किन बिलाए पुर्खा साहित्यिक पत्रिका ?

शिशिर वैद्य

1 0


नेपालदृष्टि । वर्तमान समाजका कुरुढीहरुको व्याख्या गर्नु मात्र हाम्रो काम होइन, संसारको नवनिर्माणका निम्ति सबै किसिमका समानता र मानव भातृत्वको नयाँ आदर्शतिर जनतालाई डोर्‍याउनु पनि हामीले आफ्नो कर्तव्य ठानेका छौँ ।’
००८ मा प्रकाशित पहिलो अंकमा साहित्यिक पत्रिका प्रकाशनको उद्देश्य स्पष्ट पार्दै यस्तो सम्पादकीय लेखिएको थियो सेवा मासिकमा । तर पत्रिका लामो समय टिकेन । त्यसको नौ वर्षपछि ०१६ मा प्रकाशकरसम्पादक श्यामप्रसाद शर्माले साहित्य नाम राखेर दुईमहिने पत्रिका सुरु गरे । पत्रिकाको सम्पादकीयमा शर्मा लेख्छन्– ‘हामी यस्तो पत्रिका निकाल्न चाहन्छौँ, जसमा कथा र कविताजस्ता चोखा साहित्य मात्र नरहेर तिनका साथै समस्यामूलक र समालोचनात्मक सामयिक लेखहरु पनि उचित अनुपातमा रहने गरुन् ।’
कमलपोखरी, काठमाडौँस्थित साहित्य सेवा सदन ठेगाना रहेको शर्माको संस्थाले त्यसै समय अर्को पत्रिका पनि प्रकाशन गरिरहेको थियो, स्वास्नीमान्छे । सम्पादक थिइन्, शशिकला शर्मा । ०१५ मा प्रकाशन सुरु भएको उक्त त्रैमासिक पत्रिकाले आफूलाई नेपाली आइमाईहरुको प्रतिनिधि पत्रिकाका रुपमा प्रस्तुत गरेको थियो । साहित्यकार शर्माको गत वर्ष निधन भयो । तर उनको निधनभन्दा निकै पहिले यी तीनै पत्रिका बन्द भइसकेका थिए ।

त्यस समयको नेपाली साहित्य दुई थरीमा विभाजित थियो । ‘एक थरी पत्रिका जनताको पक्षलाई लिएर उनीहरुका हकअधिकारप्रति सचेत तथा जागरुक बनाउन लागेका थिए भने अर्का थरी उच्शृंखल, अनैतिक र कोरा काल्पनिक साहित्य लिएर अघि बढ्दै थिए ।’ ०३८ मा प्रकाशन सुरु भएको हातेमालो  त्रैमासिकको वर्ष १ अंक २ मा लेखिएको थियो ।

नेपालमा माक्र्सवादी दर्शन र प्रगतिशील साहित्यको संगठित प्रचारप्रसारको सुरुआत ००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापनापछि मात्रै भएको हो । नेपालको स्वतन्त्रता आन्दोलनमा यी प्रगतिशील साहित्यिक पत्रपत्रिकाको अहं भूमिका थियो । सरल भाषाशैलीमा प्रकाशित हुने यी पत्रपत्रिकाले गरिब, निमुखा, उत्पीडित जनताको वेदना खोतलखातल पार्ने गर्थे । समाजमा व्याप्त असमानता र विसंगतिलाई साहित्यमार्फत उठान गर्ने यी प्रगतिशील साहित्यिक पत्रिका विभिन्न चरणका आन्दोलनको एक अंग नै बनेका थिए । यी प्रगतिशील साहित्यिक पत्रपत्रिकाको इतिहास खोतल्ने हो भने फेहरिस्त निकै लामो हुनेछ ।
किनभने, साहित्य र सिर्जना पनि राजनीतिक पार्टीसँगै फुट्न पुगेका थिए । वा भनौँ नेताहरुको विचारको अंकुशमा साहित्यिक पत्रिका पनि अड्किन पुगेका थिए । नयाँ आवरण र नयाँ नामसहित फेरि प्रस्तुत भएका पत्रिकाहरुसँगै साहित्यकार र सर्जकहरु पनि बाँडिए– कोही प्रत्यक्ष, कोही अप्रत्यक्ष । कोही नेता नमिलेर बाँडिए, कोही सिद्धान्त नमिलेर । तर जति नयाँ आवरणमा आए पनि विचार र सिद्धान्त, विसंगति र विकृति, अन्याय र अत्याचारका आवाज कथा, कविता, मुक्तक, गीत, लेख आदि अनेक शीर्षकमा विभिन्न पत्रिकामार्फत जनतासम्म पुग्थे । आम मानिस यिनै साहित्यिक पत्रिकाका स्तम्भमार्फत आफ्ना वेदना महसुस गर्थे, सचेत हुन्थे । आफ्ना विचार, अभिव्यक्तिलाई पार्टीको अंकुशभन्दा बाहिरबाट विचरण गर्न चाहनेहरु यिनै विभिन्न पत्रिकामा छद्म नाममा लेख्थे ।
त्यस समयको नेपाली साहित्य दुई थरीमा विभाजित थियो । ‘एक थरी पत्रिका जनताको पक्षलाई लिएर उनीहरुका हकअधिकारप्रति सचेत तथा जागरुक बनाउन लागेका थिए भने अर्का थरी उच्शृंखल, अनैतिक र कोरा काल्पनिक साहित्य लिएर अघि बढ्दै थिए ।’ ०३८ मा प्रकाशन सुरु भएको हातेमालो  त्रैमासिकको वर्ष १ अंक २ मा लेखिएको थियो ।
प्रगतिवादी साहित्यिक पत्रिकाहरु आन्दोलनको उद्देश्यअनुसार प्रकाशन हुन्थे । जनताको पक्षमा लेखिने प्रगतिशील साहित्य तथा कलालाई सुदृढ बनाउन स्रष्टाहरु यी साहित्यिक पत्रिकामा कलम चलाउँथे ।

