अन्तिम रात

रञ्जना पराजुली, लम्साल

0 0


नेपालदृष्टि । भालेको डाँकमा उठ्ने मञ्जरीलाई घडीको आलार्म कहिले चाहिँदैन थियो । छिमेकीको भाले चार बजे बास्दा मञ्जरी उठिहाल्थिन् । टोल चकमन्न र अँध्यारो हुन्थ्यो । तर मञ्जरीको घर उज्यालिन्थ्यो । मीनप्रसाद, मञ्जरी र छोरी शालिनी । सानो र सुखी परिवार । कलेज पढाउने मीनप्रसादलाई पुस्तक पल्टाएपछि “रात निकै गयो त अब सुत्ने होइन ?” भनेर सम्झाउनु पथ्र्यो सधैँ मञ्जरीले । राती अवेर सुत्ने भएर नै बिहान ढिला उठ्ने बानी थियो मीनप्रसादको । नौ कक्षामा पढ्ने छोरी शालिनी, उनको छुट्टै स्वभाव । भावुक शालिनी पढाइसँगै चित्र कोर्ने रहर उनको । कुनै मान्छेको आकृति हुबहु उतार्ने खुबी उनमा साच्ची नै बरदान पाएकी थिईन् ।

ख्यालख्यालमै “छोरी म यसपालि दसैँमा बाबाले किनी दिनु भएको साधा रातो सारी लाउँछु । मेरो तस्बिर बनाऊ है अनि ठूलो बनाएर राख्ने, पछि म मरे भने पनि त्यही तिमीले कोरेको तस्बिर हेरेर बस्नु नि !” आफ्नी आमाको अनुमतिमा “कस्तो मर्ने कुरा गर्नु भएको” भन्दै रिसाउँदै बनाएकी आमाको तस्बिर मीनप्रसादको कोठाको भित्तामा झुण्डिएको छ । ठूलो गोरो निधारमा रातो टीका, चुल्ठी कपलामा लगाएको पहेलो जमरा अनि रातो सारीमा खुलेकी मञ्जरी लाग्छ अहिले नै बोलिहाल्लिन् । सँगै जिउने सँगै मर्ने भनी सात फेरो लगाई भिœयाएकी मन परेकी अर्धाङ्गिनीले जीवन नै अधुरो बनाई छोडेर गइन् । विघ्नवाधा र कतिपय जिन्दगीका काँढाहरू पन्छाई सँगै अघि बढेको बाटो बीचमै मीनप्रसादको हात हटाएर गइन् । यसरी गइन् कि कहिल्यै नफर्कने गरी । के मा कमी भएर राखेका थिए र उनलाई मीनप्रसादले, आखिर निष्ठुरी भई भगवान्को आश्रय लिन पुगिन् । मीनप्रसादलाई मन बुझाउन कठिन भएको छ । जति नै विर्सन खोज्छु भन्दा पनि अतीतका यादहरूले पिरोली पिरोली बाँकी जीवनको पाटो बिताउन बाध्य छन् मीनप्रसाद । छोरी शालिनीसँग धेरै कुरा हुन्छन् । पढाइ ,घर व्यवहार अनि सरसामान इत्यादी, तर मीनप्रसादको आधा जीवनको अधुरो पाटोलाई पूरा हुने कुनै कुरै उप्कँदैनथ्यो । बढ्दै गएकी छोरीको अनुमति विना कुनै कुराको निर्णय लिन न मीनप्रसादले सक्छन् न छोरीमाथि कुनै कुराको अभिव्यक्त गर्न नै । स्कुल जाने बेला, “बाबा, हजुरलाई खाना राखिदिएकी छु खाएर मात्र कलेज जानु होला । म भरे आएर हेर्छु नि फेरि खानु भएन भने रिसाउछु ।” दिनहुँ शालिनीको आदेश यही हुन्थ्यो । सानो बच्चाले आमाबाबुको आदेश पालना गरे झैँ शालिनीको आदेशलाई पालना गर्दै मीनप्रसादका दिनहरू वित्दै गएका थिए ।

