समालोचना : “चीरहरण” उपन्यासमा नारीवाद 

 चन्द्रप्रसाद ढकाल

2 0


लेखसार

नेपालदृष्टि । नारीवादी सिद्धान्त पाश्चात्य साहित्य सिद्धान्तमा आधारित सांस्कृतिक अध्ययन पद्धतिको एउटा महत्वपूर्ण पक्ष हो । यो सिद्धान्तको विकाश पाश्चात्य साहित्य परम्परामा भए पनि अहिले आएर विश्व साहित्य र राजनीतिमा प्रभाव पार्न सफल सिद्धान्त हो । प्रस्तुत आलेखमा नीलम कार्कीद्वारा लिखित ‘चीरहरण’ उपन्यासलाई नारीवादी सिद्धान्तका मूलभूत विशेषतामध्ये नारी दमनको अवस्था र त्यसमा नारीले गरेको प्रतिरोधलाई आधार मानेर विश्लेषण गरिएको छ । नारीवादी सिद्धान्तका यी पक्षहरूका अतिरिक्त अन्य कलात्मक पक्षहरूको विश्लेषण प्रस्तुत लेखमा गरिएको छैन । नारीवादी सिद्धान्तका आधारमा विश्लेषण गर्न चाहने सिकारुहरूका लागि प्रस्तुत लेख सहयोगी सामग्रीका रूपमा रहेको छ ।

विशिष्ट शब्दावली ः प्रतिरोध, चेतना, पितृसत्ता, शक्ति सम्बन्ध, पहिचान, प्रतिनिधित्व ।

१. विषय परिचय

चीरहरण ९२०७२० उपन्यासको लेखक नीलम कार्की ‘निहारिका’ हुन् । नेपाली आख्यान क्षेत्रमा उदीयमान प्रतिभाका रूपमा उनी परिचित छिन् । उनले कविता, कथा र उपन्यासहरू सिर्जना गरेकी छन् । नीलम कार्की कविताभन्दा आख्यान विधामा चर्चित छिन् । नीलम कार्कीका अर्की आइमाई, चीरहरण र योगमाया उपन्यास रहेका छन् । उनको योगमाया उपन्यासले २०७४ सालको मदन पुरस्कार पाएको छ । उनका आख्यानमा नारी स्वतन्त्रता र नारी अधिकारका आवाजहरू उठाइएको पाइन्छ ।

चीरहरण उपन्यासमा महाभारत–कालीन घटनाहरूलाई विषयवस्तु बनाइएको छ । प्रस्तुत उपन्यासमा महाभारतकालीन पात्रहरूलाई आजको समयमा उपस्थित गराई एउटा  सभाको  आयोजना  गरिएको परिकल्पना गरिएको छ । उपन्यासअनुसार सभाको आयोजना उलूपीद्वारा पाताल लोकमा गरिएको छ । त्यस सभामा मूल वक्ताका रूपमा महाभारतमा रहेका नारी पात्रहरू रहेका छन् । यसमा नारी पात्रबाहेक दुशासन, कर्ण, दुर्योधन, युधिष्ठिर लगायतका प्रतिनिधि पात्रहरूले उपन्यासको अन्त्यमा नारी स्वतन्त्रता र नारीले गर्नु पर्ने प्रतिरोधका बारेमा आफ्ना विचारहरू प्रस्तुत गरेका छन् ।

