कुलमान घिसिङको नियुक्ती हुने

0 0


नेपालदृष्टि । आजको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त हुने भएकोले बैठक स्थगित् गरिएको श्रोतले जनाएको छ ।आज बस्ने बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने पक्कापक्की भएको थियो ।

प्राधिकरणको कार्यकारी प्रमुखमा उर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि प्रस्ताव तयार परेको स्रोतको दाबी छ । 

आज बैठक बसेको भए घिसिङको नियुक्ती आजै हुने थियो । तर, मन्त्रिपरिषद बैठक भोलिमात्रै बस्ने भनिएकोले अब घिसिङको नियुक्ती पनि भोलि नै हुनेछ । घिसिङको नियुक्ती चार वर्षको लागि हुनेछ ।