अहिलेको सान्दर्भिक उपन्यास “जुइनो”

सोम सानु

2 0


नेपालदृष्टि । लेखिका बरालेको उपन्यास “जुइनो” अहिले आएर पढ्ने मौका पाए । उपन्यासले कृषि क्रान्तिको लागि थोर बहुँ प्रेणित गर्छ जस्तो मलाई लाग्छ । उपन्यास “जुइनो” मा कृषि स्कुल, माया प्रेमका साँथ साँथै वैदेशिक रोजगार, छुवाछुत, पितृसत्तात्मकताजस्तो नेपाली समाजका धेरै कुरालाई पनि बाँधेको छ ।  
आफूले देशब्यापी बनाउँन चाँहेको व्यावहारि कृषि शिक्षाको सुरुआत बालभन्ज्याङ स्कुलबाट उपन्यासकी पात्र “कथा” गर्न चाहन्छिन । त्यसैले सम्भाब्यता अध्ययन गर्न आउँदा तुवाँले ढाकिएको एक बिहान उनको भेट उपन्यासका नायक अशोकसँग हुन्छ । 
सुन्दर सिटी स्मार्ट कथालाई देख्नेवित्तिकै अशोक कायल हुन्छ । अनि को होलिन उनी भनेर हरदम कल्पिरहन्छ । अशोकको भग्य चम्किन्छ जब तीन महिनापछि कथा आफ्नो सपनालाई मुर्तरुप दिन मदानपुर फर्किन्छिन । यही सपना बन्छ अशोक र कथालाई बाँध्ने “जुइनो”। तर तुरुन्तै उनीहरुले थाहा पाउँछन्, सपनालाई साकार बनाउँनु भन्दा धेरै जटिल हँुदोरहेछ सम्वन्धलाई कायम राख्नु । 
 

लेखिका विनिता बराल मोडल, नायिका तथा कृषि व्यवसायी हुन । उनले “चपली हाइट”लगायत चारवटा चलचित्रमा अभिनय गरिसकेकी छिन । फिल्म खेल्दाखेल्दै अर्गानिक खेतीमा लागेकी अभिनेत्री बिनिता बराललाई कृषिले यति आकर्षित गह्यो कि उनले कृषिकै पृष्ठभूमि रहेको प्रेमकथालाई उपन्यासका रुपमा उतारेकी छन् । अहिले उनले अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गरिसकेकी छिन । “जुइनो” उनको पहिलो उपन्यास हो ।
 

“कृषि व्यवसायमा लागेपछि कृषिप्रति युवालाई आकर्षण गर्न केही लेख्नुपर्छ भनेर पुस्तक लेख्न बसेको थिएँ। तर, पुस्तक कृषिको पृष्ठभूमिमा लेखिएको प्रेमकथा बन्नपुग्छ भनेर मलाई थाहा थिएन ।” लेखिका बराल बताउँछिन । 
समग्रमा उपन्यास अहिलेको अवस्थामा निकै सन्दर्भक देखिन्छ । हाम्रो मुलक कृषि प्रधान देश हो । यहाँका सत्तरी प्रतिशत जनता कृषिमा आश्रित रहेका छन । मुलुकको विकाशको क्रान्ति भनेको नै कृषिनै हो । यसको जलन्त उदाहरण हाम्रो छिमेकी मुलुक चीन । 

पढेर एक दुई जना डक्टर बन्दैमा मुलुकले कुनै बिकाशको छलाङ मार्न सक्दै । अहिले जति सक्दो कृषि पढाईमा व्यावहारिकताको आवश्यकता रहेको छ । मुलुक कषिमा भरपुर आत्मानिर्भर बन्न सक्ने हौसियतको छ । सरकारको सही कदम हुँन सक्यो भने यो चाडेनै साकार हुन सक्छ । तर सरकार काम भने “काम कुरो एकातिर कुम्लो बोकी अर्को तिर भनेझैं भैराखेको छ । कृषिमा अधिक्तम बजेट छुट्टाईएको छ भनेर सरकार बारम्वार बजेट भाषण गरिराखेको छ । तर सही कार्यन्वयन भने एक रति भैएको देखिदैन । त्यसैले नेपाली जनतामा “हात्ती आयो आयो फुस्स” भनेझै भएको छ । यसको जिम्मेवार अरु कोही होईन हामी स्वयम आफै हौं ।  फाइनप्रिन्टले प्रकाशन गरेको जुइनोको मूल्य २९४ रुपैयाँ राखिएको छ। 

मोडलिङमा बिनिता बराल