यातायात र शिक्षण संस्था भदौ अन्तिमसम्म बन्द

0 0


नेपालदृष्टि । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले भदौ अन्तिमसम्म लामो दुरीका यातायात सञ्चालन नगर्ने र शैक्षिक संस्था पनि भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । 

यसअघि सरकारले १ भदौदेखि लामो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेपनि कोरोना संक्रमण निकै बढ्दै गएपछि स्थगित गरेको हो ।

सरकारले हङकङ र ल्हासामा महाबाणिज्यदूत नियुक्त गरेको छ । ल्हासमा नवराज ढकाल र हङकङमा उदय रानालाई नियुक्त गरिएको छ । ढकाल, राना दुवै जना सहसचिव हुन् ।