चाडपर्वमा दाम्राभिट्टा प्रहरी चौकीले शान्ति सुरक्षामा कडाई गर्ने (भिडियो सहित)

1 0


नेपालदृष्टि । मोरंग,रतुवामाई नगरपालिकाको अस्थायी प्रहरी चौकी दाम्राभिट्टाले २०७७ सालको वडा दशै,शुभ दिपावली तथा छैट पर्वको अवसरमा शान्ति सुरक्षा सम्वन्धी आवश्यक छलफल कार्यक्रम गरेको छ ।

वडा लगायत नगरपालिकाभित्र सुरक्षाको चुस्तता, शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्ने, चोरी अपराध तथा समाजमा हुने अवान्छित गतिविधिहरु जस्तै अत्याधिक मदिर सेवन, तास जुवा खेल्ने, लागूऔषध तथा अवैध मदिरा बेचविखान गर्नेका साँथसाँथै अवैधरुपमा भित्रिएका पटेकाहरुलाई नियन्त्रणमा लिने र आवश्यक कानुनी कार्वाही गर्ने कुरा उक्त आयोजित कार्यक्रममा प्रहरी सहायक निरीक्षक फुलवीर तमाङले बताउँनु भयो । 

ट्राफिक व्यवस्थापनमा सर्वजानिक ठाउमा भीडभाड नगर्ने, अत्याधिक मदिरा सेवन गरेर सवारी साधन चलाउन नपाइने र दैनिकरुपमा मापासे गरिनेका साँथै सवारी चलाउँदा अनिवार्यरुपमा हेलमेट लगाउँनु पर्ने । 

यस्ता अपराध अनुसन्धान तथा नियन्त्रणमा समुदायको पनि अहम भूमिका रहने हुनाले प्रहरीलाई पूर्णरुपले हामीसवैले सहयोग गर्नु पर्ने कुरा वडा अध्यक्ष श्री नन्दकुमार चापागाँइले बताउनु भयो । साँथै यस्तो कोरोना भाइरसकोे महामारीमा सचेत रही नियमीतरुपमा माक्र्स लगाई समाजिक दुरी कयम राख्नु पर्ने उहाँले पुन : बताउँनु भयो 

त्यस्तै ट्राफिक व्यवस्थापनमा सर्वजानिक ठाउमा भीडभाड नगर्ने, अत्याधिक मदिरा सेवन गरेर सवारी साधन चलाउन नपाइने र दैनिकरुपमा मापासे गरिनेका साँथै सवारी चलाउँदा अनिवार्यरुपमा हेलमेट लगाउँनु पर्ने कुरा पुनः प्रहरी सहायक निरीक्षक तमाङले बताउँनु भयो ।

यिनै समसामयिक बिषयमा वडा अध्यक्ष चापागाँईसँग प्रत्यक्ष कुराकानी भएको थियो, प्रस्तुत छ यसको भिडियो ।