सोझो जिन्दगी

बिजु सुवेदी (विजय)

0 0


नेपालदृष्टि । विजय तीन महिना श्रीमतीसँगै बस्थ्यो भने तीन महिना आमाबुका कहाँ । उसकी श्रीमतीसँगै ऊ बाहिर बस्थ्यो । कुल घरमा चाहिँ आमाबुबा र विहे नभएका भाइ र दाजुसँग बस्थ्यो । विजयले अलग्गै पसल खोली ब्यापार व्यवसाय गथ्र्यो भने, श्रीमती भने अफिस जान्थी । यसपाली ऊ आमाबुबाकहाँ लकडाउन सुरु हुने वित्तिकै आएकोे थियो, श्रीमतीलाई डेरामै छोडेर ।

विजय आफु सानैदेखि बसेको कुलघरको कोठामा आउँदा चश्माको सिसा एकाएक झर्यो तर फुटेन । फुटेको भए उसलाई समस्या हुन्थ्यो, किनकी पावरको चश्मा थियो उसको । अर्को तर्फको पनि उसले सिसा निकाल्यो । एकछिन एकथुप्रो चश्मागुजी निकाल्यो अनि उसले लगायो । उसले एकलौटी रुपमा खोलेको पसलमा आजकल ऊ लकडाउन भएकोले गएको थिएन । हेर्न पनि गएको थिएन । साँचो लिएर उसको दाइले, “म खोल्न जान्छु हुन्छ ?” भनी सोध्यो । उसले “हुन्छ ।” भनी पठाएको थियो । न त उसलाई भाउ थाहा थियो, तैपनि उसले १०औँ वर्ष चलाएको त्यो पसलमा उसले पठाएको ३ महिना भइसकेको थियो । पसलमा उसले ४० लाख जतिको लगानी गरेको थियो, लगानीभन्दा दोब्बर ऋण गरेर । अनि डेकोरेशनमा त्योभन्दा बढी खर्च गरेको थियो । तर विजयलाई अहिले सासुबुहारी झगडाको बीचमा पिल्सिएका कारण मानसिक समस्या छ , त्यसैले ऊ दाइकै भरमा सोझो तालले परेको थियो । ३ महिनामा यत्ति आम्दानी भयो भनी दाइले एक पैसा पनि उसलाई दिएको थिएन तैपनि उसलाई पसल हेर्नै मनै लागेको थिएन । ऊ पुरै रुपमा कोरोनाबाट भन्दा पनि यो उसको मानसिक द्वन्द्वबाट मुक्त हुन चाहन्थ्यो ।

खर्च नभएर आमालाई “थोत्रो साइकल भएपनि बेच्नुपर्यो ।” भन्यो उसले । तर आमाले “एउटा पनि साइकल छैन ।” भनी भन्नुभयो । उसले घरको चारैतिर अन्वेषण गर्यो । एउटा साइकल पश्चिमपट्टिको छिमेकीसँग वारेको पर्खालमा टेस्किरहेको डोरीले बाँसमा बेस्कन बाँधिएको थियो, त्यो भाइको साइकल थियो । फेरि घरको भुइँतल्लामा चहार्यो, एउटा गेरवाला साइकल ठुलो झ्याल भएको पाटी नेर झ्यालको डण्डीमा चेनवाला तालाले बाँधिएको उसले पायो, त्यो दाइको साइकल थियो, त्यो उसैले दाइलाई बीसहजारमा किनिदिएको थियो । फेरि उसले अर्को साइकलको अन्वेषण सुरु गर्यो । फर्सीको मुन्टा लकडाउनको स्वच्छ हावाले हलक्कै बढिरहेको थियो, त्यहीँ झ्याङ्गमा छोपिएर अर्को साइकल रहेको थियो, जसलाई सबैले “साइकल चलाएर आउँदा त राँगोको सिङ समाएर आएको जस्तो” भन्थे त्यो उसको साइकल थियो । अहिले ऊ साइकल चलाउन भने सक्दैन किनकी पागलखानामा धेरै चुटाइ खाएका कारण ।

