पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाबाट मृत्यु

0 0


नेपादृष्टि । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । ७० वर्षीय चालिसे पाँच दिनअघि काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए ।

लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

२०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए । धवप्रसाद चालिसे काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का निवासी हुन । उनको शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।