सांसद तथा उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

1 0


नेपालदृष्टि। उद्योगपति विनोद चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।
“मलाई त्यस्तो कोरोनाका कुनै लक्षण नदेखिए पनि डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको उद्योगी विनोद चौधरीले जानकारी दिएका छन् ।

सांसदसमेत रहेका ६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति व्यवसायी हुन् ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले बताएका छन् । आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् ।