किन निरुङ्कुस भयो गणतन्त्र,लोकतन्त्र र प्रजातन्त्र ?

3 0


नेपालदृष्टि । मधेसी समुदाय माथी भइ रहेको शोषण ,उत्पीडन,अन्याय, अत्याचार र दमन भेदभाव पुर्ण व्यवहार प्रती राना शासन देखिनै आवाज उठ्दैआइरहेको थियो। त्योबेला नरेन्द्र आदिले प्रधानमन्त्री पदमसम्शेर भएका बखत संबैधानिक सुधारका लागि लिखित सुझाब दिदै राना बिरुद्ध आवाज बुलन्द गर्ने हिम्मत गरेका थिय। उनले लेखेको सुझाब पत्रमा मधेसी जनता प्रती भइ रहेको भेदभाबलाइ अन्त्य गर्न सुझाब दिएको पाइन्छ।त्यतिबेला बिरगंज तथा भैरवाका राजालाल आर्य रघुनाथ गुप्ता जस्ताले समाज सुधारका लागि मधेसिलाइ जागरुक बनाएर तत्कालिन रानासाशनको बिरुद्धमा आवाज उठाउने हिम्मत गरेको पाइन्छ। सन१९९२मा जनकपुरमा पन्डित रामकान्त झा को नेतृत्वमा मधेस का २२ जना युवाले आफ्नु रगतले हस्ताक्षर गरि राणाशासन अन्त्यगर्ने सपथ खाएका थिय। पछि पन्डित झा ले रणा बिरोधी आन्दोलन तथा सपथ लाइ नेपाली काङ्ग्रेस का नेता बि।पि।कोइराला समक्ष बिलिन गराएर आफू सदस्यता लिएर धनुषा को जिल्ला अध्यक्ष भएर बसे। काङ्ग्रेस को पहिलो महाधिवेशन मा मधेसी हरुको सकृय भुमिकामा रह्यो।  

  त्यसैगरी कम्युनिस्ट पार्टिमा पनि रौतहटबाट सुरुभएको किसान आन्दोलन पनि मधेस आन्दोलनको एक मत्वपुर्ण युग मानिन्छ। राणासासन अन्त्य भयो तर मधेस का माग सम्बोधन हुन सकेन। त्यता भर्खरै बनेको आन्तरिम सरकार पनी बेजवाफ भयो। मधेस का मुद्दा किनारा नलागेपछी मधेसी ले न्यायपाउन सकेनन।त्यसपछी मधेसी ले आफ्नो संघर्ष लाई झन घनिभुत ढङ्गले अगाडि बढाउदै लगिरहे। राजा महेन्द्रले काङ्ग्रेस नेतृत्व को सरकार विघटन गरि आफ्नु अनुकुलतामा सरकार आफ्नो हातमा लिएर मन्त्री मन्डल गठन गरे। त्यो बेला सप्तरी,महोत्तरी ,सर्लाही बारा पर्सा बाट निरङ्कुसता बिरोधी आन्दोलन बिस्वनाथ अग्रवाल र सुकदेब हरुले गरे। पछि साहिसेनाहरु बाटै सुकदेबको हत्या भयो । भने यता अग्रवाल लाई गोलिहानी घाइते बनाइयो। राजा महेन्द्र लाई बम हान्ने दुर्गानन्द झा लाई फाँसी दिइयो। बिरगंज बम कान्डपछी धेरै मधेसी नेताहरुलाइ समाइयो राज्यले विभिन्न बाहानामा ती क्रान्तिकारी लाई हत्या गर्यो। 

   राजा महेन्द्रले मधेसी माथी बर्बर दमन गरिरहे। नागरिक्ता ऐन २०२० लागुगरी नागरिक्ता बाट मधेसी जनतालाइ बन्चित गर्ने षड्यन्त्र गर्‍यो। सो कार्यको बिरुद्धमा उत्रिएका सत्य देबमणि त्रिपाठि लगाएतले रुपन्देही, बाके, बर्दिया जस्ता ठाउमा नागरिक्ता जलाउने काम अरेर बिरोध का स्वर गुन्जाउन थाले। पछि उनिहरुलाइ पनि राज्यले हत्या गरि छाड्यो। 

