महिलाको पहिचानलाई उजागरनै हो उपन्यास ‘डुमेरो’

1 0


नेपालदृष्टि । लेखिका सरला गौतमको ‘डुमेरो’ उपन्यास बजारमा आएको छ । सुरुवात देखिनै उनले सामाजिक सरोकारमा अनुनादित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा आफूलाई परिचित गराईराखेकी छन । अखबारका स्तम्भमा उनी प्रायः सामाजिक र राजनीतिक मुद्दाहरूमाथि केन्द्रित रहेर पाठकबिच प्रस्तुत हुने हुँदा उनि निकै परिचित र रुचिकारको रुपमा पनि चिनिएकी छन । यिनै मुद्धाहरुलाई लिएर उनी प्रत्रकारीता लेखनबाट उपन्यासतिर उन्मुख भएकी देखिन्छिन ।

उनले लेखेको उपन्यासबो मुल सार भने  कुनै सानो ठाँउ अर्थात् सानो सहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा खोजिएको उसको पहिचान हो । “महिलाको पहिचानलाई घरेलुपनले सधैं बन्धनमा पारेको हुन्छ । तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौँ। जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन। अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तब्य तय गर्न सक्तैन। हाम्रा चुनौती अमुर्त छन्, यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो ।” आफ्नो उपन्यासको बारेमा उनी यसरी बताउँछिन ।
 

“लेखिका सरला गौतमले वकालत गर्ने भाषाको गैरराजनीति धारणा उनको पुस्तकमा पनि देखिएको छ । उनले पात्रहरूका सशक्तिकरण, पहिचान र बदलिदो सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उभिन्छिन। यही नै उनको राम्रो लेखनिय पक्ष मान्न सकिन्छ ।” उपन्यासको बारेमा पब्लिकेसन्स नेपालयकी भूषिता वशिष्ठ यसरी बताउँछिन ।

‘लेखिका गौतम भन्दछिन, “उपन्यासको शीर्षक डुमेरो आफैंमा नौलो शब्द हो ।  कुनै गन्तब्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतिकात्मक अर्थ बोक्छ। यो शब्द सुन्नमा लयालु त छदैछ। यसको अर्थ गहन छ।” तर पनि जति शब्दहरुले गुथेर भनिएको छ उतिनै उसन्यास मुस्किलमा पनि छ  । मलाई लाग्छ यी शब्दहरुको बोझ उसन्यास डुमेरोले बोक्न कठिनै छ । तर पनि पढ्ने जुनसुकै पाठकसँग गुनासो धेरै कम रहने छ ।