प्रदेश १का मुख्यमन्त्री राईले दमकल, प्रहरी भेन हस्तान्तरण 

0 0


नेपालदृष्टि । प्रदेश १ सरकारले प्रदेशका ११ जिल्लाका १र१ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् ब्यवस्थापन र स्वास्थ सेवाका लागि १/१ थान दमकल र प्रहरी भेन हस्तान्तरण गरेको  थियो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा असोज २९ गते आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गरेका थिए ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको ५ करोड ६७ लाख २० हजार रुपैयाँ बराबरको ११ वटा बारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको १४ वटा प्रहरी भ्यान हस्तान्तरण गर्ने तयारी थियो ।

अहिले ११ स्थानीय तहलाई हस्तान्तरण गरेकोमा तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको लागि अर्को चरणमा ती सामाग्री हस्तान्तरण गरिनेछ ।

बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो । सेवा केन्द्रका लागि एम्बुलेन्स पनि उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । एम्बुलेन्स भने प्रक्रियामा रहेको बताइएको छ ।