स्थानिय वातवरण सुहाउदो कुखुरा पाल्नुपर्छ

0 0


नेपालदृष्टि । मोरंग जिल्लाको रतुवामाई नगरपालिका ९मा “इटहरा कृषि फार्म” स्थापना भएको छ । बिगत दुई बर्षदेखि संचालनमा आएको उक्त फार्ममा अहिले कुखुरा पालन गरिएको छ । स्थानिय हावापानीमा मिल्ने खालका कुखुराका चल्लाहरु उत्पादन गरेर बिक्री बितरण फार्मले गर्दै आएको छ । यसका साँथसाँथै तराइको वातवरमा मिल्ने खालका टर्कीको प्रजनन गरी चल्ला निकाल्ने कार्यक्रम पनि भैराखेको फार्मका संचालक कमल निरौला बताउँछन ।

कुखुरा भन्दा टर्की पालनबाट दोब्बर तेब्बर नाफा र सुहुलियत हुने उनको मनसाय रहेको छ । टर्कीलाई आहाराको रुपमा लगभग ७० प्रतिशत हरियो घाँस र अरु ३० प्रतिशत दाना भए पुग्छ ।

माशुको हिसावमा एउटा टर्की लगभग १५ देखि २० किलोसम्मको हुन्छ । यसको मासु अरु भन्दा महँगो,स्वादिलो र स्वास्थ्यकर पनि हुन्छ । त्यसैले हाम्रो आगमी कार्यक्रम टर्की पालनको बिस्तार तिर लाग्ने योजना रहेको बताउँछन संचालक निरौला ।

कुखुरा पालन र टर्की पालनका बषयमा विविध कुराकानी भएको थियो । प्रस्तुत छ उहाँसँग भएको प्रत्यक्ष भिडियो कुराकानी