न्यायाधीशमा कोरोना, वामदेव गौतमको सुनुवाई रोकियो

0 0


नेपालदृष्टि । नेकपा उपाध्यक्ष वामदेव गौतमको आगामी बुधबारको लागि तय भएको संवैधानिक इजलासमा राखिएको मुद्दाको सुनुवाई रोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश र केहि अधिकृतमा कोरोना पुष्टि भएपछि उक्त मुद्धाको सुनुवाई रोकिएको हो ।

अधिकांश न्यायाधीशलाई समेत हल्का ज्वरोसहित रुघा र खोकीको लक्षण देखिएको स्रोतले जनाएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ । अब कम्तिमा पाँच दिन होम आइसोलेशनमा बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण हुने भएकाले बुधबार हुने भनिएको गौतमको मुद्दाको सुनुवाईमा ढिला भएको हो ।