असफल प्रेमको अर्को फर्मुला अश्लील भिडियो

0 0


नेपालदृष्टि । “प्रेम”यो शब्द आफैमा गहन र अमर छ । प्रेम प्राप्ति मात्र होइन, गुमाउँनु पनि अझ ठुलो प्राप्ति हो । माया प्रेम एउटा उन्र्सग हो । प्रेम आफ्नु लागि होइन, अरुको लागि हो । तर अहिले कुनै पनि प्रेमी प्रेमलाई वासनाको रुपमा लिन चाँहान्छ । उ कुनै पनि यौन सम्वन्ध प्राप्तिकोलागि जे पनि गर्न तयार देखिन्छ । यस्तो असफल प्रेममा उ बदलाको भावनामा ओतपोत हुन्छ ।

जसका कारण  उ प्रेमीको अनुहारमा एसिड फाक्ने देखि लिएर सामुहिक बलत्कार गर्न गराउँन पनि पछि पर्दैन । यी यस्ता घट्ना त हाम्रो समाजमा सामान्य भैसके । तर अहिले अर्को सुत्रले निकै प्रोत्सान पाईराखेको छ । 

त्यस्तै अश्लील भिडियो बनाएको आरोपमा कैलाली कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको पाइएको र उक्त त्यो मार्फत पीडित परिवारको घरसम्म पुगेको कुरा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले बताएका छन ।
 तर पनि अहिलेसम्म इन्टरनेटको माध्यमबाट सार्वजनिक गरेको भन्ने खुलेको छैन । पीडित पक्षले जबर्जस्ती करणी गरी भिडियो बनाएको भन्दै प्रहरीलाई उजुरी दिएपछि प्रहरीले १० साउनमा भट्टलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।