‘आखिर किन साइकलप्रति अझै पनि हामी नेपालीमा वाइक चढ्ने व्यग्रताले बेझुकाव ?’ उसले यसरी मनमनै कुरा खेलाउँदा आमाले रिसाएर भन्नुभयो “तिमीहरु तीनजना जस्तै हो यी साइकलहरु ।” त्यसपछि उसले साइकलबारे कहिल्यै सोधेन र कवाडीमा बेच्नेकुरा त्यागिदियो ।

उसको भाइ ढिलो उठ्थ्यो त्यो दिन उसको उठ्ने समय भएको थियो । ऊ उठ्ने वित्तिक्कै बोल्दैनथ्यो । मुख धोइसकेपछि मात्र बोल्ने स्वभाव थियो उसको । उसले हातले इसारा गरेर विजयसँग मञ्जन माग्यो । विजयले उसलाई इशारा गरेर “हात थाप” भन्यो । उसले दुई हात थाप्यो, विजयले मञ्जनको मलमको बट्टा दियो । भाइले बट्टा खोलेर मलम निकालेर दाँत माझ्न थाल्यो उसले पटकपटक इशारा गरिरह्यो । विजयलाई ‘हात थाप’ भन्यो, विजयको प्लास्टिकको पञ्जा लगाएको हातमा उसले स्यानिटाइजरले छ्यासछ्यास गरिदियो ।

फेरि विजयले ईन्टरनेटतिर आँखा दौडायो । सबैजना सामाजिक सञ्जालमा नेताहरुलाई गालीनै गालीको वर्षा गरिरहेका थिए । प्रायःले नेताहरुलाई हद पार गरिकन सुझावभन्दा गाली बढी गरिरहेका थिए । कोहीकोहीले त देशलाई गाली गरिरहेका थिए । विदेशको गुणगान, बढीजसो अमेरिकाको गुणगान गाउनेहरु बढी थिए । राजनीति प्रति नैराश्यता, “राजनीतिमा चासो राख्नु हुँदैन” भन्ने मानसिकता अनि “स्वदेशप्रति वेवास्ता”ले गर्दा त्यसैले पनि हाम्रो देशलाई चुसेर खानेहरु ढुक्क थिए । उसको विचारमा पनि देश पछि पर्नुको कारण यस्तै थियो ।

उसले एउटा स्टाटस लेख्यो  “माटोले के माग्यो त्यो पौरखले दिनुपर्छ , खडेरी ठाउँमा पसिना सिञ्चन गर्नुपर्छ । गीत गाउनुपर्छ देश र जनताको, साझा जीवन जिउने यो नै सबको एकै भेष हो ।”

त्यसको प्रतिक्रिया कतैबाट आएन त्यसैले उसले कम्प्युटर बन्द गर्यो । बारम्बार ऊ यातनाको पराकाष्ठामा जान्थ्यो । त्यही उसको रोग थियो । अहिलेसम्म उसको यो निकै नहुने रोग भएको छ । त्यसबेला उसले आफुलाई नितान्त एक्लो पायो ।

मानसिक यातनाको क्रोनिकमा फ्ल्यास ब्याकमा ऊ गयो ः

एक समय थियो देशमा गणतन्त्र नआएको समय विजयले विश्वबन्धु नेपालीको नाउँले प्रतिकारस्वरुप लेखहरु लेख्थ्यो । त्यो समय उसले शासकहरुको प्रवृत्तिलाई “राक्षसी चाला” भनेर “राक्षसी प्रवृत्ति यस्तो हुन्छ” भनी देखाई राक्षसहरुको एकदमै विरोध गथ्र्यो । जत्ति पनि लेखहरु लेख्थ्यो राक्षसहरु खत्तम पार्ने बारे नै लेखिएको हुन्थ्यो ।

