इटहरा एकता क्लवद्धारा सहयोग रकम हस्तान्तरण

0 0


नेपालदृष्टि । मोरंग जिल्लाको रतुवामाई नगरपालिका ९ निवासी नविन दर्जीको दुवै मृगौलाले काम गर्न असक्षम भएपछि मृगौला प्रत्यारोपण गर्नकालागि अहिले उनी काठमाडौको त्रिविवि अस्पताल महाँराजगञ्जमा उपर्चाथक छन । उपचार खर्चको अभावमा सहयोगको सार्वजनिक अपिल वमोजिम उनलाई केही सहयोगदाताहरुले आर्थिक सहयोग गर्दै आएका छन

यसै क्रममा रतुवामाई नगरपालिका ८, मोरंगका हिमाल परियार र योगेन्द्र दर्नालको सक्रियतामा मलेसियामा रहेका नेपालीहरुले नविन दर्जीको उपचारकालागि आर्थिक सहयोग गरेका छन ।

उक्त रकम ईटहरा एकता क्लवका अध्यक्ष श्री युवाराज कट्टेलले हस्तान्तरण गर्नु भयो । पीडित नविन दर्जीलाई बिभिन्न देशमा कार्यरत नेपालीहरुले उनको सुस्वस्थ्यकोलागि आर्थिक सहयोग गर्दै आएका छन । यसै क्रममा मलेसियाबाट नविन जर्दीको उपचारको लागि सहयोग पठाउँनु हुने सहयोगदाताहरुको नामावली पनि प्रस्तुत गरिएको छ ।

पूर्ण जानकारीको लागि प्रस्तुत भिडियो हेर्नुहोला ।