दिनभरि कलेज र आएपछि छर–छिमेकीसँगको केही भलाकुसारीमा भुलिएका मीनप्रसादलाई जब रात पथ्र्याे कोठामा छिर्न गाह्रो महसूस हुन्थ्यो । छिर्ने बित्तिकै उही फोटो मुस्कुराउँथ्यो “हजुर आइपुग्नु भयो” । मञ्जरीको मुस्कुराएको फोटोले बाँधेको थियो मीनप्रसादलाई छर–छिमेकी र आफन्तीको सर–सल्लाह स्वीकार्न । “यसपालिको दसैँमा मलाई कुनै बुट्टा नभएको साधा रातो सारी किनी दिनु ल सा¥है लाउन मन लागेको छ ।” मञ्जरीको कुनै पनि कुरा नकाट्ने मीनप्रसादले उनको रोजाइको सारी किनिदिएका थिए । दसैँ मान्न गाउँ गए मीनप्रसादका परिवार । दसैँको टिकाको दिन ठूलो निधार, गोरी मञ्जरी त्यो साधा रातो सारीमा साच्चिनै निकै खुलेकी थिईन । त्यसमा पनि निधारको ठूलो रातो टिका दुर्गा भवानीको प्रसाद राता अक्षता र टाउको को चुल्ठी कपालमा घुसारेको पहेलो जमराले खुलेको मञ्जरी स्वर्गकी अप्सरा उर्वसी पनि त्यति राम्री थिइनन् होली । सधैँ साल झैँ त्यो सालको दसैँमा पनि मान्यजनको आर्शिवाद थापेकी थिईन् । लक्षिणकी छौँ । ज्ञानी छौँ, इश्वर सधै दाहिना रहुन्, सबैकी मान्य छौँ, आयु सधैँ लामो होस् आदि इत्यादि । आमाको त्यो रूपको र बाबाले किनी दिएको सारीको खुबै बयान गरेकी शालिनीले दसैँ छुट्टिभरि गाउँमै बसी आफ्नी आमाको तस्बिर निकै मेहेनत गरेर उतारेकी थिइन् । मञ्जरीको बोलीमा कति सम्म सत्यता रहेछ त्यसबेला आमाको तस्बिर नउतारेकी भए सायद जिन्दगीभरि शालिनीलाई न्याउरी मारी पछुतो हुने थियो । आमाको अनुमतिमा नै त्यो तस्बिर उनीहरूको कोठाको भित्तामा सजाइदिएकी थिइन् । आफन्ती र गाउँले सबैकी हाइहाइ शालिनीलाई मञ्जरीकै अर्को रूप हो भन्न पछि परेका थिएनन् । यति बेला उनको मनमा के कस्तो गञ्ुज्रेको छ त्यो त उनैले मात्र जान्दथिन् । झट्टै कोहीसँग खलिहाल्ने बानी नभएकी शालिनी भावुक थिइन् भने पछिका दिनहरू झन भाबुक बनायो आमाको अभावले ।

पुस्तकका पाना पल्टाएर अक्षरहरूसँगै घुलमुलिदा कहिले छर्लङगै उज्यालो पार्थे । “रात निकै गयो अब सुत्ने होइन” भन्ने मञ्जरीको आवाज फेरि पनि सुत्न आतुरी हुन्थे कानहरू तर झस्किन्थे र दोष दिन्थे आफ्नो भाग्यलाई । किन हामी दुईलाई एउटै गाउँमा जन्मायौ ? बीचैमा छुटाउनु थियो त किन हामी दुईको जोडी बाँधिदियौ ? प्रश्नमाथि प्रश्न थुपार्दै भगवानलाई सम्झी आफ्नो ठगिएको भाग्यलाई धिकार्दै । सँगै खेली हुर्केका लगभग एकै उमेर जस्ता मीनप्रसाद र मञ्जरी । सानो छँदा भात पकाई खेल्थे तिहारमा देउउसी भैलोसँगै खेलेर उठेको पैसाले बनभोज जान्थे वेहुला बेहुली खेल्थे । ख्याल ख्यालका बुबा आमा बनेकाले वेहुला वेहुली बनाउन सच्चै मीनप्रसाद र मञ्जरीलाई नै रोज्थे । आखाँमा थुक लगाएर रोएको नाटक गर्थै बचपन उमेरको यसरी नै सदुपयोग गर्दै यौवन अवस्थामा आइपुगेका मीनप्रसाद र मञ्जरीलाई घुमिरहने समयको चक्रले पतै नपाई लज्जापनको घुम्टोले ढाकिदिन थालेछ ।