एकदिन उसका बाबाआमाले त्यत्तिक्कै चेक गर्न भनी डाक्टरलाई देखाउन लगे । त्यो बेला सार्कको लाइभ फुटवल भइरहेको थियो । नेपाल र अरु देशको म्याच भइरहेको थियो । नेपालले हारिरहेको थियो । डाक्टरले “अहिले कसले जितिरहेको छ ?” भनी सोध्यो । विजयले “नेपालले” भन्यो । बाबा आमा र डाक्टरले “होइन होइन” भनी टाउको हल्लाए । विजयलाई एउटा बेडमा लेटाइयो । अनेकौँ जाँच गर्यो । डाक्टरले १०÷१२ किसिमको औषधि लेख्यो । घरमा पुगेपछि उसले त्यो लाखे नामको नेवार डाक्टरको औषधि खान इन्कार गर्यो । त्योबेला डाक्टरको गेट पालेलाई विजयले “‘लाखे’ भनेको नेवारीमा के भनेको ?” भनी सोध्यो । “लाखे भनेको त राक्षश हो नि ! नेवारीमा” भनेपछि ऊ खङ्ग्रङ्गै भएको थियो, उसलाई त्यही राक्षशले उसको दिमागमा फुटबल खेलेको जस्तै लागेको थियो ।

फेरि ऊ पार्टीको बन्द प्रशिक्षणमा सामेल भयो । त्यहाँ महिनौँ दिनसम्म “महेन्द्रीय राजनीतिको यो कारण विरोध गर्नुपर्छ” भनी हरेक दिन एकएक बुँदाको पुष्टि गर्ने काम हुन्थ्यो । उसलाई जब यही “महेन्द्रको राजनीतिका कारण जनताको अधिकार खोसिएर तङ्ग्रिन नसकेको” भन्ने निक्र्यौल भयो । फेरि घरपरिवारले “यसले लाखेको औषधि नखाएकोले यसको दिमाग ठीक भएन” भनी जवर्जस्ती जँचाउन लगे, पाटनको मानसिक अस्पतालमा । त्यहाँबाट उसलाई क्लिनिकमा अफर गर्यो । उसलाई जवर्जस्ती क्लिनकमा लगे । फेरि ऊ डाक्टरको नेम प्लेट देख्ने वित्तिकै पागल भयो किनकी क्लिनकमा डाक्टरको नाम लेखिएको थियो “महेन्द्र राज न्यौपाने” । उसको दिमागमा ठुलो झट्का लाग्यो । उसलाई त्यहाँबाट एकहप्तासम्म कतै जान नमिल्ने गरी औषधिको डोज दिएर सुताउन मात्र सुताएर राखे । फेरि त्यो डाक्टरको गुण्डागर्दीले ४ वर्षसम्म उसलाई पिछा गर्यो । उसलाई खासै केही भएको थिएन भन्ने थाहा थियो ।

“आफु पागल हो होइन ?” चेक गर्न ऊ घुमाउरो, दायाँ, बाँयाँ हुँदै फेरि घुमाउरो हुँदै, पहाडको कान्ला, आली हुँदै फरि गल्छी हुँदै दुई घण्टा लगाएर एउटा मशानघाटसम्म जान्थ्यो र फेरि त्यही बाटो हुँदै घर फर्कन्थ्यो । सधैँ यसरी नै ऊ जान्थ्यो र सधैँ त्यही बाटोबाटै ऊ फर्कन्थ्यो । यसले उसलाई थाहा हुन्थ्यो कि “मलाई फसाइएको छ , यदि मेरो दिमाग खराब भए म हराउनु पथ्र्यो, मैले कहिल्यै बाटो विराइन । म कहिल्यै हराइन । जत्ति मेरो लक्ष्यबाट म टाढा हराइन, म कसरी हराउन सक्थेँ ? हाँ” ऊ यसरी आक्रोशित भै चिच्याउँथ्यो पहाडको टाकुरामा गएर ।

उसले आफ्ना साथीहरुलाई यो पीडा सुनाउँदा “सौतेनी आमा ! हो तिम्रो, तिम्रो त्यो साखै आमा होइन ।” भन्थे र सौतेनी आमा हुनाका अनेकौँ कारण उसलाई सम्झाउँथ्यो । बरु साथीहरु आजित भएर फर्कन्थ्यो ऊ भने “आमा” नै मान्थ्यो । त्यसैले बरु त्यसपछि उसले “विश्वबन्धु नेपाली”को नामले सौतेनी आमा जस्तो भनी शाही सेनाको विरोध गर्न थाल्यो । सौतेनी आमा र शासनलाई पर्याय गरी लेख साहित्य लेख्न थाल्यो । यसरी आफ्ना मनका डाहा छट्पटी पोख्न पाउँदा यही लिखौटबाट भएको हल्कापनको औषधिबाट उसलाई छुटकारा पाएको जस्तो लाग्थ्यो ।