नारीवादी सिद्धान्तको आरम्भ २० औँ शताब्दीमा पाश्चात्य साहित्य समालोचनाबाट भएको हो । नारी समस्याप्रति पहिलेदेखि नै आवाज उठ्दै आएको भए पनि भर्जिना उल्फ, साइमन ड बुभाजस्ता सशक्त प्रतिभाहरूको उदयपछि यसले अझै बढी व्यापकता पाउँदै आएको छ । उत्तर आधुनिक साहित्य सिद्धान्तको महत्वपूर्ण उपलब्धिका रूपमा नारीवादी सिद्धान्त रहेको छ । यसले कृतिभित्र नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराको विश्लेषण गर्छ । यस सिद्धान्तमा नारीको अवस्था मात्र चित्रण नगरेर पितृसत्ताले नारीमाथि कसरी दमन गरेको छ, अनेक सामाजिक मिथकहरूले नारीलाई कसरी सीमान्तकृत तुल्याएको छ भन्ने कुराको साथै नारीले पितृसत्ताका विरुद्ध प्रतिरोध गर्दै आएको अवस्थाको समेत विश्लेषण गर्छ । कतिपय समालोचकहरू नारीका भावनाहरू नारीकै कृतिमा मात्र समेटिने विचार राख्छन् । नारीवादी सिद्धान्तले कृतिभित्र नारीको उपस्थिति, त्यसमा पितृसत्ताको दमन, नारीको प्रतिरोधका साथै नारीका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयलाई हेरिन्छ । प्रस्तुत चीरहरण उपन्यासका लेखक नीलम कार्की पनि नारी स्रष्टा भएकाले उनले यस उपन्यासमा नारीहरूलाई कसरी प्रस्तुत गरेकी छन् भन्ने कुराको विश्लेषण यस अध्ययनमा गरिएको छ 

२. सैद्धान्तिक पर्याधार

नारीको पक्षमा गरिने वकालत नारीवाद हो । नारीविरुद्ध लिङ्गकै आधारमा गरिने भेदभाव, सामाजिक, राजनैतिक, आर्थिक तथा वैचारिक शोषण विरुद्ध आन्दोलनका रूपमा स्थापित चिन्तन नारीवाद हो । नारीवाद धेरै पहिलेदेखि आन्दोलनका रूपमा चलेको र बीसौँ शताब्दीको मध्यतिर उत्तरआधुनिक साहित्यको सशक्त आन्दोलनका रूपमा स्थापित भएको पाइन्छ । नारीवादी आन्दोलनमा विशेषतः पाश्चात्य जगत्का नारी प्रतिभाहरूले महत्वपूर्ण योगदान दिएका छन् ।

१९२० को दशकदेखि नारी आन्दोलनमा भिन्न धारणाको आरम्भ भयो । यसै समयावधिमा भर्जिना उल्फ ब् च्ययm या इलभ’क इधल ९ज्ञढद्दढ० कृति मार्फत नारीवादसम्बन्धी नयाँ मान्यताका साथ देखापर्छिन् । पितृसतात्मक समाजबाट भोग्दै गरेको आर्थिक, शैक्षिक तथा सांस्कृतिक प्रतिकूलता छर्लङ्ग पारिएको छ (शर्मा र लुइटेल, २०६३ः३७२) । नारीवादी आन्दोलन पहिलेदेखि नै आरम्भ भए पनि बिसौँ शताब्दीको आरम्भबाट सशक्त रूपमा अगाडि बढेको हो । भर्जिना उल्फले नारीवादी आन्दोलनलाई नयाँ तरिकाले स्थापित गराएकी छन् । उनले नारीका दृष्टिबाट पितृसतात्मक संरचनाको विपरीत नयाँ संरचनाको खोजी गरेकी छन् ।

नारीवादी आन्दोलनलाई अझ सशक्त बनाउने लेखिका हुन् साइमन ड बुभा । फ्रान्सेली लेखिका बुभाको त्जभ क्भअयलम क्भह ९ज्ञढद्धढ० को प्रकाशन पछि त यस आन्दोलनले व्यापक चर्चा पाएको देखिन्छ । बुभाले समाजमा नारीको स्थिति र भुमिका बारे प्रश्न उठाउँदै नारीको पहिचान सम्बन्धी विस्तृत समीक्षा गरेकी छन् । पुरुष लेखकका कृतिमा वर्णित नारीसम्बन्धी महान् सामुदायिक मिथकहरूको विश्लेषण गरेकी छन् । नारीलाई समाजमा निम्न, अधीनस्थ र दोस्रो दर्जाका नागरिक तुल्याइएको छ र पितृसतात्मक समाजमा यसै स्थितिलाई कायम राखी नारीमाथि दमन गरिएको छ भन्ने मुख्य निष्कर्ष रहेको छ (शर्मा र लुइटेल, २०७३ः३७३) । नारी आन्दोलनलाई उचाइ प्रदान गर्न साइमन ड बुभाको आगमन पछि नयाँ आयाम थपिएको छ । उनले नारीका दृष्टिबाट कृति अलग हुने धारणा राखेकी छन् । पुरुषका कृतिहरूमा सही अर्थमा नारीका भावना नसमेटिने हुनाले नारीका भावना नारीकै कृतिमा मात्र पाउन सकिने विचार बुभाले प्रस्तुत गरेकी छन् ।

