जाडको महिमा र चर्चा

रवीन्द्र ढुङ्गेल

0 0


नेपालदृष्टि । महलमा बस्नेदेखी झुपडीमा लुक्नेसम्मका वर्गलाई नसाको कुहिरोमा डुब्ने रहर हुन्छ । जाँडको र गाँजाको आडमा मात्रै काम गर्ने कतिपय कर्मचारीलाई कोरोनामा लगाइएको लकडाउनले ठुलो प्रभाव पारेको छ । नेपालीहरुमा जाँडरक्सी खाने प्रवृत्ति बढेसँगै नेपाली समाजमा जाँडरक्सीको खपत बढ्दो छ । चाडबाड नजिकै आउँदैछ, जाँडरक्सी खाने प्राबल्य पुरुषहरुको तिघ्रा तातिरहेको छ । मौसमी होस् वा बेमौसमी जाँडको सारथि बन्न दुई खुट्टे मनुष्यहरु तयार छन् । धेरै नेपाली विद्वान तथा निर्बुद्धि लठुवाहरु एक बाल्टी जाँड धोके पनि नलागेको र आफूसँग जाँड हारेको बताउँछन् । 

पैसा नभएका मुढेहरु देखि पैसा भएका तत्त्वज्ञ पण्डितसम्मलाई जाँडजात्राको रस टिप्न मनपर्छ । अचेल ब्राण्डेड जाँडमा पल्केका नेपालीहरु ठुलो गाँठ विदेश पुर्याउन पनि हाँसीहाँसी सहमत छन् । आखिर नसा न हो नसाले पैसा चिन्दोरैनछ । तिघ्रा कोल्टे फारेर , ढाड बङ्ग्याएर , छाती आकाशमा फर्काएर लोकल तिनपाने धोक्ने गोर्खेहरुलाई विदेशी वाइनले तताउनै सक्दोरैनछ क्यारे एकैपटकमा २४र२५ वटा बोतल पनि लडाँउछन् गाँठे । 

दैनिक मजदुरी गरेर सानो गोठमा रात काट्न पुगेको कुल्ली ज्यामि ध्वासेको हातमा पनि फ्रान्स, स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायतका दर्जनौं देशमा उत्पादन भएका ब्राण्डेड ुमास्टर कलेक्सनु, लुई(१३औं, रोयल सेलुट(६२ जस्ता रक्सिहरु हुनेगरेका छन् । यो बर्ष मात्रै २ अर्ब २० करोडमा १ करोड २८ लाख लिटर जाँड खरिद गरेको नेपालले आफ्नो मौलिकता सहितको कुहिएको कोदोको सदुपयोग गरेर तयार गरिएको जाँड( पानीले सन्तुष्टि नमिलेको नेपालीलाई विदेशीले चिभार रिगल, एक्सट्र एलिगेन्स, इभिनिङ मुड, सिङ्गम मार्ट, ब्लू लेभ, ग्रीन लेभल, गोल्ड लेभल, रेड लेभल लगायतका दर्जनौ ब्राण्डेड र महंगा ह्वीस्कीहरु भनेर आफ्नो पिसाब हालेर दिएपनि मज्जाले पिउने छन् ।

नेपाली घरहरुमा बनाइने कोदोको लोकल रक्सी विश्वमै राम्रो मानिन्छ । तर, संभ्रान्त वर्ग भनिने ब्राण्डेड जड्याहाले मदिरालाई आफ्नो ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुकारुपमा लिने गरेकाले देशमा अर्बौको विदेशी ब्राण्डेड मदिरा आयात हुने गरेको छ ।
 

सय रुपैयाँदेखि पाँच लाखसम्म मूल्य सम्म पर्ने जाँड यस्तो चीज हो, जसको उत्पादन प्रक्रिया जति लामो भयो त्यति नै राम्रो मानिन्छ । र, उतिनै महंगो र स्तरीय हुन्छ । त्यसैले मदिरा प्रेमीहरु पुराना ब्राण्डेल ह्वीस्की तथा वाइनहरु जति महंगो भएपनि पिउन छाड्दैनन् । तिनीहरुलाई हाम्रो हजुरामाको पालाको कुहिएको कोदोको जाँड दिने हो भने मक्ख पर्छन् र पल्किन्छन् । ५० वर्ष लगाएर उत्पादन गरिएको आइरल स्काई जाँडलाई बोतलकै १ लाख ५३ हजार रुपैयाँ पनि तिर्न नआत्तिएकाहरुलाई हाम्रो १०० बर्षे अनिकाले कोदोको छाङ दिनुपर्छ र ३ लाख लिनुपर्छ । कुहिएका , सडेका ( कागज , बोक्रा सबैको जाँड बन्ने भएकाले यदि तपाईंको घरमा पनि कुहिएको भात , गुन्द्रुक , तरकारीमा बोक्रा तथा कुहिएको अण्डा छ भने तपाईं मालामाल बन्ने बेला आएको छ ।
जाँड खाएपछि हाकिमले पनि पिउनलाइ स्यालुट गर्ने भएकाले जाँडले समाजमा एकरूपता ल्याउने गरेको छ । दुई बोतल जाँड लिएर गएपछि सिपाही हल्दारमा बढुवा हुन्छ भने हवल्दारले लप्टनको फुलि भिर्छ । जाँड जात्रा नेपालको सिंहदरबारदेखि चौकिको हवल्दारसम्म चर्चित छ । जाँड खाएर विद्यालय पुग्ने काकाले विद्यार्थीहरुलाई आफू चन्द्रमाबाट रकेटमा आउँदै गरेको बताउँछन् र कानुनको पाठ पढाउँछन् ।

- जय जाँड , जय लोकल ।