कस्तो रह्यो कँडेल समूहको प्रचण्डसँगको भेट ?

२०७७ अश्विन ३०, शुक्रबार

0 0


नेपालदृष्टि। यमलाल कँडेल समूह नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहान खुमलटार पुगेको थियो । कँडेलसँगै मायाप्रसाद शर्मा र गुलाबजंग शाह पनि गएका थिए । कँडेल समूहले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गेरेको थियो । उक्त समूहले भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ ।

शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।  यत नेता नेपाल पक्षका सांसदहरु पछि हटेपछि मुख्यमन्त्री पद जोगिएको छ । 

नेता नेपाल खेमाका तीन सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीले सहमति गरेका छन् भने सचेतक नियुक्त गरिसकेका छन् । तर, कँडेलले भने अविश्वासको प्रस्ताव फिर्ता भइनसकेको बताएका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले कर्णालीका मुख्यमन्त्री नेताहरुलाई काठमाडौं बोलाएका थिए । र, दुवै समूहलाई एकै ठाउँ राखेर छलफल गर्नेबारे केही टुंगिएको छैन । बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका कारण प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भेटवार्ता गर्न नपाएको बालुवाटार स्रोतले बताएको छ ।