फेमिनिजम एण्ड डिकन्स्ट्रक्सनमा डायन एलमको उद्गार छ कि स्त्रीवाद र विसङ्घटनको मिलन हामीलाई नारीको असिम सम्भावनामा सचेत पार्छ । नारीलाई कहिल्यै रित्तिने गरी देखाउन सकि“दैन, नारीसम्बन्धी सोचलाई एकल, अविभाजित, अधिनतामा ल्याउन सकिँदैन (गौतम, २०६४ः११८) । नारीका बारेमा अनेक धारणाहरू साहित्यिक कृतिमा आउँछन् तर नारी यही नै हो भन्न सकिँदैन, ऊ भित्र असीम सम्भावनाहरू रहेका हुन्छन् । नारीसम्बन्धी सोचलाई बहु दृष्टिबाट हेर्नु पर्ने धारणाको विकास पनि पछिल्लो समयमा विकास हुँदै आएको छ ।

नारी केन्द्रित परिप्रेक्षबाट नारी हक, हित र समानताको पक्षधरतालाई नारीवाद भनिन्छ । पुरुषद्वारा स्थापित नारीसम्बन्धी समस्त धारणा, दृष्टिकोण, पूर्वाग्रह, मान्यता, कल्पना र साहित्यमा नारीको स्थिर चरित्र आदिलाई नकार्दै यसले नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्ने तर्पm दह्रो पाइला चालेको छ (शर्मा र लुइटेल, २०६३ः३७१) । नारीका बारेमा पुरुषद्वारा स्थापित मान्यतालाई अस्वीकार गर्दै नारीकै दृष्टिबाट कृतिको मूल्याङ्कन गर्नु पर्ने धारणा यस भनाइमा रहेको छ ।

नारीवादी चिन्तन र आन्दोलनको पश्चिमी इतिहास दुई सय वर्षभन्दा लामो रहेको छ । यसको आरम्भ र विकास पश्चिममा भए पनि बिसौँ शताब्दीको उत्तराद्र्धमा आइपुग्दा यसले विश्वव्यापी रूप ग्रहण गरेको पाइन्छ । दुई शताब्दीभन्दा लामो नारीवादी चिन्तन र आन्दोलन विभिन्न दृष्टिकोण र प्रवृत्तिहरू पनि देखापरेका छन् (गिरी, २०६९ः३३) । पाश्चात्य जगतमा फैलिएको नारीवादी आन्दोलनले दुई सय वर्ष पार गरिसक्दा विभिन्न मोडहरू पार गर्दै अगाडि बढेको छ । यसमा नयाँ नयाँ सोच र चिन्तनहरूको विकास भएका छन् । कतिपय समालोचक नारीको सही चित्रण नारीका रचनामा मात्र प्राप्त गर्न सकिने धारणा राख्छन् भने कतिपय पुरुषका रचनामा प्रस्तुत नारीहरूको अवस्थाका बारेमा पनि विश्लेषण गर्दछन् । समय अनुसारका विविध चरणहरू पार गर्दै नारीवाद विश्व साहित्य समालोचनामा स्थापित भएको सिद्धान्त हो ।