प्रेमी प्रेमीका बाट श्रीमान श्रीमती भएका मीनप्रसाद र मञ्जरी लुकी छिपी भेट्ने बरपीपलको चौतारी र सुसेली सुसेली बग्ने खोलालाई सम्झदै सहर पसे । नवविवाहीत दुलही सहर लिएर जाँदा केही समय गा¥हो भए पनि हातमा सीप र मेहेनती भएकी मञ्जरीले मीनप्रसादको घरायसी व्यवहार ढपक्कै ढािकन् । आफूले आफूलाई भाग्यमानी ढानेका मीनप्रसादको दैनिक चर्या सजीलो हुनुका साथै केही रकम बच्न थाल्यो ।

पढाइको शिलशिलामा मीनप्रसाद सहर पसे । छोरा छोरी हुनुको अन्तर मञ्जरीको पढाइ अर्धकल्चो रहयौ । चित्त बुझाएकी मञ्जरीले सिलाइ बुनाइको तालीम लिन थालिन् । तालीम लिएपछि धेरैमा मेशीन राखी उध्रेपुध्रेका लुगा सिलाउन थालिन् “बाहुनकी छोरी भएर खुबै लुगा सिउने भई छे ” यस्ता भनाइहरू एक कानले सुन्दै अर्को कानले उडाउदै नयाँ कपडा आझै काटी सिलाउन सिपालु हुदै गइन् गाउँभरिको सबैको जस्तो भन्यो त्यस्तै सिलाइदिन थालिन् । पछि पछि त “हातको सीप जसले जे जान्दछ त्यही गर्दा कसको के बिग्रन्छ र जातै जाने होइन क्यारे” के–के जाती भन्ने तिनै गाउँका मुखहरू बन्द हुदै गए मञ्जरीको सीप देखेर ।

बर्षको एक चोटी दसैँमा घर आएर तिहारसम्म बसेर जाने मीनप्रसाद सहरी वातावरणले कुनै चलचित्रको नायक भन्दा कम्ती देखिदैनथे । गोरी ठूलो निधार र ठूला आखाँमा गाजलले खुलेकी मञ्जरी पनि कमी त काहा थिइन् र कुन बेला कुन–बेला  गाउँभरिका  केटी  मध्ये मीनप्रसादको  मुटुको  कुनामा  बस्न पुगिसकिछिन् । अनि पो भयो गा¥हो दशैदेखि तिहारसम्मको एक महिने बिदा पनि मीनप्रसाद र मञ्जरीलाई थोरै हुन थाल्यो । घर तलतिरको बरपीपलको चौतारी र पारी सुसेली सुसेली बग्ने खोलाले साथ दिन थाले मान्छेहरू आखाँ छली छली भेटाउन मीनप्रसाद र मञ्जरीलाई । “चोरेको कांको मिठो” भने जस्तै लुकीलुकीको भेट र मायाप्रेमका गफहरूले आफूआफूमा हराएका यी दुईलाई त्यो सानो गाउँमा कति दिन पो टिक्न दिन्थे र । एक कान दुई कान मैदान भने झैँ दुवैका आमावुवाका कानमा पुग्यो । जातभात मिलेको भएर कुनै वाधा विध्न नभई विवाह सम्पन्न भएको थियो ।

प्रेमी प्रेमीका बाट श्रीमान श्रीमती भएका मीनप्रसाद र मञ्जरी लुकी छिपी भेट्ने बरपीपलको चौतारी र सुसेली सुसेली बग्ने खोलालाई सम्झदै सहर पसे । नवविवाहीत दुलही सहर लिएर जाँदा केही समय गा¥हो भए पनि हातमा सीप र मेहेनती भएकी मञ्जरीले मीनप्रसादको घरायसी व्यवहार ढपक्कै ढािकन् । आफूले आफूलाई भाग्यमानी ढानेका मीनप्रसादको दैनिक चर्या सजीलो हुनुका साथै केही रकम बच्न थाल्यो ।

समयको गततिसँगै दुई ज्यानबाट तीन ज्यान हुनपुगेका मीनप्रसाद पनि स्कुले जागिरबाट कलेजको प्रोफेसर भए । एक छोरीका बाबुआमा भएका दम्पतीले आकाशिएको महङ्गीलाई ध्यान दिदै अर्को सन्तान नजन्माउने निर्णय गरे । तर बर्षमा एक चोटी दशैमा गाउँ जाँदा सबैको नजरमा पर्थेकी वंश जोगाउन एउटा छोरा जन्माउनु पर्छ । दसैँपछि सहर फर्केपछि ती कुराहरू आफू से आफ सेलाएर जान्थे । अर्को दसैँ नआउन्जेल सम्म ।

