“निषेधाज्ञा दशैंसम्म राख्नुपर्छ” प्रजिअ नारायणप्रसाद भट्ट

0 0


नेपालदृष्टि । काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने कुरा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन ।
भदौ ४ बाट काठमाडौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका थिए । र थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका छन् ।

 “दशैं आउँदैछ, केही सहजीकण गरेर भएपनि  दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्छ” भट्टले बताए, अहिले ललितपुरमा कोरोना संक्रमितहरुको आइसोलेनस तथा क्वारेन्टिनको समस्या नभएको पनि उनले बताए ।