सृष्टिको आदिकालदेखि मानव समाजको विकासमा महिला र पुरुषको समान उपस्थित देखिए पनि विविध कारणले महिलाभन्दा पुरुषको अवस्था निकै राम्रो देखिन्छ । समयक्रमसँगै परिवर्तनका अनेकौँ खाका कोरिए तर महिलाको अवस्था अनेकौँ सामाजिक, पारिवारिक र परम्परागत रूढीवादी सांस्कृतिक झमेलाले अल्झिरह्यो । परिवर्तनका प्रयासहरू रोकिएनन् । जसको फलस्वरूप एक्काइसौँ शताब्दीमा आएर मात्र महिला नारीसत्तामा सचेत भई आपूmलाई परिष्कृत तुल्याउँदै समानान्तर आकाशको खोजी गर्न सकेका हुन् (महर्जन, २०७३ः२८) ।

नारीवाद नारीका पक्षमा अर्थात नारीले भोगेका तमाम जीवन पद्धतिलाई केन्द्रमा राखेर हेरिने दृष्टिकोण हो । दुई सय वर्षभन्दा पुरानो नारी आन्दोलनको निरन्तरताकोे परिणम स्वरूप नारीवादको विकास भएको पाइन्छ । पछिल्लो चरणको नारीवाद नारीका पक्षमा मात्र नभई नारीको दृष्टिबाट समग्र समाज र मान्यता तथा दर्शनलाई हेर्ने पद्धतिका रूपमा रूपान्तरण हुँदै आएको छ । उत्तर आधुनिक साहित्यले सम्भावनाका अनेक ढोकाहरू खोलि दिएको बखतमा नारीवादले पनि नारीका अनेक सम्भावनाहरूको खोजी गर्न थालेको छ । नारीका कृतिमा नारीको अवस्था केलाउने पद्धतिका रूपमा उत्तर आधुनिक समालोचनाको एउटा महत्वपूर्ण अङ्ग बनेर यो समालोचना पद्धति विकास हुँदै गएको छ ।

 ३. चीरहरण उपन्यासमा नारी

नारीवादी समालोचनाको पछिल्लो चरणमा नारीका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयको अध्ययन गरिन्छ । प्रस्तुत उपन्यास लेखक नीलम कार्की पनि नारी स्रष्टा भएकाले उनले नारी पात्रलाई कसरी प्रस्तुत गरेकी छन् भन्ने कुराको अध्ययन प्रस्तुत उपन्यास मार्पmत गर्न सकिन्छ । त्यसै गरी नारी सिद्धान्तका विभिन्न पक्षहरूबाट पनि प्रस्तुत उपन्यासलाई विश्लेषण गर्न सकिन्छ । यस्ता विविध पद्धतिहरूमध्ये प्रस्तुत अध्ययनमा चीरहरण उपन्यासमा रहेको नारी दमनको विरोध र नारी दमन विरुद्ध प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ ।

३.१. चीरहरण उपन्यासमा नारी दमन

चीरहरण उपन्यास महाभारतको विषयवस्तुलाई आधार बनाई लेखिएको छ । यस उपन्यासमा महाभारतकालका नारी पात्रहरूलाई कहाँबाट कसरी दमन भएको थियो भन्ने विषयलाई उठाइएको छ । उनले त्यस समयका पात्रहरूलाई उपस्थित गराई अहिलेका नारीको संज्ञानअनुसार प्रस्तुत गरिएको छ । यस उपन्यासमा रहेका नारी पात्रहरूले भोग्नुपरेको दमनको अवस्थालाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

नारीवाद नारीका पक्षमा अर्थात नारीले भोगेका तमाम जीवन पद्धतिलाई केन्द्रमा राखेर हेरिने दृष्टिकोण हो । दुई सय वर्षभन्दा पुरानो नारी आन्दोलनको निरन्तरताकोे परिणम स्वरूप नारीवादको विकास भएको पाइन्छ । पछिल्लो चरणको नारीवाद नारीका पक्षमा मात्र नभई नारीको दृष्टिबाट समग्र समाज र मान्यता तथा दर्शनलाई हेर्ने पद्धतिका रूपमा