सानो सुखी परिवारमा सानो तिनो रुघाखोकी बाहेक अस्पताल नै धाउनुपर्ने कुनै रोगले चियाउन सकेको थिएन । सधैँ स्वस्थ देखिन्थे । आ–आफ्नो दिन चर्या चलेकै थियो । छोटा दिन र रात या लामा दिन र रात, यस्तै गरी न वर्षा न त हिउँद एकै नाश टोलभरिका मध्ये भालेको डाँकमा उज्यालिने घर थियो । एउटा उदाहरण थियो मीनप्रसाद र मञ्जरीको घर । दसैँ मानेर फर्किएके साल । एक रात, त्यो रात सायद अन्तिम रात मीनप्रसाद र मञ्जरीको । भगवानले पनि देखीनसहेको होला चखेवा र चखेवी जस्तो त्यो जोडीलाई । रातीको खाना खाइवरी छोरी आफ्नो कोठामा । मीनप्रसाद र मञ्जरी आफ्नो कोठमा । पुस्तक पल्टाएर अक्षरहरूमा डुबेका मीनप्रसादलाई सधैँ जस्तै “रात धेरै गयो सुत्ने होइन” भनी झस्काएकी मञ्जरीलाई आफ्नो अँगालोमा कसेका थिए । “लाज नभएको हजुर पनि, अहिले आमा पानी भन्दै छोरी आइन् भने नि ” भन्दै बत्तीको स्वीच अफ गरिन् । सायद बत्ती अफ गर्ने रात पनि अन्तिम थियो भन्ने के थाहा मीनप्रसादलाई यदि थाहा हुन्थ्यो भने बत्ती निभाउन दिन्थेनन् होला अनि मञ्जरीलाई लाने यमराजलाई कोठा भित्र छिर्न दिन्थेनन् होला । बत्ती निभेर अंध्यारो हुनु नै यमराजलाई मञ्जरीलाई लैजान सजिलो भएको हो कि भनी मीनप्रसाद झस्किरहन्छन् ।

छिमेकीको भाले बास्यो । रिमरिम उज्यालोको किरण छरिन थाल्यो । जतातलै चराचुरुङ्गी को आवाज अनि पर मन्दिरको घण्टी सुनिन थाल्यो । मीनप्रसाद र मञ्जरीको घर उज्यालिएन न त दैलो नै खोलियो । अचम्मित हुँदै छर–छिमेकमा गाइँगुइँ हुन थाल्यो । धेरै बेरपछि जोडजोडले ढोका ढकढकाए । ढोका खोलेर शालिनी बाहिर निस्किन् आँखा मिच्दै । मीनप्रसाद उठेकै थिएनन् । छोरीले ढोका ढकढकाएपछि मात्र व्यूझे । ढिला उठ्ने बानी भएका मिनप्रसादको आँखा तिरमिरायो झ्यालको चेपबाट आएको उज्यालोले । मुटु झस्कियो त्यति बेलासम्म मञ्जरीलाई आफूसँगै बिस्तारामा देखेर । हात छामे, निधार छामे, शरीरलाई अंगालोमा कसे तर चिसी थिई मञ्जरी एकदमै चिसी । भक्कानिए मीनप्रसाद अन्तिम रातलाई धिकार्दे अनि टोलाइन् शालिनी आफूले आमालाई अगाडि राखेर तस्बिर कोर्दै गरेको सम्झेर ।

जसरी अतीततलाई सम्झिएर एउटी महिला सन्तानको लागि बाँच्छिन् त्यसै गरी पुरुषले पनि बाँच्च सकिन्न र ! जुन श्रीमतीको खुन निशान मलाई छोडेर गएकी छिन् म त्यही निशानीलाई हेरेर बाँच्ने कोसिस गर्छु र अर्को परिवारमा नाता जोडी मायाको चिनो एउटी छोरी शालिनीलाई सौतेनी आमाको दुष्ट व्यवहारलाई कहिल्यै गहन गर्न दिने छैन । तर पनि पोल्छ छाती मीनप्रसादको बेला बेला अतीतलाई सम्झदै । घाटमा जलेको मञ्जरीको शरीर अनि माथि माथिसम्म उडेको त्यो आगोको लप्को । जे हुनु जसरी बाँच्नु भुल्न नसकेको कालो त्यो अन्तिम रातको घात त सिर्फ मीनप्रसादलाई मात्र परेको थियो सिर्फ मीनप्रसादलाई मात्रै ।