पछि चुनाब लडेको मधेसी हरुले कहिपनी चुनाब जितेनन। बेदानन्द झा ले आफ्नु शक्ति राजा सग मिलान गरे भने अर्को पट्टि अर्का नेता राजमणि तिवारिले आफ्नु पार्टी लाई काङ्ग्रेस मा गाभे। अर्का नेता रघुनाथ राय को अध्यक्षता मा तराइ मुक्तिमोर्चा गठन गर्न पुगे। यता पार्टी गठन भएसगै राजाबादी हरुको टाउको दुखाइ हुनथाल्यो। त्यसपछी थुप्रै मधेसी नेता हरुको हत्या हुन थाल्यो । सो बखत पार्टीले आफ्ना कार्यकर्ता नेताहरुको सुरक्षा गर्न नसकेर कम्जोर हुन पुग्यो। त्यो आन्दोलनलाइ उठाउन नेता रघुनाथ ठाकुर अघिबढे। यिनले नेपाल मा मात्र नभएर भारतमा समेत आफ्नु पार्टीको प्रचार गर्न सफल रहदैगर्दा उनको पनि हत्या भइ छाड्यो।  

  काङ्ग्रेस मा रहेर संघर्ष गरिरहेका गजेन्द्रनारायण सिंह रामजनम तिवारी हरु काङ्ग्रेस बाट बिद्रोह गरि नेपाल सदभावना परिषद गठन गरे। त्यसपछी नागरिक्ताको कुरा जोड तोडले उठाएपछी तत्कालिन सरकारले रामजनम तिवारी लाई जेल हाल्यो। पछि २०४६ सालको परिबर्तन पछि सदभावना परिषद लाई सदभावना पार्टी मा बदलेर पार्टी निर्माण गर्न गजेन्द्रनारायण सिंह सदभावना पार्टीको अध्यक्ष भए। उनी अध्यक्ष भएपछी नागरिकता समस्या समाधान, नेपालमा हिन्दी भाषाको मान्यता निजामती तथा सेनामा मधेसी हरुको आरक्षण संघीय राज्य जस्ता कुरा राखेर पार्टी अगाडि बढ्यो। तर केही समयमै यी दीर्घकालीन मागको रुपमा राखे झै बिस्तारै सत्ताभोगी हुँदै कहिले कस्को कहिले कस्को सरकार मा सामेल हुँदै सत्ता मोहको कारण पार्टी फुट्दै टुक्रा टुक्रामा बिभाजन हुँदै अगाडि बढ्न थाल्यो। 

  गजेन्द्रनारायण र रामजनम तिवारी को मृत्यु पछि पार्टी प्रत्यक्षरुपमा राजाको पक्षमा गयो। जस्को नेतृत्व बद्री मन्डलले ज्ञानेन्द्र को प्रत्यक्ष सरकारमा बन, गृह र उप प्रधानमन्त्री सम्म बने। मधेसी जनाधिकार फोरम नेपालको नेतृत्वमा मधेसी जनताको नब्बे प्रतिशत माग पूरा भएको भन्दै राजेन्द्र महतो तत्कालिन सरकारमा बाणिज्य तथा आपूर्ति मन्त्री बन्न पुगे भने यता बद्री मन्डल दोस्रो जन आन्दोलन सफल भएपछी पार्टीको जिम्मेवारी लक्ष्मण कर्ण लाई दिए र मन्डल राजनिती बाट अलग भए। राजेन्द्र महतो अध्यक्ष रहेको सदभावना पार्टी र  लक्ष्मण कर्ण बिच एकता भइ सदभावना पार्टी मा रहे। तर बिडम्बना त्यो एकता पनि धेरै समय टिक्न सकेन र बिरगंज अधिबेशन बाट राजेन्द्र महतो सदभावना पार्टी बाट अलग भए र अर्को सदभावना पार्टी गठन गर्न पुगे। यता सदभावना पार्टी ९आनन्ददेबी० आफ्नो पन्जाछापको लडाइमा पार्टी तिनटुक्रा भयो। जस्मा राजेन्द्र, रामनरेश झा र अनिल झा ले एक एक टुक्रा समाले। त्यसपछी आफ्नु माग लिएर २०६३ साल पौसमा मधेस बन्दको घोषणा गरे बन्द सफल भएपनी बन्दकर्ता र बिरोधी बिच झडप भएर धेरै धन जनको क्षेती भयो। त्यसपछी उपेन्द्र यादब को फोरम नेपाल ले नेपालगन्ज मा भब्य कार्यक्रम गरि मधेसी जनताको पक्षमा आगो बाल्ने काम भयो। जसबाट बलिरहेको मधेस भित्र पेट्रोल छर्ने काम उपेन्द्र यादब ले गरे। 

