किन मिश्रलाई ७ दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिईयो ?

0 0


नेपालदृष्टि । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि विजय प्रकाश मिश्रलाई आयोगले अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जारी गरेको सार्वजनिक सूचनामा मिश्रलाई ७० करोड कमिसनको विषयमा अनुसन्धानका लागि बोलाएको हो ।


आयोगले मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । नआए कानुन बमोजिम भइ जाने छ, भन्ने अख्तियारको सूचनामा लेखिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो मिश्रले नै गोप्यरुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ । जसका कारण तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए । मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको कुरा संसदको सार्वजनिक लेखा समितिमा बताएका थिए ।