भन्नलाई गाह्रो हुन्छ

0 0


    नेपालदृष्टि । कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो । कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ । मूलतः कविता दुई किसिमका हुन्छन् गद् र पद्य । जसमा कवित्री पार्बती राउतले कविताको लय र छन्द मिलाएर पद्य कविता निर्माण गरेकी छन । उनले मनका भावनाहरुलाई कविताको माध्यम्द्धारा अभिब्यक्त गरेकी छन ।

 भन्नलाई गाह्रो हुन्छ भावनाका कुरा
यिनै बन्छन् कलेजोलाई टुक्र्याउने छुरा

औशिको सूर्यलाई पनि चन्द्रमाले छेक्छ
बत्ती तलको अँध्यारोलाई कसले पो देख्छ

पूर्णिमाको चन्द्रमालाई पृथ्वीले छेक्छ
छठियार न भै मर्नेको कसले मृत्यु लेख्छ ?

पत्याउनेले गाह्रो मान्छन् सुखिको व्यथा
सुखमा नै लुकेको छ दुखको पनि कथा

सफासुघ्घर चट्ट लगाइ समाजको अघि
बाहिर जति हेर्नुहुन्छ भित्र हुन्न त्यति

पोशाक र लेपनलापन देखाउने दात
भित्र त्यस्तै गन्हाउँछ मानिसको साथ

देखाउन असजिलो मन दुखेको रोग
नदेखाइ बोक्नुपर्छ दुख, पीडा, शोक


– पार्वती राउत
राजविराज–३, सप्तरी
अध्यक्ष, प्रगतिशील लेखक संघ, सप्तरी
उपाध्यक्ष, पञ्चावती सद्भाव समाज
सदस्य, राजविराज उच्च अदालत बार एशोसिएसन, सप्तरी
मोबाइल नम्बर – ९८४१०१७७०३
रचना  - भनसुनको देश कविता संग्रह (२०६७)