३.१.१. परिवारभित्र नारी दमन

नारीमाथिको  दमनको  आरम्भ सबैभन्दा पहिले आफ्नै परिवारबाट हुन्छ । परिवारमा नारीमाथि विभिन्न वाहानामा दमन गरिन्छ । परिवारबाट नारीको दमन नहुने हो भने अरू ठाउँबाट पनि नारी दमनको प्रक्रिया रोकिन्छ । प्रस्तुत उपन्यासमा पनि परिवारबाटै छोरा र छोरीमा कसरी भेदभावको क्रम सुरु भयो भन्ने कुरा देखाइएको छ ।

‘निकटबाट नै देखेँ मेरो जस्तो कालो वर्ण रहेछ दाजु मत्स्यको पनि । त्यसबखत कल्पिएँ, म पनि पुत्र भई जन्मिएको भए दाजु छेउ त्यसरी नै उभिएकी हुन्थेँ, हामी दुईमा लिङ्गभेद भयो, त्यही पृथकताले फरक हुन गयो चेदी राजाबाट (पृ.३१) ।’

प्रस्तुत कथन चीरहरण उपन्यासको पात्र सत्यावतीको हो । यस उपन्यासअनुसार सत्यावती छोरी भएकै कारणले परिवारबाट अपहेलित भएर राज्यबाट निकालिएकी छ । माछोजस्ती काली र गनाउने शरीर भएकी मत्स्य गन्धा भएकीले उनलाई घरबाट निकालिएको हो । घरबाट निकालिएकी मत्स्य गन्ध नारी भएकै कारणले परिवारबाट निष्कासित भएकी छ । सत्यावतीको मात्र प्रसङ्ग होइन, यस उपन्यासका अम्बा, अम्बालिका, द्रैपदी जस्ता पात्रहरू पनि परिवारबाटै दमनमा परेका छन् । यसरी चीरहरण उपन्यासमा धेरै नारी पात्रहरू परिवारभित्र बाटै दमनमा परेका छन् ।

३.१.२. समाजमा नारी दमनको अवस्था

‘चीरहरण’ उपन्यासमा परिवार बाहिर समाजमा पनि नारी दमन भएको देखाइएको छ । नारीलाई सामाजिक नैतिकता, आदर्श, संस्कृति आदिका नाममा दमन हुने गरेको कुरा उल्लेख गरिएको छ । समाजका यस्तै विभिन्न बाहानामा नारीमाथि दमन हुने गरेको कुरा चीरहरण उपन्यासका विभिन्न प्रसङ्गहरूमा पाउन सकिन्छ ।

‘मलाई गर्भवती तुल्याएर गएको पुरुष फर्किएर आएनन् । आउन त आए, आउँदा अर्काको पोइ र धेरै सन्तानका पिता भएर आए । उनी समाजमा स्वीकृत भए । अनि म र मेरी छोरी अस्वीकृत । त्यसैले म दासी बनेँ । त्यसो त मेरो गर्भलाई नै प्रश्न उठाइएको थियो, ऊ फर्किआएपछि समाजले निर्णय नै सुनायो । बहिष्कृत मात्र भइन, कलङ्कको टीका पनि लगाइदिए मेरो निधारमा (पृ.२१४–२१५) ।’

दासीका माध्यमबाट प्रस्तुत यस कथनमा महाभारत कालदेखि नै नारीमाथि दमन हुँदै आएको देखाइएको छ । यहाँ सामाजिक अवस्था नै नारीका प्रति प्रतिकूल रहेको उल्लेख गरिएको छ । समाजमा पुरुषले जतिसुकै गल्ती गरे पनि स्वीकार हुने तर नारीले विवशतापूर्वक भोगेका पीडाहरूमा पनि दण्डित हुनुपर्ने विवशता देखाइएको छ । यस कथनमा नारी बलात्कृत हुने र त्यसको सजाय पनि नारीले नै पाइनुपर्ने असमान समाजको अवस्था देखाइएको छ । यसैगरी प्रस्तुत उपन्यासमा कुन्ती द्रौपदी आदि पनि सामाजिक रूपमा दमन सहनुपरेको अवस्थालाई देखाइएको छ ।