  मधेस पुरै जल्न थाल्यो। जस्मा आन्तरिम संविधान २०६३ घोषणा भइरहदा संघीयता, गणतन्त्र,समाबेशी लोकतन्त्र आत्मनिर्णयको अधिकार जस्ता कुरा रहेको थिएन। त्यसैलाइ इस्यु बनाएर मधेस पुरै जलाइरहेका थिए। झन भोलिपल्ट माइतिघर मन्डलामा संविधान जलाए पछि अनि उपेन्द्र यादब पक्राउ परेपछी त्यो आन्दोलन काबुबाहिर जानथाल्यो मधेस पुरै जल्न सुरु भयो। त्यही समयमा माओबादी चढेको गाडी जल्यो बिद्यार्थी नेता रमेश महतोलाइ गोलि लागेर उनको मृत्युु भयो। त्यो मृत्युको खबरले अरु आगो झन दन्कियो।पुरै मधेस बलिरहेको थियो। त्यो आगो निभाउन गिरिजाप्रसाद कोइराला ले सम्बोधन गर्दै जनसंख्या को आधारमा निर्वाचन क्षेत्र थपिने संविधानमा सबै जात जाती भाषा भाषि बर्ग र क्षेत्रका जनताको प्रतिनिधित्व हुने भन्दै बन्दका कार्यक्रम फिर्ता लिन फोरम नेपाल लाई आग्रह गरियो।  

  तर पर्याप्त सम्बोधन नभएको भन्दै उपेन्द्र यादबले आफ्ना कार्यकर्ता लाई निर्देशन दिएपछी झन झन कस्टकर बन्दैगयो मधेस । बार्ताले पनि सार्थक निस्कर्स निकाल्न नसकेपछी पुन गिरिजाप्रसाद कोइराला ले फेरि मधेस बादी जनताको नाममा अर्को सम्बोधन गरे। त्यो सम्बोधनले दस दिनको युद्धबिराम आन्दोलनकारिको तर्फबाट गरे। माग सम्बोधन गर्न सरकार उदासिन भएको आरोप लगाउदै फेरि आन्दोलन चर्किने देखेपछी रामचन्द्र पौडेलको नेतृत्वमा बार्ता समिती बन्यो। र २२ बुदे सहमती सरकार र आन्दोलनरत बिच सम्झौता भयो। आन्दोलन मा फेरि धोकाधारी भयो भन्दै आन्दोलन चर्काउन अर्को पक्ष लोकतान्त्रिक मधेसी मोर्चा गठन गरि काङ्ग्रेस बाट बिद्रोह गरि महन्थ ठाकुर तमलोपा समाबेश गरि मोर्चा बनाएर सोही मोर्चाले २०६५ साल फाल्गुन बाट मधेसभर आन्दोलनको आधिबेहेरी सृजना गर्‍यो। आन्दोलनमा सरकारको दमन बढ्दैगयो सोही समयमा १० जनाले सहादात प्राप्त गरे। यो नै मधेसी आन्दोलनमा बढी जनको क्षेती भएको थियो। त्यसपछी सरकार र आन्दोलन कारी बिच गिरिजाप्रसाद माधब नेपाल र प्रचण्ड को उपस्थितिमा ८ बुदे सम्झौता गरि आन्दोलनका कार्यक्रम फिर्ता लिन लगाइ संविधान सभाको चुनाबमा भागलिन सहमती भयो।

