नेकपा बैठकमा अध्यक्ष ओली किन बाहिरिए ?

0 0


नेपालदृष्टि । साउन १३ पछि अनिश्चित बनेको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भैराखेको छ । बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओली केही बेर बोलेर निस्किएका छन् । उनी पुष्पकमल दाहाललाई बैठकको अध्यक्षता गर्न भनेर निस्किएका हुन् । यसको अर्थ ओलीले पार्टीको जिम्मेवारी सुम्पिएकोको रुपमा लिइएको छ ।

पटक पटक मिति तोक्दै स्थगित हुँदै आएको बैठक साउन १३ मा ओलीले एकतर्फी स्थगित र दाहाल–नेपाल समूहले सञ्चालन गरेका थिए ।

पार्टी विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो । यसैलाई लागू गर्न ओलीले बैठकको अध्यक्षता प्रचण्डलाई गर्न भनी बाहिर निस्किएका हुनसक्छ ।

शुक्रबार बिहान ११।३० बजेपछि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमाथि छलफल भइरहेको र बैठक शुक्रबार नै टुंग्याउने सम्भावना रहेको बताईको थियो ।