३.१.३. प्रलोभनमा पारी नारीको दमन

नारीलाई परिवार, समाजमा मात्र नभएर प्रलोभनमा पारी पनि दमन गर्ने गरिएको कुरा चीरहरण उपन्यासमा प्रस्तुत गरिएको छ । यसरी नारीलाई प्रलोभनमा पारी दमन गर्ने क्रममा धन, दौलत, रूप, सुख आदिको प्रलोभन देखाएर नारीमाथि दमन गरिएको उल्लेख गरिएको छ । यस्ता प्रलोभनमा पारी दमन गर्ने गरिएको प्रसङ्ग चीरहरण उपन्यासका उल्लेख गरिएको छ ।

‘महर्षिले चाहेका भए निःसर्त मलाई सुन्दरी र सुगन्धित तुल्याइदिन सक्नुहुन्थ्यो, परन्तु यहाँ कोही कसैको निम्ति निःशुल्क केहि गर्दैन । मूल्य चुकाउनुपर्छ मैले चुकाएँ (पृ.७३) ।’

प्रस्तुत  सत्यावतीको  भनाइमा परासरजस्ता महान ऋषि पनि स्वार्थ सिद्धमा लागि नारी दमन गर्ने उल्लेख गरिएको छ । यहाँ सुन्दरी बनाइदिने लोभ देखाई परासर ऋषिले सत्यावतीको सतित्व लुटेको कुरा उल्लेख गरिएको छ । काली र माछाको जस्तो दुर्गन्ध आउने मत्स्य गन्धालाई गोरी र सुगन्धित बनाइदिने लोभ देखाई यौन भोग गरेको छ । परासर जस्तो ऋषिले नारी भोगको चाहना नराखेको भए सत्यावतीलाई बिनासर्त सुन्दरी बनाइदिने थिए । तर परासरले नारी भोगको उद्देश्यले सुन्दरी बनाइदिएका हुन् । यसरी प्रस्तुत उपन्यासमा विभिन्न प्रलोभनमा पारी नारीमाथि दमन हुने गरेको उल्लेख गरिएको छ ।

३.२. ‘चीरहरण’ उपन्यासमा नारीको प्रतिरोध

‘चीरहरण’ उपन्यासमा महाभारत–कालीन पात्रहरूलाई उपस्थित गराई तिनीहरूका माध्यमबाट नारी दमनका अवस्थाहरूको बयान गरिएको छ । यस उपन्यासमा कतिपय पात्रहरूका माध्यमबाट लेखकले नारी दमनको प्रतिरोध पनि गरेकी छन् । यस्तो प्रतिरोध त्यसबेलाका पात्रहरूले महाभारतमा भनेको नभइकन अहिलेको समाजको वास्तविकताका रूपमा अगाडि आएको छ । त्यसबेलाका पात्रहरूले जे जसरी परिस्थितिको सामना गरे पनि अहिलेका सन्दर्भमा प्रस्तुत उपन्यासमा प्रतिरोधको अवस्था देखाइएको छ ।

३.२.१. पुरुषको संरक्षकत्वका विरुद्ध प्रतिरोध

‘चीरहरण’ उपन्यासमा नारीमाथिको दमनको अवस्था मात्र देखाइएको छैन । यसमा नारीमाथिको दमन र त्यसका विरुद्ध उठ्नुपर्ने र नारी स्वयम् सक्षम बन्नुपर्ने विचार पनि प्रस्तुत गरिएको छ । नारी दमनका विरुद्ध नारी स्वयम् उठ्नुपर्ने र नारीको संरक्षकत्वका रूपमा पुरुष लाग्नुपर्ने धारणा पनि गलत भएको विचार यस उपन्यासमा प्रस्तुत गरिएको छ ।