अहिले ती सबै कुरा बिर्सेर त्यत्रो जनताले बलिदान गरेर मधेस का मुद्दामा जुन समर्थन थियो त्यो कुराहरु पूरा नगरी टुक्रा टुक्रामा बिभाजन गरेर ११ जना अध्यक्ष भइसकेकाछन कति लोप भइसकेकाछन यस्तो अवस्थामा आन्दोलन उत्सर्गमा पुगेर पनि सत्तालिप्साका कारण मधेसी जनताले के पाएरु र के दिलाउन सफल रहेरु भन्ने अहिले राजनैतिक बृतमा व्यापक बिरोध रहेकोछ। यस्ले मधेसी नेताहरुकै अकर्मन्यताका कारण मधेस आन्दोलन तुहिसकेको बिस्लेशक हरु बताउछन।  

अर्को तर्फ माओबादी २०५२साल फाल्गुन १गतेदेखी तत्कालिन माओवादी नेतृत्वमा एतिहासिक दिर्घकालिन जनयुद्ध को थालनी रोल्पाको हिलारी प्रहरी चौकी रुकुमको राडिज्युला प्रहरी चौकी र गोर्खाको क्याङ्ली कृशिबिकाश बैंक माथी एकैचोटी ससस्त्र आक्रमण गरेर देश भर साना ठुला फौजी कार्बाही गर्दै दिर्घकालिन रुपमा जनयुद्धको थालनी गरेका थिय। २०६२ साल असोज बाट सम्पन्न चुङ्गबाङ्ग बैठक बाट जनयुद्ध लाई स्थगित गरि सन्सदिय पुजिबादी उनिहरुकै सब्दमा भन्ने हो भने खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने पुजिबादी कार्यदिशा लोकतान्त्रिक गणतन्त्र को कार्यदिशा लाई अङिकार गर्न पुगेपछी जनयुद्ध को मुख्य नेतृत्व गर्दै आएको प्रचण्ड पथ बैचारिक बिचलन भइ जनताको बहुदलिय जनबाद को उनिहरुको सब्दमा भन्ने हो भने यथास्थिति को परिसूचक भन्ने ठाउमै अवतरण हुनुले माओवादी एमाले सामु घुडाटेकेर आत्मसमर्पण गर्नु हो भन्दा त्यति फरक नपर्ला कि। आज जनयुद्ध का कारण देशमा भएको भनिएको परिबर्तन बाट सामाजिक शक्ति सम्बन्धामा खास परिबर्तन भएका छन कि छौननरु गणतन्त्र, संघीयता,समाबेसी जस्ता जनयुद्ध निसर्थ उपलब्धिले नेपाली जनताको जिबनमा खास परिबर्तन ल्याउन सकेकी सकेनन तरु माओवादी जनयुद्ध उत्पीडित क्षेत्र बर्ग लिङ्ग र समुदायको खास दुखलाइ सम्बोधन गर्न शुरुभएको थियो भने ती समुदायको दुख आज के कति पूरा भएका छन तरु माओवादी जनयुद्ध सुरुभए देखि अहिलेसम्म घटेको छकी बढेको छ जनयुद्ध सुरुभए यता माओबादिले किन बारम्बार ती समुदाय सम्बन्धी नितिमा परिबर्तन गरिरहेको छ तरु उधारण का लागि पहिचानको राजनैतिक मुद्दामा पनि किन माओवादी पार्टीको आव्हान जहिलेपनी शक्ति आर्जनको मुल उद्धेश्य शीत गासियर बदलिने गरेको छ। मुट्ठीभर मान्छेलाइ माओबादी पार्टी स्वर्गजस्तो छ तर अधिकाङ्स मानिसहरु नारकिय जीवन ज्युन बाध्य छन। यो सब भावनामा बहकिएर भनेको नभै यथार्थताको धरातलमा हेरेर, देखेर अनि बुझेर भनेको हो। एकथरी घुमाइ फिराइ सेवा सुबिधा लिइरहने अर्को थरी बहुसंख्यक खाडिको ५०र५२ डिग्रीको तापक्रममा पसिना सग श्रम साट्न बिवस छन। सत्र हजार नेपालि को रगतमा होलिखेलेको प्रचन्ड पथ हजारौंको सिउदो उजाड भए हजारौं को संख्यामा बालबालिका टुहुरा बने बाल मनोबैज्ञानिक असर अहिलेपनी बिक्षिप्त अवस्थामा छदैछ त्यो कालो अतीत छेउमै पड्केको बारुदको आवज साना नानिहरु जतासुकै बिछ्याइएको माइन अनि सकेट बम खेलाउदै पड्केको अत्यन्तै हृदयबिदारक छ त्यो घटना।  