फेरि केही समयपछि उसलाई अर्को डाक्टरकहाँ जाँच्न लगे । त्यहाँ सौतेनी आमाले उसलाई अर्को डाक्टरकहाँ जाँच्न लगे । त्यहाँ सौतेनी आमाले उसलाईै जबर्जस्ती सौतेनी मामाहरु मिलेर मानसिक डाक्टरकहाँ लग्यो । त्यहाँको डाक्टरको नेमप्लेटमा लेखिएको थियो, “ध्रुव मान श्रेष्ठ !” त्यो नेमप्लेट देख्ने वित्तिकै पनि ऊ खङ्ग्रङ्गै भयो । सौतेनी आमाले बालकैदेखि सताएको कुरा उसको दिमागभरि हुँडलिरह्यो । उसलाई ऊ “बालक ध्रुव” जस्तै पायो । विचरा ! उसलाई बचाउन कोही आएन । उसलाई त्यसपछि वर्षौंसम्म भने बाहिर जान, फोन गर्न दिइएन । बरु सताउनेहरु मात्रै आए । त्यसबेला देखि बिरामी हेर्न भनी जो पनि नातेदारहरु आउन थाले । जो पनि आउँथ्यो “आमालाई कस्तो छ ?” भनी चिढ्याएर जान्थे । यस्ता उसका व्यक्तिगत कुराको केही परवाह नगरी, उसले हाँसीहाँसी जिवन विताइह्योे । यो डाक्टरलाई पनि उसले ६ वर्षजत्ति झेल्यो, यो समयमा ऊ डाक्टरकोमा कहिल्यै गएन तर विनाजाँच डाक्टरले कहिल्यै औषधिको डोज बढाउने त कहिल्यै थोरै घटाउने गरिरहन्थ्यो, त्यो जिम्मा उही सौतेनी आमाले डाक्टरको सल्लाहबमोजिम गथ्र्यो भने कतिपय कुराहरु सौतेनी आमाको सल्लाहबमोजिम डाक्टरले गथ्र्यो ।

यस्ता आफ्ना निजी जिन्दगीको परवाह नगरी ऊ लेख्थ्यो त सत्ताको विरुद्ध १ ऊजस्ताको आतङ्क विरुद्ध आगो ओकल्ने लेखको फलस्वरुप देशमा गणतन्त्र आयो । उसले अब भने “विजय” नामबाट लेख्न सुरु गर्यो । घरका मानिसहरुले “ऊ एकजना तिमीजस्तै मर्का परेको मान्छे छ , भेट्न जाऊ ।” भनी पहिलो पटक धेरै वर्षपछि एक्लै बाहिर पठायो । ऊ पनि त्यो भुक्तभोगी भनाउँदालाई भेट्न गयो । त्यो मान्छे वर्षौदेखिको क्रोनिक मानसिक उपचार गराइरहेको व्यक्ति थियो भन्ने उसका परिवारकाहरुले डाक्टरको प्रेश्क्रिप्सन देखायो । त्यो मानसिक विरामी व्यक्ति “दूध किनेर आउ्रँछु है ?” भनी बाहिर जान खोज्यो, उसका परिवारकाहरुले “बाहिर पठाऊँ कि नपठाऊँ” भनी विजयलाई सोध्यो, त्यो रोगीको सास धेरै चुरोट खाएजस्तो ह्वास्सै गनाइरहेको थियो, त्यसैले ‘चुरोट किनेर खाला अथवा लागूपदार्थ खान जाला’ भनी उसले “हुन्न म फिक्कै चिया खान्छु” भन्यो । जब फिक्का चिया विस्तारै खाँदै थियो अनि उसले त्यो विरामीको सबै कागजपत्रको केश हिस्त्री हेर्दै थियो । उसलाई लागेको थियो कि “मानसिक रोगीसँग म यत्ति नजिक थिएँ कि महिनौँ महिना मलाई रिहाविटेसन सेन्टरमा ‘निःशुल्क खान पाइन्छ’ भनी आमाबुबाले पठाउँदा सँगै खेल्ने, सुत्ने, खाने गरेका कारण डाक्टरले भन्दा मलाई मानसिक रोगीको मनोविज्ञान थाहा छ यद्यपि म उनीहरु जस्तो कुनै पनि मानसिक रोगी नभएता पनि । अझ म को मानसिक रोगी हो ? जसले उपचार नगरी फुर्ति लगाए पनि, अनि को होइन जसलाई वर्षौसम्म मलाई जस्तो अत्याचार गरे पनि, वास्तबमा म पानी हाँस रहेछुँ , दूधको दूध पानीको पानी छुट्याउन सक्ने !” यस्तै सोच आइरहँदा अचानक डाक्टरको नाममा उसको आँखा पर्यो, सबै कागजमा डाक्टरको नाम एउटै थियो, त्यहाँ डाक्टरको नाम लेखिएको थियो, “विश्व बन्धु नेपाली ।” उसले त्योवेला डाक्टरलेभन्दा त्यो रोगीलाई धेरै सल्लाह सुझाव दिएको थियो । त्यस्तै उसले अन्य रोगीहरुलाई पनि सुझावमात्र दिई निको पारेको थियो । प्रायः डाक्टरहरुले रोग नलागेकालाई पनि अनेकौँ कटाक्ष गरी रोगी बनाइदिन्थ्यो । त्यो समय त्यस्तै कालपरिस्थिति थियो । यस्तै यस्तै जड किसिमको यातनामय स्मरणमा ऊ हरेक दिन छिनछिनमा जान्थ्यो । अहिले उसलाई यस्तै रोग लागेको छ ।

