युवाहरुको गाई फर्म,स्थानिय किशानलाई राहात

जनक ढकाल

1 0


नेपालदृष्टि । मोरङको कानेपोखरी २ ठिकुवा डागीका स्थानिय युवाहरुले गाई फर्म र दूध संकलन गरेर मनग्य आम्दानी गरेका छन । एउटा गाई बाट ब्यावसाय शुरु गरेका उनी हरुले अहिले ५ वटा होलिस्टेन जातका गाई पालेका छन। आफ्नो फर्म बाट ६० लिटर तथा स्थानिय कृषकहरु बाट समेत दूध संकलन गरेर बिक्री बितरण गर्ने गरेको फर्मका एक जना संचालक डिल्ली कटुवालले बताए ।

स्थानिय डिल्ली कटुवाल ,शंकर चापागाइ, फणीन्द्र सुवेदी, अनिस न्यौपाने र खगेन्द्र धिमालले संयुक्त रुपमा गाई फर्म शुरु गरेका हुन । गाई फर्ममा ३० लाख बराबरको लगानी भएको उनी हरुले बताएका छन ।

 

आफ्नो फर्म र गाउँ गाउँ बाट दूध संकलन गरेर ईटहरी ,धरान लगाएतका बजारहरुमा बिक्रीवितरण गर्ने गरेका छन । अहिले बजारमा दुधको माग अत्याधिक भएकाले माग अनुशारको दूध पुर्याउन नसकिएको फर्म संचालक कटुवालले बताए । आफ्नो निजी लगानीमा संचालन गरेको फर्ममा अहिले सम्म सरकारी स्तर बाट कुनै पनि अनुदान नपाएको उनिहरुको गुनासो छ ।