  आज राजनैतिक उद्धेश्य राजा फाल्नु र संविधान बनाएर संघीयता ल्याउदैमा हाम्रो मक्सद पूरा भए भनेर आलिसन महल बनाउने महङ्गो गाडिमा सयर गर्ने छोरा छोरी महङ्गा स्कुल कलेजमा पढाउने प्रत्यक्ष अप्रत्यक्ष रुपमा क्रसर ठेक्का पट्टामा सामेल हुने हुन प्रेरित गर्ने अपार्टमेन्ट ग्रोसरी डिपार्टमेन्ट मा साझेदारी गर्ने सियर कारोबारमा सम्लग्न हुने जग्गादलाली र चाक्लाबन्दी गर्ने स्थिर र जिम्मेवारी नहुने कारण एउटा समूह यी अवसरसगै जीवन बिताउने र स्वर्ग अनुभुत गर्ने र अर्को ठूलो शक्ति बाच्नका लागि जतिमेहनत गरेपनी र जति खानका लागि लडाइँ गरेपनी झनझन नर्कमै जीवन बिताउने यो कस्तोखालको परिबर्तन होरु हामीले चाहेको परिबर्तन एउटा राजा हटाएर सयौ राजा बनाउने आलोपालो गर्दै राज्यको सम्पती दोहन गर्दै पुजिबादी हरु र सामन्तबादी हरुको वरिपरि घुमिरहने र आफ्नु क्याम्पमा सामेल गर्ने तल कार्यकर्ता हरु आधुनिक फटाहा जाली र पेसेवर गुन्डाराज चलाउन उद्धत छन पदलुलुपता व्यापक छ भ्रस्टचार बढ्दो छ। समान्तबादकै बिरुद्ध लडेको भनेको पार्टी हिजो बृहत् सान्ती सम्झौता पश्चात् नेपाली राजनितिमा प्रबेस गर्दा नेपाली जनमा ठूलो आसाको किरण पलाएको थियो तो एकाएक हिजो कहिले एमाले क्याम्पमा कहिले काङ्ग्रेस को क्याम्प मा कहिले मधेसी दललाइ उचालेर आन्दोलन छेड्ने कहिले अर्को दलको क्याम्प मा अन्न खान आउने मुसा प्रबृतिको चरित्र हामिले नदेखेको पक्कै होइन। तर पछि माओबादी एकीकृत भइ नेकपा एमाले र पुर्ब माओबादी मिलेपछी यो समस्या हट्नेछ भनेको झन ज्यादा बिग्रेर जान्छकी भन्ने लाग्न थालेको हालको नेकपाको गतिबिधिले पनि स्पस्ट पारिसकेको अनुभुती भएको छ। 

