विप्लव’ नेतृत्वकी नेतृ उमा भुजेलसहित दुई नेता रिहा

0 0


नेपालदृष्टि । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल आइतबार साँझ रिहा भएका छन ।
सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेललाई सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष डोमन साहको रोहबरमा आइतबार साँझ रिहा गरेको हो ।

जिल्ला अदालतको गेट अगाडि प्रहरी निरीक्षकको नेतृत्वमा दुवैलाई पुनः नियन्त्रणमा लिन प्रहरी परिचालित भए पनि दुवै जना अदालतको पछाडितिरको गेटबाट भागेका थिए ।

भुजेल र नेता सुमनसिंहको हकमा प्रतिमा भुजेलले सर्वाच्चो अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटको आधारमा सर्वाच्चो अदालतले सम्बन्धित जिल्लामा उपस्थित गराई जिल्ला न्यायाधीशको रोहबरमा थुनामुक्त गरी सोको जानकारी गराउन सप्तरी जिल्ला अदालतलाई आदेश दिएपछि यहाँबाट दुवैलाई रिहा भएका हुन् ।