निषेधाज्ञामा पनि रातो मत्स्येन्द्रनाथको रथ तानियो (फोटो फिचर) 

5 0


नेपालदृष्टि । आज काठमाडौ उपत्यकामा सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ जोडतोडका साँथ तानियो । कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा निषेधाज्ञा लागु भैराखेको छ । यस्तो अवस्थामा पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले तानेका छन । 

मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको भए पनि करोनाका कारण रथयात्रा हुन सकेको थिएन।

गुठी संस्थानको बैठक आज दिउँसो बसेको थियो । तर पनि रथयात्राबारे केही महत्वपूर्ण निर्णय हुनु अगावै रथ तानिएको थियो । जसका कारण सम्वन्धित संस्थाहरु अन्यौलमा परेका छन्।
 

उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।  

 

तस्बिर - विजय राई,नागरिक