मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रिमण्डल पुरै सेट फेर्ने प्रस्ताव

0 0


नेपालदृष्टि ।  मन्त्रिपरिषद् बैठक आज दिउँसो १२ बजेका लागि डाकिएको  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । प्रायः सोमबार नियमित बस्ने गरेको मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् । मन्त्रिमण्डल पुर्नगठनको तयारी भइरहँदा आज बैठक आकस्मिक रुपमा डाकिनुलाई अर्थपूर्ण मानिएको छ ।

ओली र प्रचण्डबीच कुरा मिले दशैं अगावै मन्त्रिपरिषद् पुर्नगठन हुनेछ । प्रधानमन्त्री ओलीले पुरै सेट फेर्नेसम्मको प्रस्ताव नेकपा बैठकमा राखेका छन् । अब कुन मापदण्डले मन्त्रिमण्डल पुर्नगठन गर्ने हो भन्ने निष्कर्ष बाहिरिन बाँकीनै छ ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक डाक्नु अघि ओली प्रचण्डबीच छलफल हुनुलाई अर्थपूर्ण मानिएको छ । कुरा मिल्ने वित्तिकै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीमा ओली पुगेका छन् । उनले पार्टीमा पुर्नगठनको मापदण्ड समेत तयार गरेर पार्टीमा छलफलका लागि पेश गरेका छन् ।