  नेपाली काङ्ग्रेस एउटा पुजिबादी पार्टी हो। पुजिबाद को थोरै चर्चा गरौ के हो त पुजिबादरु कुनैपनी आर्थिक ब्यबस्थाले उत्पादन गर्छ। यो सरकारको अधिनमा हुदैन,ब्यक्तिको हातमा हुन्छ यस्मा मालिक हुन्छ वा त्यो मालिकले कसरी व्यापार गर्ने उस्को योजनामा हुनेगर्छ। राजनैतिक सामाजिक र आर्थिक उत्पादन र बजार प्रणाली को माध्यम निजि  स्वामित्व मा आधारित हुन्छ। यो नाफाको दृस्टीले परिचालित हुन्छ। पुजिबादी बजार ब्यबस्थालाइ प्रतिस्पर्धामा छोडिएको हुन्छ। तुरुन्त किन्न र बेच्न सक्दछ। जो सग पैसा छ उस्ले तुरुन्तै किन्न सक्दछ भने पैसा नहुनेले टुलुटुलु हेरेर बस्नु बाहेक अर्को बिकल्प हुदैन। यो ब्यबस्थामा मज्दुर धेरै हुन्छन भने मालिक सिमित मुठ्ठीभर हुन्छन। बिलगेट्स मुकेश अबानी बिनोद चौधरी यी सबै पुजिबादले जन्माएका हुन। एडमस्मिथ ले पनि भनेकाछन जो पैसा कमाउन सक्दैन उ  जङ्गल गएर बसेहुन्छ भन्दछन। तर दैनिकी गुजारा चलाउन दिनभर श्रम गर्ने बहुसंख्यक मानिसहरु बेलुका हातमुख जोर्न र मीठो निन्द्रा नपाएर छट्पटाइ रहेका छन। पुजिपती हरु यैसआरामको जिन्दगी जिइरहेका हुनेछन। यहाँ धनी र गरिब को खाडल को दुरि धेरै लामो छ। यो ब्यबस्थाको पक्षपाती नेपाली काङ्ग्रेस हो। यो ब्यबस्थाको भरमा समान्ता र गरिबी उठ्ने भन्दापनी झन झन दुरि बड्दै जाने नै हो। तर नेपाली काङ्ग्रेस ले ब्यबस्था बिरोधी आन्दोलनमा गरेको योगदानको चै मुक्त कन्ठले प्रसम्सा योग्य छ। चाहे त्यो राणा बिरोधी आन्दोलन वा   चाहे पन्चायत बिरोधी आन्दोलनमा नेपाली जनतालाइ निरङ्कुसताको जन्जिर तोडेर नेपालिलाइ स्वतन्त्र र खुल्ला समाजको अनुभुती दिलाउदाको क्षेण होस वा राजाबादी भन्ने ट्यागको आरोप खेपिरहेको नेका ले एकात्मक राज्यब्यबस्थाको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउन खेलेको भुमिका अतुलनीय र विशेष क्रान्तिकारी छा भन्नलाइ अफ्ट्यारो मानिरहनु पर्छ भन्ने मलाइ लाग्दैन। तर त्यति हुदाहुदै पनि धेरै लामो समयसम्म सरकार सन्चालन गर्ने अवसर मिलि रहदापनी सम्झन लायक एउटापनी राम्रो काम गर्न सकेन। देशमा भएका उधोगधन्दा कल कारखना कौडि को मुल्यमा बेचेर भारत सग निर्भर हुनुपर्ने र भारतको बजार बनाउन भारतलाइ सहयोग पुर्याउन लागिपर्यो। कोशी गन्डक महाकाली जस्ता सन्धि गरेर भारतलाई रिझाउने र नेपालिलाइ बिजाउने काम गर्यो। जस्को पीडा अहिले पनि हामिले भोगिरहनु परेको छ। देशमा भ्रस्टाचार कालोबजारी शोषन उत्पिडन नेपाली जनताले काङ्ग्रेस कै पालामा ब्यहोर्नु पर्यो। जस्ले आज प्रतिपक्षमा रहदापनी प्रतिपक्षको भुमिका निर्बाह गर्न नसकि टाउको निहुराएर झोक्राएको कुखुरा झै बस्नुले काङ्ग्रेस को हबिगत टिठलागो छ। नातावाद किर्पाबाद फरियाबाद र पदलुलुप सत्ता मोह चरम गुटबन्दी काङ्ग्रेस को रोग हो यो रोगको घाउबाट मुक्त हुन सकेन। काङ्ग्रेस भित्र भित्रै घाउमा क्रोनिक भएर ऐजेरु पलाएर क्यान्सरले ग्रस्त छ। बेलैमा अपरेसन गरेर ऎजेरु नफाल्ने हो भने काङ्ग्रेस को पनि त्यहिबाट दिनगन्ती सुरु हुने बिश्लेसक बताउछन।  