‘नारीको रक्षा नै पुरुषको धर्म हो भन्ने भ्रमपूर्ण व्याख्याको अन्त होस् । जबसम्म पुरुषलाई नारीको रक्षा–कवच सम्झिइन्छ तबसम्म नारीहरू कमजोर नै रहिरहन्छन्, अन्यायमा आपूmलाई शक्तिहीन सम्झिएर अरूकै मार्ग ताकिरहन्छन् तमाम द्रौपदीहरू । यसर्थ म भन्छु सर्वप्रथम स्व–रक्षा धर्म हो भनी पुनव्र्याख्या होस् । नारी सम्मानित हुँदा देव खुसी हुन्छन् भन्नु आपैmमा विरोधाभास देख्छु । यो भिन्नता किन ? यस्ता असमानताले दुर्घटना निम्त्याइरहन्छ । जीवजन्तु समेत सृष्टिले दिएको आफ्नो शक्ति पहिचान गरी आफ्नो रक्षा स्वयम् आपैm गर्ने गर्छन् । शत्रुको आक्रमण या अप्ठेराहरूमा कसैको मार्ग ताक्दैनन् । किन जीवजन्तुभन्दा पराश्रित नारीहरू (पृ.५१८–५१९) ।’

प्रस्तुत कथन यस उपन्यासका पात्र कर्णको हो । कर्णका माध्यमले यहाँ नारी स्वतन्त्रताको पृथक व्याख्या गरिएको छ । नारीलाई संरक्षण गर्नु पर्छ भन्ने विचार पनि नारीवादको विरुद्ध रहेका तर्क यहाँ लेखकले प्रस्तुत गर्न खोजेकी छन् । नारीको रक्षा गर्नु धर्म हो भन्नु, नारीलाई अभै कमजोर पर्दै लानु हो भन्ने धारणा लेखकले प्रस्तुत गर्न खोजेकी छन् । चीरहरण उपन्यासले पुरुष प्रधान समाजका यस्ता मान्यताहरूको विरुद्ध प्रतिकार गर्नु पर्ने विचार प्रस्तुत गरेको छ । नारीहरू आत्मनिर्भर बन्न सके मात्र समाजमा नारीहरू माथि उठ्न सक्ने नत्र पुरुषकै संरक्षकत्वको अभाव खड्किरहने हुँदा नारीहरूले यस्ता विचारका विरुद्ध उठ्नुपर्छ भन्ने धारणा यस उपन्यासमा प्रस्तुत भएको पाइन्छ ।

यसरी समाजमा नारी सुधारका नाममा पुरुषलाई अझ शक्तिशाली बनाउँदै लगिएको हुनाले कर्णका माध्यमबाट यस उपन्यासमा यस्ता विचार विरुद्ध प्रतिरोध गरिएको छ ।

 

३.२.२. पितृसत्ता विरुद्ध प्रतिरोध

‘चीरहरण’ उपन्यास पितृसत्ताको प्रभुत्वका कारणले नारीहरूलाई सीमान्तकृत बनाइएको विषयमा केन्द्रित छ । यस उपन्यासमा नारीलाई दमन गरिएको र पछाडि पारिएको प्रसङ्ग मात्र नभएर त्यसका विरुद्ध विभिन्न पात्रहरूका माध्यमले सशक्त ढङ्गले आवाज पनि उठाइएको छ । पुरुष सत्ताले निर्माण गरेका नारी विरोधी मान्यताहरूलाई भत्काउन पनि नारीहरू अग्रसर हुनुपर्ने मान्यता यस उपन्यासले प्रस्तुत गरेको छ ।

‘विवशताको खोल ओडेर, समाज र संस्कारका नाममा अपराध गरिरहन सक्दैनौँ हामी कुन्तीहरू । सजाय मैले यथेष्ट पाएँ । महाभूलमा आफ्नै पुत्रबाट पनि श्रापित भएँ । मेरा अनुयायीहरू दिनानुदिन वृद्धि भएकोमा दुःखी छु । कुन्तीलाई आदर्श सम्झने भूल नगरुन् तिनले । जागृतिको कामना गर्छु (पृ.५२०) ।’

