कोरोना महामारी अन्तको संकेतहरु देखिन थाल्यो

1 0


नेपालदृष्टि । भ्याक्सिन आएपछि महामारी अन्त हुनेमा ढुक्क नहुन विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस घेब्रेयससले भनेका थिए । तर अहिले आएर घेब्रेयससले  महामारी अन्त हुने विश्वास लिने क्रममा स्पेनिस फ्लुको उदाहरण दिएका छन र सन् १९१८ मा देखिएको उक्त महामारी दुई वर्षमा अन्त भएको थियो । अहिलेको यो “कोरोना भाइरस” प्रभावकारी प्रविधिले दुई वर्ष पनि नलाग्ने उनले बताए ।  

विश्वभर एक सय ६० भन्दा बढी भ्याक्सिन विकास भइरहेको, २५ वटा मानव परीक्षणका क्रममा रहेको र तीनवटा तेस्रो चरणको मानव परीक्षणमा रहेकाले नयाँ आशा जागेको छ । वैज्ञानिक आविष्कार र अनुसन्धानले विश्वमा कोरोनामाथि जीत हासिल गर्ने संकेतहरु देखिएको छ । सँसार पुरानै लयमा फर्कने र आर्थिक तथा सामाजिक जीवन चलायमान हुने संकेतहरु देखिन थालेको छ ।
 

अहिलेकै गतिमा भ्याक्सिन विकासमा गम्भीरता हासिल भई सफलता प्राप्त भएमा सन् २०२१ भित्र विश्वबाट कोरोना भाइरसको महामारी अन्त हुनसक्छ । विश्वका पाँच कम्पनि भ्याक्सिन विकासमा सफलतातर्फ पुगेका छन् । उनीहरुले यसै वर्ष उत्पादन शुरु गरी प्रयोग गर्ने तय भइसकेको छ । 

रुसी भ्याक्सिन आउँदो हप्ताबाट विश्वका विभिन्न देशमा समेत प्रयोग हुँदैछ । भ्याक्सिनको पहुँच विश्वभर सुनिश्चित गर्ने तत्परता समेत देखाइएको छ । यसरी अब महामारी अन्तको संकेतहरु देखिन थालेको छ ।