थुप्रै नामी लेखक, कविको सुरुआती लेखन यिनै साहित्यिक पत्रिकाबाट भएका थिए । पारिजात, मञ्जुल, खगेन्द्र संग्रौला, रघु पन्त, मोहन दुवाल, जागृतप्रसाद भेटवाल, मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, चैतन्य, पूर्णप्रकाश नेपाल, श्यामप्रसाद शर्मा, घनश्याम पौडेल, गोविन्द वर्तमान, खुसीराम पाख्रिन, हृदयचन्द्रसिंह प्रधान, कृष्णप्रसाद पराजुली, तारानाथ शर्मा, बालकृष्ण पोखरेल, हरिहर खनाल, रमेश विकल, हरिगोविन्द लुइँटेल आदि । साहित्यिक आन्दोलनमा अग्रपंक्तिमा आउने नाम अझै थुप्रै छन् । कतिपय लेखक छद्म नाममा लेख्थे, कति बेनाम थिए ।

हाँडिघोप्टेको जीतबाजी खगेन्द्र संग्रौलाको चर्चित कथासंग्रह हो । यस पुस्तकको मुख्य कथा हाँडिघोप्टे युगविजय साहित्य संगालोमा ०४० मा प्रकाशित भएको थियो । संग्रौलाकै खरानीमुनिको आगो नाटक ०३० मा संकल्प मासिकमा, हावाको पर्खाल  कविता प्रभात ९०२६० मा प्रकाशित भएका थिए । युग विजयका सम्पादक चिरञ्जीवीराज शर्मा, संकल्पकी सम्पादक कुन्ता शर्मा र प्रभातका सम्पादक मनमोहन श्रेष्ठ थिए ।
०२६ मा सुरु भएको सुस्केरा द्वैमासिकका सम्पादक थिए, रामचन्द्र भट्टराई । योगेन्द्रकुमार गर्गको प्रधान सम्पादकत्वमा ०२८ मा युगबोध साहित्यिक संगालो प्रकाशन शुभारम्भ भएको थियो । यो सिरहा जिल्लाबाट प्रकाशित पहिलो साहित्यिक संकलन थियो । चितवनबाट ०२४ मा प्रकाशित दोभानले जिल्लामा साहित्यिक पत्रिकाको सुरुआत गर्ने श्रेय पाउँछ । त्यसपछि प्रकाशित नौलो राँको, जाँगर ९०३६०, जनसाहित्य ९०४८० आदि साहित्यिक पत्रिकाले चितवनका साहित्यकारको आवाजको प्रतिनिधित्व गर्‍यो । ०३० मा वेदना परिवार धुलिखेलले वेदना  साहित्यिक त्रैमासिक प्रकाशन सुरु गर्‍यो । सम्पादक थिए, दिल ‘वरदान’ र सुवास श्रेष्ठ ।
०३४–३५ मा सुरु भएका उत्साह, झिसमिसे, कटिबद्ध, दियो, नवआलोक, अनुभूतिलगायतका साहित्यिक पत्रिका निकै रुचाइए । झिसमिसेका संस्थापक सम्पादक र प्रकाशक थिए, रघु पन्त । ०४६ सम्म निरन्तर प्रकाशित झिसमिसे ०४६ को जनआन्दोलनका कारण दस वर्ष बन्द भयो । रोकिएको एक दशकपछि ०५७ मा पुनस् प्रकाशन सुरु भएको उक्त पत्रिका अहिले पूर्ण रुपमा बन्द छ । झिसमिसेकै समकालीन उत्साहले आफ्नो तेत्तीसौँ अंकको सम्पादकमण्डलमा पारिजात, खगेन्द्र संग्रौला, रमेश विकल, मोहन दुवाल, आनन्ददेव भट्टलाई समावेश गरेको थियो । यो पत्रिका पनि अहिले अस्तित्वमा छैन । वर्तमान समयमा नाम चलेका वरिष्ठ साहित्यकार कुनै न कुनै रुपमा विभिन्न साहित्यिक पत्रपत्रिकासँग जोडिएका थिए भन्न यी उदाहरण काफी छन् । -नेपाल साप्ताहिक