प्रस्तुत कुन्तीमार्पmत आएका तर्कहरू पितृसत्ताले बनाइदिएका सामाजिक मान्यताको विरुद्ध छन् । आजका कुमारी आमाहरू कुन्तीले जस्तो भ्रुण हत्यामा नलागून् भन्ने चेतावनी दिइएको छ । आजका नारीहरूले पितृसत्ताका विरुद्ध लागि आफ्नो सन्तान जन्माउने अधिकार सुरक्षित राख्न प्रतिरोध गर्नुपर्ने धारणा यस उपन्यासमा प्रस्तुत गरिएको छ । पितृसत्ताका त्रासले आजका नारीहरू भ्रुण हत्यामा नलाग्नुपर्ने र त्यसका विरुद्ध प्रतिकार गर्नु पर्ने धारणा यस उपन्यासमा प्रस्तुत गरिएको छ । यसरी प्रस्तुत उपन्यासमा पितृसत्ता विरुद्ध प्रतिरोध गरिएको छ ।

४. निष्कर्ष

‘चीरहरण’ उपन्यासमा महाभारत–कालीन नारी पात्रहरूले भोग्नुपरेको दमन र नारी शोषणको विरुद्ध आवाज उठाइएको छ । यस उपन्यासमा नारी दमनको अवस्था मात्र नदेखाई त्यसका विरुद्ध ससक्त आवाज पनि उठाइएको छ । यस उपन्यासमा नारीवादले उठाएका नवीनतम विचारहरूले पनि स्थान पाएका छन् । नारीलाई सहयोग गर्नु कर्तव्य, दायित्व, धर्म र न्याय हुन् भन्ने आधुनिक मान्यताले पनि नारीलाई माथि उठाउन नसक्ने विचार चीरहरण उपन्यासमा रहेको छ । यस्ता मान्यताले नारीलाई अझ कमजोर र आरक्षित बनाउने भएकाले नारी स्वयम् संघर्षशील र आत्मनिर्भर हुनुपर्ने उत्तरआधुनिक विचारहरू यस उपन्यासमा व्यक्त भएका छन् । नारीवादको अर्को ससक्त पक्ष नारी लेखकका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा हेर्नु पनि रहेकाले यस उपन्यासमा नारीका पक्षमा नारी हस्ताक्षरका विचारहरू पनि हेर्न सकिन्छ । यसरी प्रस्तुत चीरहरण उपन्यासमा नारी भएका कारण पाएको दुःख, भोगेको पीडा र त्यसका विरुद्ध प्रतिकारका आवाजहरू सुरुदेखि अन्त्यसम्म उठाइएका छन् र सम्पूर्ण उपन्यास नै यिनै समस्यामा केन्द्रित छ । त्यसैले चीरहरण उपन्यास नारीवादी चेतना भएको उत्कृष्ट उपन्यास हो र नीलम कार्की उत्कृष्ट नारीवादी लेखक हुन् ।

 

सन्दर्भ सूची

उप्रेती, सञ्जीव (२०६८), सिद्धान्तका कुरा, काठमाडौँ ः अक्षर क्रियसन्स नेपाल ।

कार्की, नीलम (२०७२), चीरहरण, काठमाडौँ ः साङ्ग्रिला बुक्स ।

गिरी, अमर (२०६९), “नारीवादी आन्दोलन र साहित्य चिन्तन”, गरिमा, ३०÷७ ।

गौतम, कृष्ण (२०६४), उत्तरआधुनिक जिज्ञासा, काठमाडौँ : भृकुटी एकेडेमी पब्लिकेशन ।

महर्जन, कान्छी (२०७३), “नेपाली नाटकमा नारी हस्ताक्षर”, मधुपर्क, ४९÷४ ।

शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल, (२०६१) पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।