उसको मानसिक यातनाको क्रोनिक फ्ल्यास ब्याक समाप्त भयो ।

चश्मा सफा भएपछि लगाएर कुल घरमा बसेको तीन महिना पुरा भयो भनी त्यसपछि लकडाउनको अर्को फेजमा ऊ परिवारसँग छुट्टिएर श्रीमतीकोमा डेरामा बस्न हिँड्यो । त्यो एउटा घरमा चार खलक जत्ति डेरामा बसेका थिए ।

तैपनि उसले अहिले पनि औषधि खानु परेको छ । निन्द्राको औषधि नखाई निन्द्रै लाग्दैन । औषधि खान नमान्दा धेरै पिटाइ गरेकोले अझै धरै पीडा हुने जिउभरि डल्लैडल्ला छन् । अर्को थरी औषधि त्यो पनि उसको छुटाउनु नै हुँदैन, छुटायो भने मुखबाट रगत आउन थाल्छ । अर्को औषधि भनेको उसले धेरै चिसो खानु हुँदैन सिआरपी भन्ने रोग, एकातिर ताकेमा अर्कैतिर पर्ने, एकातिर टोके टाइमिङ्ग नमिली अर्कैतिर पर्ने । त्यसैले उसले औषधि एक दिन पनि छोड्नै नहुने भएको छ । यसरी पहिलेको यातनामको पराकाष्ठाको आन्दोलनका उपहार र उसले जनतालाई माया गर्दाको फल यो भनी उसले अहिले हाँसीहाँसी आफु जिउँदो सहिद भनी हाँसीहाँसी झेलिरहेको छ । अहिले यी तीनैवटारोगको एउटै कम्बाइण्ड किसिमको औषधि निस्केको छ , त्यही एउटा औषधि उसले कहिल्यै नछुटाइ खाइरहनुपरेको छ ।

त्यो धेरैवर्ष पुरानो चश्मागुजी कागजमा टिपेर उसले फाल्यो । बल्ल ऊ अलि शान्त भयो ।

चश्मा सफा भएपछि लगाएर कुल घरमा बसेको तीन महिना पुरा भयो भनी त्यसपछि लकडाउनको अर्को फेजमा ऊ परिवारसँग छुट्टिएर श्रीमतीकोमा डेरामा बस्न हिँड्यो । त्यो एउटा घरमा चार खलक जत्ति डेरामा बसेका थिए ।

