अव विज्ञापन नहटाए विदेशी च्यानल बन्द (विज्ञप्ती सहित)

1 0


नेपालदृष्टि । सरकारले आगामी कार्तिक ७ सम्म विदेशी च्यानल विज्ञापनरहित अर्थात् (क्लिन फिड) हुनैपर्ने घोषणा गरेको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । सरकारले २०७४ साउन १ गतेदेखि नै ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको थियो ।
नेपाल सरकारले क्लिन फिड लागू गर्न चाहेको निकै भएको थियो । यता भने नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूमा क्लिन फिड गरिदिन भारतीय च्यानल तथा अपरेटरहरूसँग नेपालका केबल, आईपीपी, डीटीटी, डीटीएचलगायत प्रविधिमार्फत टेलिभिजन सेवा प्रदान गर्ने टेलिभिजन अपरेटरहरूले माग गरिरहेका छन् ।

कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।

नेपालमा २०० भन्दा बढी विदेशी च्यानल क्लिन फिडविना प्रसारण हुन्छन् । यसमा पनि हिन्दी भाषाका भारतीय च्यानलको प्रभुत्व छ । नेपाली बजारलाई लक्षित गरेर बहुराष्ट्रिय कम्पनीहरूले भारतका च्यानलमा पैसा खर्च गर्ने गरेका कारण नेपालले त्यसबाट लाभ लिन नसकिरहेको उनीहरूको तर्क छ । टेलिभिजन सेवा प्रदायकहरू असन्तुष्ट भए पनि नेपाली विज्ञापन व्यवसायी क्लिन फिड लागू हुनुपर्ने पक्षमा छन् ।

फाइदा :
– यसलाई रोक्न र नेपालको विज्ञापन बजारलाई व्यवस्थित एवं थप विस्तार गर्न क्लिन फिडको व्यवस्था प्रभावकारी हुने छ । 
– क्लिन फिड लागू भए नेपालमा आफ्नो उत्पादनको बजार भएका विदेशी कम्पनीले नेपालमै विज्ञापनका लागि पैसा खर्च गर्ने छन । 
– नेपाली टेलिभिजन दर्शकले पनि विदेशी च्यानलमा अनावश्यक विज्ञापन हेर्नुपर्दैन । 
– यसबाट अहिलेको वाषिर्क ६ अर्बको नेपाली विज्ञापन बजार तत्कालै ८ अर्बभन्दा माथि पुग्ने नेपाल विज्ञापन संघको आकलन छ ।