माछा मार्दा मार्दै करेण्ट लागेरे युवकको मृत्यु

0 0


 नेपालदृष्टि । मोरङको कानेपोखरी गाउँपालिका–४ त्रिवेणी चोकका स्थानिय ३० बर्षिय रेशम माझीको हिजो राती करिया खोलामा माछा मार्ने क्रममा करेन्ट लगाएर मृत्यु भएको हो ।
   २९ वर्षीय विनोद माझी र ३४ वर्षीय सुदीप धिमालसँग मिलेर करिया खोलामा माछा मार्ने क्रममा खोलामा प्रवाह गरेको करेन्ट लागेर  शनिबार राति १० बजेतिर बेहोस भएका माझीलाइ स्थानियले उद्धार गरि उपचार गर्न धरान लगेका थिए । 

 माझीको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान १ः३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 
 

प्रहरीले पानीमा डुबेर मृत्यु भएको आंशका गरेपनि  घटनास्थलमा माछा मार्नलाई बिधुतिय समान तार, टेस्टर लगायतका सामग्री फेला परेपछि माझीको माछा मार्ने क्रममा मृत्यु भएको रहस्य खुलेको हो ।
रेशमसँगै खोलामा माछा मार्न गएका अन्य दुइ जना  विनोद र सुदीपलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता मान बहादुर राइले जानकारी दिए ।