 समृद्धि नेपाल सुखी नेपाली भन्ने नाराको साथ अघि बढेको नेकपा पनि यहि पेरिफेरी भित्रै रुमलुएको छ। आज ठुला दुइदल नेकपा एमाले र माओबादी केन्द्र मिलेर बनेको नेकपाको झन्डै दुइतिहाइ को हाराहारिमा सरकार छ। प्रगतिशील काम गर्न सकिरहेको छैन जनताका अपेक्षा यो छदैथिएन। सुकुम्बासी हरुको समस्या जाहाको त्याहि छ, स्वास्थ्य सर्बसाधरण को पहुचमा छैन। शिक्षा र स्वास्थ मा ब्यापारिकरण बढ्दो छ। हाम्रा छोराछोरी पौस्टिक आहार खाएर अघाएर कहिले मस्त सुत्नेछन। भ्रस्टाचार, अनियमितता,ढिलासुस्ती, बेथिति बढ्दोछ। सरकार र पार्टीको ध्यान त्यता छैन। खाली पदलुलुप भएर र गुटबन्दी चलाएर बसेकाछन। कृषक मल नपाएर छट्पटिएको छ। आज कोरोना कहरका कारण नेपाली जनता घरभित्र थुनिएर बसेको छ महिना भैसक्यो खाना खान नपाएर जनता मर्न लागिसके। सरकार मा बस्ने र पार्टी हाक्ने सरकार बनाउने र गिराउने खेलमा मस्त छन । जनताको बैकल्पिक ब्यबस्था सरकारले गर्नुपर्छकी पर्दैन। चरम गुटबन्दी भएको कारण मैले माथी भनेझै मधेस बादी दल र नेपाली काङ्ग्रेस को जे हालत नेपाली जनताले बनाइदिए भोलि तिनै जनताले बिकल्प खोज्ने छन। आज बर्सौ देखि देखेको सपना बोकेर हिडेको कार्यकर्ता गुमनाम छ। छद्मभेसी हरुको राज बढ्दोछ। आज हाम्रा नेताहरु चुनाब लड्न पुजीवादी हरुसगको प्रतिस्पर्धामा एउटा वाडको वाडाध्यक्ष्ले २०र२५ लाख खर्च गर्न पछि नपर्ने, मियर र उपमियर ले ६०र७० लाख खर्छ गर्ने, प्रदेश र संघीय साम्सदले १ देखि २ करोड सम्म खर्चगरेर चुनाब लड्ने त्यो पैसा उठाउन कमिसन खानैपर्ने यो कम्युनिस्ट पार्टीको आदर्श भित्र पर्छकी पर्दैनरु यस्ले सहिकार्यकर्ता को मुल्यांकन कसरी गर्न सक्छ। प्रतिस्पर्धामा कसरि भाग लिनसक्दछ। कसरी भ्रस्टाचार निर्मुल पार्न सकिन्छ। यस्ले जनताको माझ कस्तो सन्देश प्रभाह गर्नसक्छ। अनि हामी कसरी सुखी हुन सक्छौ र देश कसरी समृद्ध हुन्छ। अबको यो चाङ्ग का चाङ्ग समस्याको जड बोकेर भरिया झै कार्यकर्ता कहिले सम्म हिड्ने होरु परिबर्तन को अनुभुती कहिले र को बाट सुरुगर्ने भन्ने हेर्न बाकिनै छ। आसागरौ हामी सचियौ भने अब पनि एकपल्ट लाई नेपाली जनताले माफी देलान तर बारम्बार काध हाल्न नेपाली जन्ता बाध्य हुने छैनन।