लेखक कटुवालको उपन्यास “सीताञ्जली” प्रकाशित

1 0


नेपालदृष्टि । उपन्यासकार जीतबहादुर कटुवालको दोस्रो उपन्यास “सीताञ्जली” हालै बजारमा आएको छ । रामायणकी नारी पात्र सीताको जीवनीमा आधारित “सीताञ्जली” उपन्यासमा भगवान रामकी पन्नी सीताका जीवनका विविध पाटोलाई समेटिएको छ । जनकपुर राज्यको उत्पति देखि महाभारतको युद्ध समाप्त सम्मका सत्यवती सीताका विधित घट्नालाई उजागर गर्न सफल देखिएको छ उपन्यास “सीताञ्जली”।

जनकपुर राज्यको उत्पति देखि सीताको जन्म,विवाह, अयोध्या राज्य, वनवास , सीताहरण , अशोक बाटिकाको बसाइ, रामले परित्याग गरेपछि वाल्मीकि आश्रमको जीवन चर्या , सीताको धराधाम गमनसम्मका विषयलाई उपन्यासमा समेटिएको छ । रामायणमा उल्लेख नभएका कतिपय विषयसमेत उपन्यासमा उल्लेख भएका छन् । 

लेखकले उपन्यासमा आदर्श नारी सीताको मार्मिक र कारुणिक जीवन कथाका माध्यमबाट समग्र नारी जीवनलाई नजिकबाट चिहाउने प्रयास गरेका छन् । उपत्यासले वर्तमान समाज ,मानव जीवन र नारी संवेदनालाई प्रखर रूपमा उठाइएको छ ।
 

मोफसलमा रहेर पनि पछिल्ला समय आख्यान विधामा सक्रिय लेखक जीतबहादुर कटुवालको “सीताञ्जली” दोस्रो उपन्यास हो । उनको पहिलो उपन्यास “बाली”प्रकाशित भैसकेको छ । उक्त उपन्यास पनि पौराणिक सेरोफेरामा रहेको छ । विविध विषय र परिवेशमा कलम चलाउँदै आएका लेखक कटुवाल पौराणिक विषयबस्तुमा बढी अब्बल देखिन्छन ।

 यस उपन्यासमा सीतालाई मुख्य पात्र बनाएर उपन्यासभरी सीतालाईनै जञ्जीरझै बेर्न सफल लेखक खेखिएका छन । “सीताञ्जली” नारीपरक पौराण्कि उपन्यास मान्न सकिन्छ । पढ्दै जादाँ पाठकले सीताप्रति हुँने कौतुहल र जिज्ञासालाई बिट मार्न सक्दैन । जसका कारण पाठक उपन्यासलाई एक रहप्तारमा पढेर सिद्धाउँन चाँहन्छ । विषयवस्तु, भाषाशैली र प्रस्तुतीकरणका दृष्टिले उपन्यास पठनीयका साँथसाँथै संग्रहित पनि रहेको छ ।  

प्रकाशक : पाँचपोखरी प्रकाशनगृह, न्यूरोड, काठमाडौँ
पृष्ठ :  २५० र १७ परिच्छेद ।

जीतबहादुर कटुवाल
प्रधानाध्यापक, दुर्गा माध्यामिक विद्यालय, रतुवामाई नगरपालिका ८,दाम्राभिट्टा,मोंरग