आज कोरोनाबाट मोरंगका तीन अस्पतालमा चारको मृत्यु

२०७७ कार्तिक ३, सोमबार

1 0


नेपालदृष्टि । मोरंगको बिराटनगरमा आइतबार र सोमबार बिहानसम्म चार जनाको मृत्यु भएको छ । मृतकमध्ये एकजना अस्पताल सञ्चालक रहेका छन । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जना र नोबेल मेडिकल कलेजमा दुई जना, को मृत्यु भएको हो ।

न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१का ५३ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको बताईएको छ । उनलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो । मृतक पुरुष पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा।लि।का सञ्चालक हुन् । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।
यसैगरी बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित बिराटनगर–२ की ६० वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको आजै बिहान र अर्का विराटनगर–३ का ६६ वर्षीय पुरुषको हिजो राति ११ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन ।

आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये १,६९८ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजारभन्दा बढी भएको छ।

२४ घण्टामा २,९४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

नेपालमा विगत २४ घण्टामा २,९४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १४,८७५ वटा नमुना परीक्षण गरिएको थियो।

आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये १,६९८ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन् । योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजारभन्दा बढी भएको छ।

विगत चौबीस घण्टाको अवधिमा थप १२ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।योसहित नेपालमा अहिलेसम्म ७३९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। सक्रिय सङ्क्रमितमध्ये ३०१ जना सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन्।