को दोषी ?

0 0


नेपालदृष्टि । कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ । मूलतः कविता दुई किसिमका हुन्छन्, गद्य र पद्य । जसमा गिरिराज पौडेलले कविताको लय र छन्द मिलाएर पद्य कविता निर्माण गरेका छन । उनले मनका भावनाहरुलाई कविताको माध्यम्द्धारा ब्यक्त गरेका छन ।

को दोषी ?

ब्राह्मण, क्षेत्री, बैश्य र शुद्रमा सद्भाव अनि श्रद्धाको
बन्धुबान्धव इष्टमित्रसहित आफ्ना नातागोताको
मान, मर्यादा, इज्जत र सम्मान आफ्नै रीतिले गरी
धनको मात सबैमा बढ्नाले नाना किसिम र धरी ।।
आफू बीच सधैं विवाद झगडा अनि इर्ष्या गर्नाले
हर रोज पैसा, द्वेष, अहम्पना बृद्धि हुँदै जानाले
ऐश–आराम र मोज मस्तीको अनुकरण गर्नाले
बंशैको अधोन्नति हुन पुग्यो अबुझ सठ बन्नाले ।।
बढप्पन र बहकाउमा हिंडी केही नमान्दै अनि
धर्म, संस्कृति र चाल चलन आडम्बर हो यो भनी
पैसाको बलमा हुँकार गरी बेफ्वाँकको ठुलो भई
छोराछोरी भ्रष्ट हुन गए उन्मातको लतमा गई ।।
मनुष्यजनको घमण्ड्याइँ कस्तो पछि को फर्किदेला ?
आफ्ना सन्ततिको भविष्य सुधार्न अब को ठेक्का लेला ?
सामाजिक प्राणीमा यो क्षुद्र लक्षण किन कस्ले दियो होला ?
आफैं लुब्ध र आरिसे बनी बिगार्दैछ आफ्नो चोला ।।
सत्पात्रको संज्ञा आफूमा दोषी ठान्दन् सबै अरू
अधर्म गर्न पनि पछि पर्दैनन् नाता जो होस् बरू
हे नर, यो यस्तो महामूर्खपना किन ल्याउँछौ तिमी ?
आफ्ना सन्तति सत्गुणी बनाऊ सुबाटो लाग तिमी ।।
मूख्र्याइँ, धुर्त र इर्ष्यापन छोड सच्चा बन है नर
लोभ, लालच र अधर्म नत्यागे पुग्छौ दुःखी सागर
आजको यो वैज्ञानिक युगमा सेवा विशे लाग है
होसपूर्वक दोष हटाएर सदा सर्वदा जाग है ।।

गिरिराज पौडेल
हलेसी तुवाचाङ्ग ९ खोटाङ्ग
हालस् पबिमावि, राजविराज
सदस्य, सगरमाथा साहित्य परिषद्
मों. न. ९८५२८२११८५