एक खलक थियो श्रीमान बेपत्ता भएकी रमा र उनका चार भुराभुरीहरु । सरकारले “यो फोनमा राहत माग” भनी आदेश जारी गरेको थियो, तर उनीहरुको मोबाइल ट्याप भएको थियो । “यो के नि ट्याप भनेको रु” भनी विजयले सोध्दा “आउने जाने बन्द हुनु र आए पनि अर्कैै फोनमा जानु, फोनमा पनि लकडाउन क्या लकडाउन यहाँ यस्तै हो ।” भनेकी थिइन् ।

अर्को खलक थियो पण्डितको । हिजो कृष्ण पुजामा मग्न थियो ऊ, जन्माष्टमी भएकाले । हिजोको पुजाको थकानले ऊ मस्तसँग सुतिरहेको थियो । ती चार भुराभुरीहरु पण्डितको खिस्रिमिस्रि चलाउँदै खेल्न आइपुगे । पण्डितको दुनामा राखिएका प्रसादहरु सबै उनीहरुले खाइदिए । विचरा ! बच्चाहरुले कत्ति दिनदेखि मुखमा माड पनि राख्न पाएका थिएनन् र पनि एकपटक पनि उनीहरुले आमालाई भोक लाग्यो भनी दुःख दिन त परै जाओस् , भन्न मात्र पनि भनेका थिएनन् बरु मुस्कान छरी खेलिरहन्थे ।

पण्डितजी जब विउँझिए बच्चाहरुले पण्डितजीको चश्मा डोबारिदिएका थिए । पण्डितको टिभीको समाचारमा “टक्टिलिटी बलियो भएको डण्डी राखी घर बनाए बलियो हुन्छ” भन्ने आइरहेको थियो । बच्चाहरुले पनि “हजुरले चश्माको टक्टिलिटी बलियो पार्नुस्” भनी जिस्किए । हिजो कृष्ण पुजामा बाललिला कृष्णको सुनाएर “बच्चाहरु उनकै रुप हुन् हामीले बच्चाहरुलाई कृष्णकै रुपमा हेर्नुपर्छ ।” भनी दानदक्षिणा भरपुर ल्याए पनि उनले ती भोकाएका वालवालिकाहरुलाई सुम्ला निस्किने गरी सिर्कानोले ठट्टाए । यसले कत्ति पनि पीडा भएन उनीहरुलाई, किनकी पेट भरेकोमा अत्यन्तै हर्षित थिए उनीहरु । साँच्चिकै कृष्णको वालअवतार जस्तो ‘सुम्ला हेर्दै सुम्सुम्याउँदै हाँस्दै, अझ अरु ठाउँमा हान्दै सुम्ला निकाली’ खेलिरहेका थिए । विचरी १ आमाले केही प्रतिकार गरिनन् ।

एकजना बाबा ढोकामै आएर । “हरे राम ! हरे राम !!” भन्दै चिम्टा बजाउँदै आयो । विजय पनि आफ्नी श्रीमतीको यादले सताएर “तीन महिना बसेर आउँछु ।” भनी आमा र दाजुभाइलाई सोधी आएको थियो । पण्डितको भनाइअनुसार “कहिल्यै केही नमाग्ने बाबा अहिले लकडाउनमा ‘पेटभरि खाना देऊ । जसले पेटभरि खाना खुवाउँछ उसको फलिफाप हुन्छ’ भन्दैथ्यो ।” विजयले हत्तपत्त आफुसँग भएको जम्माजम्मी रु ५०० दिँदा बाबाले घरका घरबेटीलगायत सबलाई गाली गर्यो कि “मलाई रु. १को सिक्काको ढ्याकले हिर्काउने तिमीहरु ! हेर विजये जस्तो दिलदार महामानवलाई हेर !” भनी फुक्र्यायो । “तिम्रो गुणको अवश्यै गुणन हुन्छ वालक ! हरे राम ! हरे राम ” भन्दै ऊ गयो ।

विजयले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्यो, “आफु पछि परे पनि देश पछि पार्नु हुन्नँ । भ्रष्ट भै दुःखीजन सताउन अघि सर्नु हुन्नँ । जतिसुकै कठिन परिस्थिति आओस् सामना गर्नुपर्छ , भोको पेट जहाँ छ त्यहाँ पहिले राहत हुनुपर्छ ।”


बिजु सुवेदी विजय
कलेश्वर, काठमाण्डौ
bijusubedi@gmail.com