दा झारफुकबाट बोक्सी–डाइनी हटाउने भन्ने जवाफ आयो ।
हामी कमजोर सावित भयौँ । औषधिबाट झाडापखाला, आउँ, सामान्य ज्वरो र खोकी निको पार्न सकिन्छ भन्ने कुरामा विश्वास दिलाउन सकेनौँ ।
आपूmले–आफैलाई चित्त बुझाउन सकेनौँ । हामी आ–आफ्नो घरतिर लाग्यौँ खाना खान । दोपहर भइसकेको थियो ।
मन अमिलो भयो । परिवारको सदस्यजस्तै भएको कान्छो दाइ अबको केही छिनमा सबैसँग बिदा हुँदैछ, अनि यता खाना कसरी रुच्नु र ?
काली पूजाका बखत शरीरमा काली उतारेझै गरेर कामेको, खलखली पसिना निकालेको र वरिपरि घुम्दै नाचेको कान्छो दाइ अब स्मरणमा मात्र रहने भयो ।
थालको भातमा गएको हात उठ्नै गाह्रो मान्यो ।
ऊसँगका कुराकानी, रमाइला क्षण सबै याद आए ।
धान र चामलका बोरा एक्लै लोड गर्ने कान्छो, बिहानदेखि दुई बजेसम्म खेत जोत्ने कान्छो लुरुलुरु काम गर्ने कान्छो, झर्को फर्को नगरी टन्टलापुर घाममा धुुर कस्न जाने कान्छो, टोलछिमेकमा सबैले रुचाएको कान्छो, अब सदाका लागि जाँदैछ ।
म एकोहोरिएँ छु । ‘के गर्नु त अब भात खा’ भनेर आमाले भनेपछि, झसङ्ग भएँ । भात थालैमा त्यसै छाडेर हात धोएर हतारिँदै उतै जान खोज्दा मान्छे रोएको आवाज टड्कारो सुनियो । पचासौँ जना आफन्त र अरूहरू जम्मा भइसकेका थिए । मेरो शरीरमा खल्खली पसिना आए । पसिना पुछेँ । ऑत हर्हर् भएजस्तो भो ।
बिहान जम्मा भएका लगायत अरू पनि हामी दुःखमा सहभागी भयौँ । मन रोयो ।
मानिसमा गढेर बसेको छाप बदल्न असफल भयौँ ।
तर अन्धविश्वासले गाडेको जरा उखेल्न समाजका सबै वर्ग, तह र तप्काले हातमा हात मिलाउँदै उठ्नु जरुरी छ । हाम्रो निष्कर्ष त्यही रह्यो । चिसाङ किनारको एक मुठी माटो अर्थीमा राख्यौँ र गह्रुङ्गो शरीर र मन बनाउँदै घर फक्र्यौं ।
अलबिदा ढेना दाइ !
अलबिदा !!