फर्केको त्यो दिन  

रञ्जु खनाल 

0 0


नेपालदृष्टि । “गुडमर्निङ  मम” भन्दै हातमा टाई लिएर छोरो बिहानको नास्ता खान टेवलमा बस्छ । म उ आउनु भन्दा अगाडि नै मेचमा बसिसकेकी हुन्छु । भान्छामा ब्रेकफास्ट तयार पारी बुहारी हातमा प्लेट, स्यान्वीच र जुसको बोतल ल्याएर टेबलमा राख्छे । यतिकैमा नाति आएर मेरो काखमा बस्न खोज्छ । “देयर इज नट योर सिट” भन्दै बुहारी मेरो काखबाट छोरालाई तानेर आपूmसगै मेचमा राख्छे । मलाई साह्रै नरमाईलो लाग्छ । हिजोको जस्तै छोरालाई म फेरि प्रश्न गर्छु । हामी यसपालीको दशैमा नेपाल फर्किने है ?  छोरो मेरो मुखमा हेर्छ केहि बोल्दैन । बूहारी “ओ माइ गड” भन्दै मुन्टो बटार्छे । म मेरो प्रश्नको उत्तरको प्रतीक्षामा हुन्छु । हातमा मेरो स्यान्डवीचको टुक्रा छ जुन मुख नजिक पुगेको छ तर मलाई मुखमा हाल्न साह्ै गाहे परिरहेको छ ।

ऑखाबाट हर्षाश्रु बग्न थाल्छ तर म बाहिर बग्न दिदिन‘ । भित्र भित्रै ऑसुको भण्डारन गर्छु । के थाहा अझ  कति ऑसुको नदि बगाउन पर्ने हो ? म आफुलाई कमजोर हुन दिन्न‘ समाली हाल्छु ।  खै ? मलाई किन नेपाल फर्किन मन लाग्छ, बिछट्टै मन लाग्छ ।

म पुनः प्रश्न गर्छु ,भनन यसपाली त पक्कै जाने है ? छोरो मेरो रगत हो । उसमा पूर्वीय संस्कार छ । मेरो मातृत्वको शितल छहारीमा सिञ्चिएको हु‘दा हॉसेर भरे छलफल गरौला मम भन्दै अफिस जान्छ । बुहारी खॉदाखादैको स्यान्वीचको टुक्रा फालेर “ओ नो, इट इज नट पोसिबल” भन्दै खूट्टा बर्जादै माथि जान्छे । मेरो नाति, मेरो मुटुको नि मुटु चॉहि हामी नेपाल जाने, हामी नेपाल जाने भन्दै मेरो काखमा लुटपुटिन्छ । मलाई खुसी लाग्छ । ऑखाबाट हर्षाश्रु बग्न थाल्छ तर म बाहिर बग्न दिदिन‘ । भित्र भित्रै ऑसुको भण्डारन गर्छु । के थाहा अझ  कति ऑसुको नदि बगाउन पर्ने हो ? म आफुलाई कमजोर हुन दिन्न‘ समाली हाल्छु ।  खै ? मलाई किन नेपाल फर्किन मन लाग्छ, बिछट्टै मन लाग्छ । को छ त्याहॉ ? के छ त्याहॉ ? भएभरको जायजेथा बोकी आएकी छु यस बिरानो ठॉउमा । त्याहॉ त एउटा रित्तो घर मात्र छ, मेरो जीवन जस्तो । त्यै पनि मलाई नेपाल फर्किन मन लाग्छ । हुनत मेरो दुनियॉ भनेकै यिनै छोरा बुहारी अनि नाति त हुन नि तै पनि म एक्लो अनूभव गर्छु याहॉ । छोराले विदेशी केटी स‘ग विहे गर्यो । आफ्नो संस्कृति भुल्यो । मेरो मन रुवायो । तर पनि म एउटा झिनो आशामा बॉचेकी छु । अझ पनि मातृभूमिको  ऋण तिर्ला की नतिर्ला भन्ने कुरामा पिरोलिन्छु । अनि पिरोलिनु चॉहि मेरो दिनचर्या बनिसकेको छ ।  मलाई पहाडका ती सुन्दर चुचुराले बोलाए झै लाग्छ । धानको बयेली परेका ती प‘हेला बालाले आईज भन्दै इशारा गरेझै लाग्छ । अनि वन पाखा लता कुञ्जहरुले सुसाएर बोलाए झै लाग्छ –  छिट्टै आईज रञ्जु छिट्टै आईज, त्यँहा केही छैन । किन बस्छेस विदेशी भूमिमा ? फर्कि आईज नेपाल !! फर्कि आईज नेपाल

कोटेश्वर काठमाडौँ । मो : ९८४१४२८४७८